चितवनका किसानले अण्डामा लेभलिङ गर्न थालेका छन् । आफूले उत्पादन गरेका अण्डाको गुणस्तरबारे जानकारी दिनका लागि यहाँका किसानले अण्डाको क्रेटमा लेभलिङ राख्न थालेका हुन् । खुल्ला पालिका र केजमा पालिएका कुखुराले दिने अण्डाको गुणस्तर फरक हुने भएकाले उपभोक्तालाई जानकारी गराउन अण्डामा लेभलिङ गर्न थालिएको अण्डा उत्पादक किसान दिपक पाण्डेले जानकारी दिए ।
पाण्डेले खुल्ला खोरमा (फ्रि केज) कुखुरा पालन गर्दै आएका छन् । अहिले काठमाडौँ जाने अण्डामा लेभलिङ गरिएको उनले बताए । ‘हप्तामा एक गाडी (१६० बाक्सा) अण्डामा लेभलिङ राखेर काठमाडौँ पठाउँछु । व्यवसायीबाट राम्रो प्रतिक्रिया आएको छ’, उनले भने ‘चितवनमा बिक्री हुने अण्डामा पनि लेभलिङ राख्ने योजनामा छ ।’ उनले १२ हजार लेयर्स कुखुरा पालेका छन् ।
चितवनमा ठुला किसानहरूले ब्याट्रीकेजमा राखेर कुखुरा पालन गर्दछन् । तर, फ्रि केजमा राखेर पालिएको कुखुराबाट उत्पादित अण्डाको गुणस्तर धेरै राम्रो हुने एनिमल नेपाल चितवनका कार्यक्रम संयोजक रामचन्द्र आचार्यले जानकारी दिए । ‘ब्याट्रीकेजको तुलनामा डबल समयसम्म बिग्रिँदैन,’ उनले भने ‘विभिन्न अध्ययनले पनि पौष्टिक तत्त्व बढी हुने देखाएको छ ।’
उनका अनुसार, ब्याट्रीकेजमा पालिका कुखुराबाट उत्पादित अण्डामा भन्दा दुई तिहाइ बढी भिटामिन ए, तीन गुणा बढी भिटामिन ई, सात गुणा बढी बिटा क्यारोटीन, दोब्बर बढी ओमेगा, छ गुणा बढी भिटामिन डी लगायतका पौष्टिक तत्त्व पाइन्छ । मानिसको आँखाका लागि चाहिने एन्टिअक्सिडेन्ट, लुटेन र जेक्साथिन समेत केज फ्रि अण्डाको पहेँलो भागमा बढी पाइएको उनले बताए ।
एनिमल नेपालका अनुसार चितवनमा अण्डा उत्पादक किसान सय जनाको हाराहारीमा छन् । त्यसमध्ये १० जना किसानले केजमा कुखुरा पाल्दै आएका छन् । बाँकी किसानले फ्रि केजमा पालन गर्दै आएका छन् । फ्रि केजबाट उत्पादित अण्डाको गुणस्तरबारे जानकारी गराउन सके साना किसान र उपभोक्तालाई समेत फाइदा पुग्ने एनिमल नेपालकी प्रमुख सुलक्षणा राणा बताउँछिन् ।
भुईँ खोस्रने र पखेँडा चलाउने कुखुराको नेचर भएकाले साँघुरो खोरमा पाल्न नहुने उनले बताइन् । खुल्ला छाडेर पालिका कुखुराले अण्डा समेत धेरै दिने उनको भनाई छ । केज फ्री अण्डा स्वास्थ्यकर हुने दाबी गरिन् । ‘सही उत्पादन समय, खानयोग्य मिति नलेखी अहिले बजारमा अण्डा बिक्री भइरहेको छ, यसलाई नियमन गर्नुपर्छ । अन्य खाद्य वस्तुजस्तै अण्डाको पनि लेभलिङ हुन जरुरी छ’, राणाले भनिन्, ‘यसका लागि केन्द्रदेखि स्थानीय सरकारसम्मलाई घचघच्याइरहेका छौँ ।’ उनले होटेल व्यवसायी तथा उपभोक्तालाई समेत केज फ्री भएका अण्डा प्रयोग गर्न अनुरोध गरेकी छिन्।
उनका अनुसार लेभलिङ गर्न चाहने पोल्ट्री फार्मलाई प्राविधिक सहयोग पनि एनिमल नेपालले गर्नेछ । उनले पशुपन्छीलाई पिँजडामुक्त गर्नुपर्ने बताइन् ।