गए राती नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ।
दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गए राति १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो।
बाग्मती प्रदेश ३००१ ख. ३९१२ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भई पुलबाट अन्दाजी २०/२५ मिटर तल राप्ती नदीमा खसेको थियो। बसमा सवार ३५ जना मध्ये ७ जना घटनास्थलमै मृत्यु भएको, ४ जनाको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको र एक जना प्रस्तावित अस्पताल भालुवाङ्ग दाङमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य घाइते २२ जना मध्य ७ जनालाई बुटवल र १ जनालाई नेपालगन्ज रिफर गरिएको छ। ६ जनाको प्रस्तावित अस्पताल भालुवाङ्गमा उपचार भइरहेको छ।
दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ। सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।
घाइतेहरुलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो।
घाइतेहरूको विवरण :
१. जिल्ला काठमाडौँ कालीमाटी बसे वर्ष ३८ की मन्जु शर्मा आँखामा चोट, खुट्टा भाँचिएको। (बुटवल रिफर)
२. जिल्ला बाँके बसे वर्ष २० निरन्जन कोरी बायाँ हात, खुट्टा र मुखमा चोट लागेको (प्रस्तावित अस्पताल भालुबाङ्ग)
३. जिल्ला बाँके नेपालगन्ज बने वर्ष २४ को अशुतोष गौतम सकुशल गाडीबाट हाम फालेको (नेपालगन्ज) पठाइएको । सामान्य
४. जिल्ला काठमाडौँ बने सन्जु बरुवाल आँखामा र टाउकोमा चोट (बुटवल रिफर)
५. जिल्ला बाँके बने वर्ष २० को अरबाज नाउ ढाडमा र हातमा चोट (प्रस्तावित अस्पताल भालुवाङ)
६. जिल्ला बाँके नेपालगन्ज बने वर्ष २५ को महमोद जावेद टाउकोमा चोट (नेपालगन्ज रिफर)
७. जिल्ला कालिकोट बने वर्ष ४५ को तिलक प्रसाद उपाध्याय हात, खुट्टा र मुखमा चोट (बुटवल रिफर)
८. जिल्ला बाँके कोहलपुर बने वर्ष २१ को धन बहादुर पुन मगरको कम्मर र खुट्टामा चोट (नेपालगन्ज रिफर)
९. भारत बसे वर्ष २० की छोटी सिलौरा छातीमा चोट (नेपालगन्ज रिफर)
१०. जिल्ला बर्दिया बने वर्ष २२ राजीव थारु छौतीमा र मुखमा चोट (प्रस्तावित अस्पताल भालुवाङ्ग)
११. जिल्ला जुम्ला बसे वर्ष १९ विशाल बोहरा मुखमा सामान्य चोट (प्रस्तावित अस्पताल भालुवाङ्ग)
१२. जिल्ला बाँके बसे वर्ष १९ नफिच खान निधारमा चोट (प्रस्तावित अस्पताल भालुवाङ्ग)
१३. जिल्ला बाँके बने वर्ष दशरथ बि.क. आँखामा चोट (प्रस्तावित अस्पताल भालुवाङ)
१४. जिल्ला डोल्पा बने वर्ष ३५ की धनकली बुढा मगर मुखमा चोट (नेपालगन्ज रिफर)
१५ . जिल्ला काठमाडौँ बने वर्ष ११ की आध्या पाण्डे मुख खुट्टा र हातमा चोट (बुटवल रिफर)
१६. जिल्ला बाँके राप्ती सोनारी गा.पा. २ बजे वर्ष ३१ को कुल बहादुर गोसाई ढाडमा चोट (नेपालगन्ज रिफर) गाडीको कनट्याटर
१७. जिल्ला काठमाडौँ बस्ने वर्ष ४५ को सुभाष शाक्य ढाडमा चोट (बुटवल रिफर)
१८. जिल्ला बाँके नेपालगन्ज बने वर्ष ३५ की लिला वली खुट्टामा चोट (नेपालगन्ज रिफर)
१९. जिल्ला बाँके बस्ने वर्ष २१ को शंकर थारु हातमा चोट लागेको (नेपालगन्ज रिफर) सहचालक
२०. भारत बने वर्ष २३ को राहुल कुमार अहिर बायाँ हात भाँचिएको (नेपालगन्ज रिफर)
२१. जिल्ला रौतहट बस्ने वर्ष २६ को सन्जय काकी आँखामा चोट (बुटवल रिफर)
२२. काठमाडौँ बस्ने वर्ष ४५ की राधा पाण्डे छाती र घाटीमा चोट लागेको (बुटवल रिफर)
मृतकहरु :
१. जिल्ला बाँके नेपालगन्ज बस्ने वर्ष ६० की कुसुम बसेत (प्रस्तावित अस्पताल भालुबाङ्ग उपचारको क्रममा मृत्यु भएको)
२. जिल्ला मकवानपुर हेटौडा बने वर्ष ३०/३५ शौरभ विष्ट (प्रस्तावित अस्पताल भालुवाङ्ग लैजाँदै गर्दा मृत्यु भएको)
३. नाम वतन नखुलेको पुरुष उपचारको लागी लैजाँदै गर्दा मृत्यु भएको वर्ष ३५/४० प्रस्तावित अस्पताल भालुवाङ्ङ्ग लैजाँदै गर्दा मृत्यु भएको)
४. अ. वर्ष ३०/३५ को नाम वतन नखुलेको पुरुष घटना स्थलमा मृत्यु भएको
५. जिल्ला जुम्ला चन्दननाथ ९ बस्ने वर्ष ४० को मुन बहादुर रावत घटना स्थलमै मृत्यु
६. वर्ष ४०/४५ नाम वतन नखुलेको पुरुष घटना स्थलमै मृत्यु
७. जिल्ला बाँके बने वर्ष ३० को रामवरण हरिजन घटना स्थलमै मृत्यु
८. जिल्ला रुकुम गोतामकोट-९ बस्ने वर्ष २५ दिपक डाँगी घटना स्थलमै मृत्यु
९. भारत पूर्वी चम्पाटनमलाही बसे वर्ष ६७ को योगेन्द्र राम घटना स्थलमै मृत्यु (अस्थायी बसोबास जिल्ला चितवन नारायणघाट)
१०. अ. २८/३० को नाम वतन नखुलेको पुरुष घटना स्थलमै मृत्यु भएको)
११. जिल्ला काठमाडौँ चन्द्रागिरी न.पा.-१५ बजे वर्ष ६५ को ताराकान्त पाण्डे (लमही अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु
१२. भारत उत्तर प्रदेश अतिकुल्ला खैरे बने वर्ष ३१ को मुने (लमही अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको)
२८ पौष २०८०
•
४ मिनेट पाठ