नेपालगन्जका मुख्य समस्या हुन्, ‘अव्यवस्थित फुटपाथ, सडक असुरक्षा, रोजगारी र आवास, बालविवाह, सामाजिक सुरक्षा'। यी समस्या हिजो पनि थिए र आज पनि उस्तै छन्। संघीय संरचनापछि बनेका स्थानीय सरकारले जनतालाई घर नजिकैबाट सेवा प्रदान गर्ने मात्र नभइ यहाँका समस्या पहिचान गर्ने र त्यसलाई सम्बोधन गर्ने संघीयताको मूल मर्म यही थियो, हो। सोहीअनुसार संघीय संरचना बने र अहिले तीन तहका सरकार छन्। तीन तहका सरकारमा दोस्रोपटक जनप्रतिनिधि निर्वाचित भए, तर समस्या जस्ताका त्यस्तै छन्। हिजो काठमाडौँदेखि नदेखिएका नेपालगन्जीया समस्या आज अधिकारसहित वीपी चोक पुग्दा स्थानीय सरकारले यी समस्या पहिचान गर्न सकेन र समस्या ज्युकातिउ छन्।
जसले नागरिक तहमा एउटा प्रश्न उब्जाएको छ, ‘नगरसभामा कस्ता मुद्दामा बहस छलफल हुन्छन्’। नियमसंगत बनेका नगरसभामा उठ्ने विषय शनिबार आयोजना गरिएको ‘प्रथम नमुना युवा नगरसभा’ मा खुलेर छलफल भयो। नेपालगन्ज–१८, स्थित सगरमाथा इंलिस बोर्डिङ स्कुलले आयोजना गरेको ‘प्रथम नमुना युवा नगर सभा’ अभ्यास कार्यक्रमका सदस्यले नेपालगन्जका वास्तविक मुद्दामा छलफल गरे। अभ्यास मात्र नमुना थियो, यहाँ पेस गरिएका नीति तथा कार्यक्रम र उक्त नमुना सभाका सदस्यले उठाएका मुद्दा अहिले नेपालगन्जले भोग्दै आएका वास्तविक समस्या थिए।
उक्त नगरसभाका नगरप्रमुख (मेयर) ले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुखले सार्वजनिक गरेको बजेटमा सभासदस्यले बहस गरेका थिए। युवा सहभागिता, नीति निर्माणको प्रारम्भिक अभ्यास र नेतृत्व विकासका लागि यो अभ्यास गरिएको थियो।
नमुना नगरसभाका सदस्य अनिल यादवले नेपालगन्जको प्रमुख समस्या सामाजिक सुरक्षा भएको बताए। ‘नगरका नागरिकले असुरक्षितसँग काम गर्नु परेको छ,’ उनले भने, ‘उसको सुरक्षाका लागि आवश्यक काम, पर्याप्त बजेट नभएको र उपयुक्त काम गरेको देखिँदैन।’ कयौं युवायुवती बेरोजगार हुँदा विदेशी भूमिमा कर्म गरिरहेको भन्दै उनले भने, ‘आफ्नै नगरभित्र रोजगारी सिर्जना हुनेखालका कार्यक्रम आउनु पर्छ।’ त्यस्तै अर्की सभा सदस्यले सार्वजनिक सुरक्षा र महिला हिंसाका सवाल उठाइन्। ‘सामान्य मजदुरले असुरक्षित भइ काम गर्नु परेको छ। समाजमा अपराधजन्य घटना यथावत छन्,’ उनले प्रश्न गरिन्, ‘तर, यसमा स्थानीय सरकार खोइ? के यी सवाल स्थानीय सरकारका होइनन्।’
माया चौधरीले यहाँको गरिबी, सामाजिक सुरक्षा, रोजगारी, शिक्षा र स्वास्थ्यको विषयलाई स्पष्ट पारिन्। सरकारले निःशुल्क शिक्षा प्रदान गर्ने भने पनि अहिले पनि विद्यार्थीहरूले विभिन्न बहानामा सामुदायिक विद्यालयबाट शुल्क उठाउने गरेको विषय उल्लेख गरिन्। त्यस्तै अहिले पनि स्वास्थ्यमा सबै नागरिकको पहुँच नपुगेको उनले बताइन्। जसले गर्दा नागरिक असुरक्षित भएको उनको भनाइ छ।
कमजोर सडक सुरक्षाले दुर्घटनाको जोखिम बढेको अर्का सभा सदस्य मुकेश विष्टले बताए। ‘नेपालगन्जमा ट्राफिक लाइट जडान गरिएको छ। तर, अहिले सञ्चालनमा छैनन्। जसले गर्दा सडक सुरक्षित छैन,’ उनी भन्छन्, ‘ट्राफिक लाइट सञ्चालनसँगै सडक सुरक्षाका विषयमा नगरसभाले ठोस कदम चाल्नु पर्छ।’ यससँगै उनले नेपालगन्जमा जडान गरिएका सिसी टिभी क्यामेरा पनि बिग्रिएको भन्दै यसलाई मर्मतसम्भार गरी सुचारु गर्नुपर्ने धारणा व्यक्त गरे। समाजमा अहिले पनि बालविवाह कायम भएकाले यसको न्यूनीकरण गर्न आवश्यक रहेको अर्की नगरसभा सदस्य करिस्मा चौधरीले बताइन्। बालबालिकाको उचित संरक्षण गर्नुपर्ने उनको भनाइ छ।
नमुना नगरसभाका सदस्यले यसरी उठाएका विषयमात्र स्थानीय तहका नगर तथा गाउँसभाले सम्बोधन गरे नागरिकका धेरै समस्या समाधान हुने देखिन्छ। उक्त नमुनासभामा सहभागी नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले यस्ता अभ्यासले विद्यार्थीको अतिरिक्त क्रियाकलापमा टेवा पुग्ने बताए। यसले दक्ष विद्यार्थी उत्पादन हुने र समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह हुनेमा उनले विश्वास व्यक्त गरे।
सगरमाथा इंलिस बोर्डिङ स्कुलका सञ्चालक कृष्ण जिसीले विद्यालयबाट उत्पादन भएका विद्यार्थीले भोलि जुनसुकै क्षेत्रमा काम गर्न सहयोग पुग्ने बताए। ‘विद्यार्थी भोलिका राजनेता, कर्मचारी, सामाजिक अभियान्तालगायतका क्षेत्रमा काम गर्ने जनशक्ति भएकाले आजबाटै उनीहरुलाई चौतर्फि ज्ञान दिन जरुरी छ,’ उनले भने, ‘हामीले किताबको ज्ञान मात्र दिएका छैनौं। अनुशासन, सीप, व्यवहारिक ज्ञान पनि प्रदान गरेका छौं।’ अनुशासित, सभ्य र मर्यादित भएर नगरसभामा उपस्थित भएका नगरसभा सदस्यहरुले शिष्टता देखाएका थिए। ‘हामी कहिलेकसो संघीय संसद्मा देख्छौं, जहाँ विकासका सवालभन्दा व्यक्तिगत आरोपप्रत्यारोपमा प्रतिनिधिसभा सदस्य केन्द्रित हुन्छन्, कुर्सी फालाफाल गर्छन,’ सञ्चालक जिसीले भने, ‘यहाँ कलिला बालबालिकामा पनि कसरी नगरसभाको गरिमा राख्ने भनेर ख्याल राख्छन्। नगरलाई सभ्य र भयरहीत ढंगले सञ्चालन र समापन गर्छन। यस्ता अभ्यासले भोलिको संसद् मर्यादित हुन टेवा पुग्छन्।’