चितवनको माडी नगरपालिका-१ स्थित पाण्डवनगरकी ३५ वर्षीया पार्वती बोटेको घरमा शौचालय छैन। पार्वतीको शौचालय भनेकै घर पछाडिको पाँचपाण्डव मध्यवर्ती सामुदायिक वनको झाडी हो।
शौच जाने समयमा उनलाई कहिल्यै सुरक्षित महसुस हुँदैन। जङ्गली जनावर आएर आक्रमण गर्ने डर भइरहने उनी बताउँछिन्।
‘ट्वाइलेट लागे जङ्गलतिर जाने हो,’ घर पछाडिको जंगल देखाउँदै उनले भनिन् ‘रातीमा ट्वाइलेट लागेमा अझ धेरै डर लाग्छ।’
पाण्डवनगरलाई तीन तिर खहरे खोला र एक तिर चितवन राष्ट्रिय निकुञ्जले घेरेको छ। यही ठाउँमा बोटे समुदायका ६० घरधुरी बसोबास गर्दछन्। यी मध्ये अधिकांशको घरमा शौचालय छैन।
सोही ठाउँका लक्ष्मण बोटे रकम अभावका कारण शौचालय बनाउन नसकिएको बताउँछन्।
‘शौचालय त हामीलाई धेरै आवश्यक हो। रातीमा दिसा पिसाब लागे केटाकेटी बाहिर निस्कन डराउँछन्,’ भारतमा मजदुरी गरेर भर्खर घर फर्किएका बोटेले स-साना दुइटी छोरी देखाउँदै भने ‘दिसा-पिसाब गर्न निस्कँदा उनीहरुलाई कतिखेर जनावरले आक्रमण गर्ने हो भन्ने डर मात्र लागिरहन्छ।’
पाण्डवनगरमा बाघ, भालु, गैंडा, हात्ती लगायतका जङ्गली जनावर आउने गर्दछन्। यहाँ गत पुस महिनामा मात्र सुतिरहेको समयमा हात्ती आएर एक जना वृद्धलाई घाइते बनाएको थियो।
लक्ष्मणका अनुसार पाण्डवनगरमा ३५ घरमा शौचालय छैन। गर्दी, बघौडा, कल्याणपुर र अयोध्यापुरी गाउँविकास समिति हुँदा नै २०६८ सालमा यहाँ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो।
त्यसको १३ वर्ष बितिसक्दा पनि केही बस्तीमा शौचालय भेटिँदैनन्। पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका कोषाध्यक्ष राजकुमार पाठक बोटे समुदायमा एक पटक शौचालय दिए पनि उनीहरुले प्रयोग नगरेको बताउँछन्।
‘एकटपक नगरपालिकाले प्यानहरू दिएको थियो। उहाँहरुले बनाउनुभयो भएन थाहा भएन’–उनले भने।
माडी नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर– २ का वडाध्यक्ष डण्डपाणी पौडेलले माडीका दलित, बोटे र चेपाङ बस्तीमा शौचालय नभएको स्वीकार गरे।
उनका अनुसार कुशुमखोलाबाट बसाइँसराई गरेर झरेका स्थान परुई, सितलपुर, आँपटोल स्वामिटोलमा पनि शौचालय छैन।
माडी नगरपालिकाले प्रत्येक वर्ष शौचालय बनाउनका लागि बजेट विनियोजन गरिरहेको छ। यस वर्ष पनि वडाहरूले आवश्यकता अनुसार शौचालय निर्माणका लागि बजेट विनियोजन गरेको माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले बताइन्।
‘पुरानो बस्तीमा शौचालयको त्यति समस्या होइन। बसाइसराइ गरेर आएका क्षेत्रमा बढी समस्या छ,’ प्रमुख महतोले भनिन् ‘कुशुमखोलाबाट आएका व्यक्तिहरूले घर पक्की बनाउने र शौचालय बनाउन ध्यान नदिँदा समस्या छ।’
नगरपालिकाले माथि केहीले बारेर बनाए पनि खाल्टो भने प्यान राखेर बनाउनुपर्ने मापदण्ड बनाएको छ। शौचालय नभएका स्थानमा अनुगमन गरेर आगामी दिनमा शौचालय बनाइदिने उनले बताइन्।
२०७८ सालको जनगणनाअनुसार चितवनमा २ हजार ६३६ घरधुरीमा शौचालय छैन। घरधुरीको अनुपातमा चितवनमा १ दशमलव ५ प्रतिशतमा शौचालय छैन। तर माडी नगरपालिकामा अझै ५ दशमलव ९ प्रतिशत घरले शौचालय बनाएका छैनन्। यहाँ ६०१ घर अझै शौचालय विहीन छन्।
शौचालय नहुँदा विभिन्न प्रकारका सर्ने रोगहरू समस्या समेत हुने गर्दछ। नारायणी सामुदायिक अस्पतालका फिजिसियन डाक्टर किशोर गौतमका अनुसार शौचालयको अभावले खुल्ला स्थानमा दिसा, पिसाब गर्दा टाइफाइट, होपोटाइसिस ए र ई, आउ, हैंजा, झाडापखालालगायत रोगको सङ्क्रमण फैलिने भएकाले सबैले शौचालय बनाउनुपर्ने बताउँछन्।
‘खुल्ला दिसा पिसाबले विभिन्न रोगहरू लाग्छन्। फुड पोइजनको समस्या हुन्छ,’ उनले भने ‘वातावरण समेत फोहोर हुन्छ।’
२०७६ साल असोज १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई तामझामका साथ खुला दिशामुक्त देश घोषणा गरेका थिए। तर नेपालका ४.५ प्रतिशत जनसङ्ख्या अझै शौचालयको पहुँच बाहिर रहेको राष्ट्रिय जनगणना २०७८को तथ्याङ्कमा उल्लेख छ।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...