बाँकेमा लागुऔषध संकट: खचाखच हिरासत, समस्यामा प्रहरी
०१ फागुन २०८१
•
३ मिनेट पाठ
बाँकेमा लागुऔषध संकट: खचाखच हिरासत, समस्यामा प्रहरी
माघ महिनामा मात्रै बाँके प्रहरीले ३४ जना लागुऔषध ओसारपसारकर्ता पक्राउ गर्‍यो। एकै महिना यति धेरै आगुऔषधसँग सम्बन्धित व्यक्ति पक्राउ पर्न थालेपछि जिल्ला प्रहरी कार्यालयमा उनीहरुलाई व्यवस्थापन गर्न समस्या भएको छ।




३४ जना पुरुष र पाँचजना महिला थुनुवा राख्न सक्ने क्षमता भएको हिरासतमा लागु औषधसम्बन्धीका मात्रै ३४ जना छन्। अहिले हिरासतमा ७० जना पुरुष र दुईजना महिला गरी ७२ जना थुनुवा छन्।

लागुऔषध कारोबारी पक्राउ पर्न थालेपछि उनीहरूको व्यवस्थापनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयले हाललाई हिरासतमा ठाउँ अभाव हुँदा इलाका प्रहरी कार्यालय धनौलीमा पठाउने गरिएको छ। ‘हामी मान्छे त पक्राउ गर्छाैं,’ उनले भने, ‘तर, विडम्बना हिरासतमा ठाउँ अभाव हुँदा कि त अस्पताल भर्ना गर्नु पर्ने कि भने परिवारको जिम्मा लगाइ घर पठाउनु पर्ने बाध्यता आएको छ।’

लागुऔषधको भयावह बन्दै गएको बाँकेमा यसको सुरक्षा चुनौती बढ्दो छ। एकातिर प्रहरीमा ठाउँ अभाव हुनु, अर्कोतिर नियन्त्रण गर्ने संयन्त्र प्रविधिमैत्री नहुनु र भारतसँग खुला सीमा हुँदा यसले जटिलता निम्त्याएको छ। लागुऔषध बढ्दो हुँदा त्यसले समाजमा नकारात्मक प्रभाव र अपराधजन्य क्रियाकलाप बढाउने गरेको एसपी कार्कीको भनाइ छ।

नेपाल–भारत सीमा क्षेत्र खुला हुँदा पनि बाँकेमा लागुऔषध धेरै कारोबार हुने गरेको छ। खुला सीमाका कारण जमुनाहबाट सहजै लागुऔषध भित्रिन्छ।

नेपाल प्रहरीका अनुसार नेपालमा लागूपदार्थ भित्रिने प्रमुख चारवटा नाकामध्ये नेपालगन्ज नाका पनि एक हो। जिल्ला प्रहरी कार्यालय बाँकेले माघमा सार्वजनिक गरेको यससम्बन्धी तथ्यांकले बाँकेमा लागुऔषधको अवस्था भयावह अवस्था देखाउँछ। माघमा मात्र प्रहरीले ५४ ग्राम तीन सय ३० मिलिग्राम ब्राउनसुगर, नाइट्राजेपाम एक सय ९० ट्याब्लेटसहित ३४ जना ओसारपसारकर्तालाई मुद्दा चलाएको छ।

भारतसँग सीमा जोडिएको बाँकेबाट पश्चिमका पहाडी जिल्लामा सहज पहुँच हुँदा पनि नेपालगन्ज, कोहलपुरलगायत क्षेत्र लागुऔषध कारोबारीको प्रमुख थलो बन्न थालेको छ।

सीमावर्ती क्षेत्र भारतको रूपैडिहाबाट लुकाइछिपाई लागुऔषध भित्र्याउने र यहाँबाट राजमार्ग हुँदै लागुऔषध पहाडी जिल्लासम्म पुग्ने गरेको छ।

पक्राउ परेका अधिकांशको साथबाट फेनारगन, डाइजिल्याब, नोफिन, लुपिजेसिक, नाइट्राजेपाम, नाइट्रोसन, कोरेक्स, नाइट्राभेट, स्पास्मो पेरिमोन, डाइलेक्स डिसी र गाँजा बरामद भएको बताइएको छ।

भारतका सीमावर्ती बजारमा खुलमखुला रूपमा खरिदबिक्री हुने र खुला सीमाका कारण यसको कारोबारमा नियन्त्रण गर्न प्रहरीलाई कठिन भएको छ। सीमा क्षेत्रमा प्रहरीले शंका लागेका व्यक्तिलाई सोधपुछ गरेको आधारमा चेकजाँच गर्छ। भारतबाट नेपाल आउनेहरूलाई चेकजाँच गर्ने अन्य प्रविधि प्रहरीसँग छैन। जसकारण बाँकेमा लागुऔषध सेवनकर्ता र कारोबारी धेरै छन्।

यहाँ देखा परेका डरलाग्दा समस्यामध्ये मुख्य रूपमा लागूपदार्थको ओसारपसार र त्यसको दुर्व्यसन भएको नेपालगन्ज–१८, कारकाँदोका कृष्णप्रसाद बन्जाडाले बताए। 

२०३३ सालभन्दा अगाडि नेपालमा गाँजाजन्य पदार्थ खुल्लमखुल्ला बिक्री वितरण हुँदै आएको थियो। जब लागुऔषध नियन्त्रण ऐन, २०३३ कार्यान्वयनमा आयो त्यसपछि लागु औषधलाई कानुनतः प्रतिबन्ध लगाइएको थियो।

नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार लागुऔषध दुर्व्यसनका कारण साथीसँगको दबाब, मनोरञ्जनका लागि, उत्सुकता, खुसी हुन, मानसिक तनाव, पारिवारिक समस्या, डिप्रेसन र पढाइमा समस्या हुन्।

एकान्तमा बस्न रुचाउने, असामान्य व्यवहार देखाउने, दुब्लाउँदै जाने, पढ्न मन नगर्ने, अपराध कर्ममा लाग्ने, धन सम्पत्तिको बरबादीतिर लाग्ने, समाजमा विभिन्न प्रकारका अपराध घट्दै जाने, सामाजिक मूल्यमान्यता भत्किँदै जाने लक्षण लागुऔषध प्रयोगकर्तामा देखिने गरेको प्रहरीको भनाइ छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस