चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा जङ्गली हात्ती (मकुना) को मृत्युका सम्बन्धमा बनेको छानबिन समिति स्थलगत अध्ययन सकेर काठमाडौं फर्किएको छ।
घटनाको छानबिन गर्न बनेको वन मन्त्रालयका सह–सचिव बुद्धिसागर पौडेलको संयोजकत्वको टोली चितवनमा दुई दिनसम्म स्थलगत अध्ययन सहित सरोकारवाला पक्षसँग सोधपुछ गरेर बुधबार फर्किएको हो।
अध्ययन टोलीले आत्मरक्षाको लागि गोली चलाउँदा मकुनाको मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। ‘मकुना माथि गोली चलाएको टिमसँग घटना स्थलमा गयौँ। भौगोलिक अवस्था हेर्दा र उहाँहरुले भनेको कुराहरू सुन्दा इन्टेन्शनली लागेन’ अध्ययन समितिका एक सदस्यले भने ‘रेञ्जर साबलाई जोगाउन हात्ती माथि गोली हानेको देखियो।’
हात्तीलाई ताकेर गोली नै हान्नुपर्ने अवस्था नै किन आयो भन्ने प्रश्नमा ती सदस्यले भने ‘मकुना अल्लि अग्लो ठाउँमा रैछ। अकस्मात् भेट हुँदा रेञ्जर साब खस्नुभएछ। उहाँलाई बचाउन सुरुमा दुई राउण्ड हवाई फायर गर्दा पनि नभागेर माथिबाट आक्रमण गर्न आएपछि ताकेर गोली हानेको पायौँ।’
अध्ययन समितिले चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाले आत्मरक्षाको लागि गोली हानेको प्रतिवेदनमा उल्लेख गर्ने तयारी गरेको ती सदस्यले बताए। हात्तीलाई स्विस नै गरेर भगाउनु पर्ने थियो वा थिएन भन्ने विषयमा भने छुट्टै अध्ययन गर्नुपर्ने उनको भनाई छ।
सोमबार चितवन आएको टोलीले चितवनका प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय निकुञ्जका कर्मचारी, खैरहनी र रत्ननगर नगरपालिकाका जनप्रतिनिधि, चार वटा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष, होटल व्यवसायी संघ, युनाईटेड हात्ती सञ्चालक समिति, पर्यटन बोर्ड, संरक्षणकर्मीसँग भेटेर छलफल गरेको थियो।
अध्ययन र छलफलमा आएका विषयलाई समेटेर दुई दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरिएको अध्ययन समितिका संयोजक डा. पौडेलले बताए। छलफलका क्रममा आगामी दिनहरूमा यस्ता घटना हुन नदिनका लागि सुरक्षा सावधानी लगायतका विषयमा सुझाव आएको अध्ययन समितिका संयोजक डा.पौडेलले बताए।
आगामी दिनमा घरपालुवा हात्तीलाई एकीकृत रुपमा पाल्नुपर्ने, निकुञ्ज भित्रको वासस्थानलाई सुधार गर्नुपर्ने लगायतका सुझावहरू आएको उनले बताए।
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको गोली लागेर माघ २३ गते मकुनाको मृत्यु भएको थियो। वन मन्त्रालयले सात दिनभित्र घट्नाको विस्तृत विवरण तथा कारणहरू पहिचान गर्न माघ २५ गते छानबिन समिति बनाएको थियो।
पौडेलको नेतृत्वमा बनेको पाँच सदस्यीय छानबिन समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत पुरुषोत्तम शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी गजेन्द्र रावल, वन तथा भू संरक्षण विभागका वन अधिकृत सवनम पाठक, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका पशु चिकित्सक डा. दिनेश शाह रहेका छन्।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार बुधबार कुमरोज सामुदायिक वनको लामिताल क्षेत्रमा हात्तीलाई ‘स्विपिङ’ गर्दै निकुञ्जतिर पठाउने क्रममा निकुञ्जका हात्ती र मानिसलाई समेत आक्रमण गर्न थालेपछि सुरक्षार्थ खटिएको नेपाली सेनाले आत्मरक्षाका लागि गोली चलाउँदा मकुनाको मृत्यु भएको बताएको थियो।