चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु भएको छ। बुधबार कुमरोज सामुदायिक वनको लामिताल इलाकामा आत्मरक्षाका लागि सेनाले गोली चलाउँदा मकुनाको मृत्यु भएको निकुञ्जले जानकारी दिएको छ।
मकुनाको मृत्युबारे अध्ययन गर्न वन मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गरिएको छ। टोलीका सदस्यहरूमा वन विभाग, राष्ट्रिय निकुञ्जका प्रतिनिधि, राष्ट्रिय निकुञ्ज सुरक्षा बलका प्रतिनिधि, चितवन भेटेरिनरी चिकित्सक छन्। यो टोलीले समुदाय र वन्यजन्तुबिचको द्वन्द्व र मानव सुरक्षाका विषयमा अध्ययन गरी सुझाव दिने बताइएको छ।
चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको नयाँ गोरख गण (क) गुल्म सौराहाका नेपाली सेनाको संयुक्त टोलीमाथि नै जाइलागेपछि मकुनामाथि गोली प्रहार गरिएको निकुञ्जका सूचना अधिकारी अभिनाश थापा मगरले जानकारी दिए।
‘बुधबार हात्ती स्विप गस्ती टोलीले स्विपिङ गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना अकस्मात् फेला परेको र घरपालुवा हात्ती चुरेगजलाई आक्रमण गर्न लागेपछि अन्य विकल्प नभएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मा भएको व्यवस्थाबमोजिम आत्मरक्षाका लागि टोलीले त्यसमाथि दुई राउन्ड वार्निङ (चेतावनी) हवाई फायर गरेको थियो,’ उनले भने।
उनका अनुसार मकुनालाई धपाउन ६ राउन्ड गोली फायर भएको छ। ‘आत्मरक्षाका लागि टोलीले दुई राउन्ड वार्निङ हवाई फायर गरेपछि पनि मकुना थप आक्रामक बन्दै सानो हात्ती खगेन्द्रप्रसादतर्फ आउँदा त्यहाँ सवार रेजर श्याम तामाङ भुइँमा खसेकाले उनको सुरक्षा गर्न अत्यन्तै कठिन भएपछि स्विप टोलीले मकुनालाई तीन राउन्ड गोली प्रहार गर्दा केही पर गएको र फर्किएर आई फेरि आक्रमण गर्न थालेपछि अर्को एक राउन्ड गोली प्रहार गरेको थियो,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
गोली लागेपछि भागेको मकुनाको खोजी गर्दै जाँदा करिब एक किलोमिटर पर ढलेको अवस्थामा भेटिएको उनले बताए। तत्कालै उठाउन प्रयास गर्दा नउठेपछि दिउँसो साढे ३ बजेतिर पशु चिकित्सकसहितको प्राविधिक टोलीले मकुनालाई मृत घोषणा गरेको उनले बताए। घटनास्थलमा मृत हात्तीको पोस्टमार्टम गर्दा घाँटीको दाहिनेतर्फ एउटा गोली लागेको भेटिएको विज्ञप्तिमा उल्लेख छ।
मकुना वयस्क भाले हात्ती थियो। मकुना मंसिरयता सौराहा क्षेत्रमा थियो। त्यसलाई धपाउनका चितवन राष्ट्रिय निकुञ्जले दैनिक ५–६ वटा हात्तीसहितको सुरक्षाकर्मी टोली परिचालन गरेको थियो। मकुना चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा गत वर्ष पहिलो पटक आएको थियो। बस्ती छिरे पनि मकुनाले मानिसलाई क्षति भने गरेको थिएन।
चितवनमा मकुनासँगै रोनाल्डो, गोबिन्दे र धुर्बे नामका जंगली हात्ती छन्। यी तीन वटा हात्ती विगत वर्षदेखि यस क्षेत्रमा छन्। अहिलेसम्म सुरक्षाकर्मीले गोली हानेर हात्ती नमारेको चितवन राष्ट्रिय निकुञ्जका पुर्वप्रमुख संरक्षण अधिकृत रामप्रितम यादवले बताए। ‘करेन्ट लागेर हात्ती मरेको थाहा थियो। गोली नै हानेर मारेको मलाई सम्झना छैन,’ यादवले भने, ‘गोली नै हान्नुपर्ने अवस्था किन आयो, मलाई थाहा हुने कुरा भएन।’ गोली लागेर हात्ती मरेपछि सामाजिक सञ्जालमार्फत पनि विरोध हुन थालेको छ।
संरक्षणकर्मी सुराजन श्रेष्ठले मकुनाले प्राकृतिक व्यवहार देखाउँदा मानव जातिले नियन्त्रणका नाममा बन्दुक हानेर मारेको बताएका छन्। ‘हामीसँग समय थियो। अनगिन्ती अवसर थियो तर हामी नराम्रोसँग चुक्यौं। यो घटनाबाट सिकेर फेरि यस्तो दोहोरिन नदिन निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कुनै ठोस कदम नचाले मकुनाको बलिदानको कुनै महŒव हुँदैन,’ उनले भनेका छन्, ‘अहिलेको अवस्थामा हाम्रो नजरमा निकुञ्जको विज्ञप्ति मकुनाको हत्याको दोषबाट उम्कने बहानापत्र मात्र हो।’
गोलीबाट मारिएको मकुनालाई बुधबार राति नै खाल्टो खनेर गाडिएको छ। निकुञ्ज टोलीकै गोलीबाट हात्ती मारिएको यो पहिलो घटना हो। केही समयअघि धुर्बे हात्तीलाई पनि नियन्त्रणमा लिन हवाई फायर गरिएको थियो तर मारिएन। धुर्बेले जसरी मानिसलाई आक्रमण नगरेको मकुनालाई गोली हानेर मारिएकोमा संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन्।