काठमाडौं महानगरपालिकाले अहिलेसम्म परीक्षण गरेका ९४५ सवारी साधनमध्ये ५१५ वटा प्रदूषण मापदण्ड विपरीत फेला परेका छन्।
महानगरको वातावरण व्यवस्थापन विभागले पुस २९ गतेदेखि ट्राफिक प्रहरी महाशाखा, महानगर प्रहरी बल र नेपाल सरकारको वातावरण विभागसँगको सहकार्यमा प्रदूषण जाँच अभियान सञ्चालन गरिरहेको छ।
पेट्रोलभन्दा डिजेल गाडी बढी प्रदूषणकारी
महानगरको परीक्षण अनुसार, २४९ वटा पेट्रोल इन्जिन भएका गाडीमध्ये ४४ वटा तथा ६९६ वटा डिजेल इन्जिन भएका सवारीमध्ये ४७१ वटा प्रदूषण मापदण्डभन्दा बाहिर रहेका छन्।
सहरी वातावरण सुधार गर्ने उद्देश्यसहित महानगरले ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड २०८१’ र ‘फोहरमैला संकलन तथा ढुवानी कार्यविधि २०८१’ लागू गर्दै प्रदूषण परीक्षणलाई अनिवार्य बनाएको छ।
‘प्रदूषण नियन्त्रण मापदण्ड २०८१’ अनुसार, पेट्रोल र डिजेल सवारी साधन तथा निर्माण अवधि अनुसार प्रदूषणको हद तोकिएको छ।
पेट्रोल सवारी साधन
सुरुवाती चरणमा प्रदूषण मापदण्ड उल्लंघन गर्ने सवारीलाई मर्मत गरेर चलाउन सुझाव दिइएको थियो। तर, सुधार नगरी दोहोर्याएर नियम उल्लंघन गर्ने चालकहरूलाई ५०० रुपैयाँ जरिवाना गरिन थालेको छ।
महानगरका वातावरण निरीक्षक सृष्टि श्रेष्ठका अनुसार अहिलेसम्म ५५ जना चालकलाई जरिवाना गरिएको छ। अझै अटेर गर्नेलाई सवारी सञ्चालनमै रोक लगाउने तयारी गरिएको छ।
महानगरले ठमेल, मैतीदेवी, चावहिल, खुशिबु, बालाजु, रातोपुल, कुलेश्वर, कमलपोखरी, बनस्थली, कोटेश्वर, दरबारमार्ग, बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामंगल, पानीपोखरी र जमल क्षेत्रमा चल्ने सवारी साधनको परीक्षण गरिसकेको छ।
फेल भएका सवारीमध्ये सार्वजनिक बस, स्कूल बस, सरकारी कार्यालयका बुलेरो, ट्रकलगायतका सवारी धेरै छन्।
महानगरले प्रदूषण नियन्त्रणलाई अझ प्रभावकारी बनाउन सवारी चालक र सहचालकलाई सचेतना दिने, कानुनी कारबाही अघि बढाउने र सवारीधनीलाई एसएमएसमार्फत सूचित गर्ने अभियान सञ्चालन गरिरहेको छ।

- १९८० भन्दा अघि बनेका गाडी: कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५% (वाइ भोल्युम)।
- १९८१ वा त्यसपछि बनेका गाडी: कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३% (वाइ भोल्युम)।
- तीन पाङ्ग्रे (१९९१ सम्म उत्पादित): अधिकतम ४.५% (वाइ भोल्युम)।
- दुई पाङ्ग्रे सवारी साधन: अधिकतम ४.५% (वाइ भोल्युम)।
- १९९४ सम्म उत्पादित: धुवाँको घनत्व अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु)।
- १९९५ वा पछिका सवारी साधन: अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएसयु)।