काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार दोस्रो भारत–नेपाल स्टार्टअप कनेक्ट्स स्टार्टअप महाकुम्भ (एसएमके) २०२५ का लागि कर्टन रेजरको आयोजना गरेको छ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता भएको कार्यक्रमको सुरुवात गोलमेच सम्मेलनबाट भएको हो।
जसमा भारत सरकारको डिपिआइआइटी, स्टार्टअप इन्डिया, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई), नेपाली उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनवाइइएफ), नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेज कम्पनी, फिनटेक एलायन्स अफ नेपाल, रोबोटिक्स एसोसिएसन अफ नेपाल, नेपाल हब, एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स, त्रिभुवन विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय र नेपाली स्टार्टअपका प्रतिनिधि सहभागी थिए।
कार्यक्रममा सञ्चारमन्त्री गुरुङले नेपालले स्टार्टअपहरूका लागि अवसर सिर्जना गर्ने नवीनतम प्रविधिहरू अँगाल्ने र प्रगति गरिरहेको बताए । एआई र स्टार्टअपको क्षेत्रमा भारत–नेपाल सहयोगलाई थप बढावा दिन पनि उनले आग्रह गरे।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतका युवाहरूमाझ स्टार्टअप संस्कृति कसरी मूलधार बनेको छ भन्ने प्रकाश पारेका थिए । डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको विकासले यो डिजिटल परिवर्तनलाई बढावा दिएको जनाउँदै उनले सीमापार स्टार्टअप सहकार्यका लागि अवसरहरू र डिजिटल कनेक्टिभिटीलाई बढावा दिएको धारणा राखे।
कार्यक्रमको क्रममा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न चाहने भारत र नेपालका स्टार्टअपहरूका लागि दुवै देशहरूमा राम्रो बजार रहेको, दुवै देशमा नयाँ समस्या र सामाजिक चुनौतीलाई स्तरीय रूपमा समाधान गर्न उदीयमान प्रविधिहरूको उपयोग गरिरहेको, डिपिआई प्लेटफर्महरूबीचको सीमापार सम्पर्कले तिनीहरूबाट थप लाभांश प्राप्त गर्न मद्दत गर्न सक्ने सहितका साझा विषयहरूको पहिचाहन गरिएको छ।