जुम्लाकाे चन्दननाथ नगरपालिका-४ मा अवस्थित खलंगाको दक्षिण सिंगाचौरमा रहेको पवित्र स्तुपा डुडुल चैत्य। जुन निकै आकर्षक र कलात्मक शैलीमा बनाइएको छ। चैत्यको आकर्षक, कलात्मक शैलीको दृष्य र शान्त मनै हराउने वातावरण, चैत्यको बनावट अवलोकन योग्य त छँदै छ, यसका अलावा त्यहाँबाट सिंगो जुम्ला उपत्यका नियाल्न सकिन्छ।
चैत्यबाट खलंगामा अवस्थित चन्दननाथ, भैरवनाथ बाबाको मन्दिर, विमानस्थल, कर्णाली स्वास्थ्य विज्ञान, चिमारा मालिका, वरपर अग्ला–अग्ला डाँडा, तलतिर नीलो रङमा बग्दै गरेको तिला नदीको कञ्चन पानी, काञ्जिरोवा हिमालको समेत अवलोकन गर्न सकिन्छ। साथै हिम श्रृखंलाको लोभ लाग्दो दृष्य देख्न सकिने भएकाले पर्यटकलाई आनन्दताको आभास हुने गर्दछ।
स्तुपा डुडुल चैत्य पछिल्लो समय घुमघामको गन्तव्य बन्दै गएको छ। आन्तरिक र बाह्य पर्यटकको मन लाेभ्याउन थालेको छ। त्यहाँ पुग्ने युवायुवतीमध्ये अधिकांशको पहिलो ध्येय स्तुपा डुडुल चैत्यमा टिकटक बनाउनु र सेल्फी खिच्नु हुन्छ। सार्वजनिक बिदाका दिन र शनिबार टिकटक बनाउनेको मेलाजस्तै लाग्छ। पवित्र स्तुपा डुडुल चैत्यमा टिकटक बनाउनेमध्येकी एक हुन्, पुजा देवकोटा। जुम्लाको चन्दननाथ नगरपालिका-१० बाेहाेरा गाउँकी देवकोटा अनेक गीतमा नाच्दै रमाउँदै गरेको दृश्य क्यामेरामा कैद गर्न व्यस्त थिइन्। सघाइरहेकी थिइन् उनकी साथी। त्यहाँ पुजाजस्तै विभिन्न समूह त्यसरी नै टिकटक र फोटो खिच्न व्यस्त देखिन्थे।
स्तुपा डुडुल चैत्यभित्र टिकटक भिडियो बनाउने र फोटो खिच्न चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइएको छ।एक जना बराबर २० रुपैयाँको टिकट लाग्ने गर्छ। नेपालका एक सय पर्यटकीय गन्तव्यभित्र पर्ने जुम्लाको डुडुल चैत्यमा फोटो, भिडियो खिच्न आउने फोटोग्राफरहरू एक पटक फोटो खिचेको २० रुपैयाँ लिने गरेको बताउँछन्।
‘धेरै रमाइलो लाग्यो। जति हेर्यो, यो त हेरिरहुँजस्तो लाग्ने रहेछ। फोटो र टिकटक भिडियो त कति बनाइयो बनाइयो,’ पहिलो पटक डुडुल चैत्य हेर्न पाएको बताउने मुगु जिल्लाका रतनबहादुर कार्कीले भने। यस्तै हुम्लाका रमेश शाहीले पनि उस्तै अनुभव सुनाए। ‘डुडुल चैत्यमा धेरै पटक पुगिसकेँ तर फोटो खिच्ने धीत कहिल्यै मर्दैन।'
खस, आर्यको बसोबास रहेको जुम्लामा लामो समयदेखि मुगु लगायत आसपासका जिल्लाबाट बसाइँ सरेर आउने बौद्धमार्गीहरूको बाक्लो बसाइँ छ। विशेषतः मुगु जिल्लाबाट आउने बौद्धमार्गीलाई जुम्लामा मुग्याल भनिन्छ। त्यही मुग्याल समुदायले जुम्लामा बोधी चैत्य (डुडुल चैत्य) निर्माण गरेका हुन्। दि हिमालयन पिस एशोसियसन र जुम्लाका मुगाल समुदायबाट निर्मित हो। जुम्लालाई बौद्धमार्गीहरूको आस्थाको केन्द्र बोधी चैत्य (डुडुल चैत्य) भएको ठाउँ भनेर समेत चिनिन्छ।
बौद्ध धर्म मान्ने धर्मकर्म गर्ने थलो बनाएर कर्णालीमा पर्यटकीय क्षेत्रको विकास गर्नका निम्ति स्तुपा निर्माण गरिएको हो।मन्त्रालय, विभिन्न सरकारी निकाय, सांसद लगायतले यस चैत्यको विकासका लागि सहयोग गरेका छन्।
'ओहोरदोहोर गर्नेहरू अक्सर सबैले एकपल्ट सदरमुकाम खलंगामा अवस्थित कर्णाली स्वास्थ्यकर्मी विज्ञान प्रतिष्ठानमा ओर्लेर अवलोकन गरेरै जान्छन्,’ प्रतिष्ठानकाे गेटमा एक दशकदेखि फलफूल बेच्दै आएकी लक्ष्मी बस्नेतले भनिन्, ‘पहिलोपल्ट यो ठाउँ हेर्नकै लागि आउनेले त झन् स्वास्थ्य हब बनेको प्रतिष्ठानको जानकार हुन अवलोकन गर्ने कुरै हुँदैन।’
अहिले रारा जाने पर्यटकहरू बढ्दै गएका छन्। रारा जाने द्वारसमेत हो जुम्ला। त्यसैलाई केन्द्रित गरेर जुम्लामा स्तुपा निर्माण गरिएको छ। त्यस्तै, डोल्पा जिल्लामा अवस्थित शे-फोक्सुण्डो ताललगायतका पर्यटकीय क्षेत्रहरूको अवलोकनका निम्ति प्रस्थान गर्ने क्षेत्रसमेत हो जुम्ला।