स्वैच्छिक अवकाश रोजेका माओवादीका पूर्वलडाकु अहिले आर्थिक क्रान्तिमा जुटेका छन्। उनीहरूले व्यवसायमा लागेर आर्थिक समृद्धिको बाटो रोजेका हुन्।
माओवादी सशस्त्र द्वन्द्वको उद्गम थलोका रूपमा रहेको कर्णाली प्रदेशबाट करिब तीन हजार २ सयको हाराहारीमा क्यान्टोनमेन्ट छिरेकामध्ये अधिकांश लडाकुले स्वैच्छिक अवकाश रोजेका थिए। स्वैच्छिक अवकाश रोजेकामध्ये जुम्लाको तिला गाउँपालिका-१ रारालिही गाउँकी राधिका भण्डारी बुढा (मेनका) पनि एक हुन्। कुनै समय हतियार खेलाउने मेनकाका हातहरू अहिले जुम्लाको सदरमुकाम खलंगामा अर्गानिक वस्तु बेच्न व्यस्त छन्।
रारालिही गाउँलाई जनसरकार प्रमुख घाेषणा भएको जनयुद्धको उद्गमल थलाेका रूपले परिचित छ। २०५२ फागुन १ मा माओवादीले सामन्तवाद, दलाल र नोकरशाही पुँजीवादका विरुद्ध भन्दै सशस्त्र जनयुद्धको उद्घोष गरेकाे थियो। मेनकाले स्वेच्छिक अवकाशवापत दस लाख रुपैयाँ पाएकी थिइन्। मेनका मात्र होइन उनका श्रीमान् अर्जुन बुढा (साहित्य प्रेमी) पनि पूर्व लडाकु नै हुन्। उनले पनि स्वैच्छिक अवकाश रोजेका थिए।
श्रीमानको पाँच लाख र श्रीमतीको दस लाख गरेर उनीहरूले कुल १५ लाख स्वैच्छिक अवकाशवापत रकम पाएका थिए। उनीहरूले सुरुमा तीन लाख रुपैयाँ लगानी गरेर अर्गानिक वस्तुको व्यापार गरेका थिए। त्यसपछि मेनकाले २०७७ सालदेखि जुम्लाको चन्दननाथ नगरपालिका-४ भारतीबाडा टाेलकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने राेडमा रारालिही अर्गानिक पसल खाेलेर रैथाने कृषिका उपज वस्तु बेचिरहेकी छिन्। अहिले अर्गानिक व्यापारीका नामले उनी प्रख्यात छिन्।
उनको पसलको वार्षिक कारोबार एक करोडसम्म पुगेको उनी बताउँछिन्। जुम्लाको अर्गानिक उत्पादन काठमाडौँका व्यापारीसम्म पुर्याउँदै आएको उनको भनाइ छ। 'बर्सेनि २० लाख रुपैयाँसम्मको सामान थोक मूल्यमै काठमाडौँ पुर्याइरहेको छु,' उनले भनिन्।
दुवै जना २०५९ सालमा तत्कालीन माओवादी सशस्त्र युद्धमा भूमिगत भएका थिए। मेनका जनमुक्ति सेना सेक्सन कमाण्डरसम्म भइन् भने उनका श्रीमान् पनि जनमुक्ति सेनाको प्रमाणीकरण गर्दा पलाटन कमान्डर, कम्पनी सहायक कमान्डर हुँदै जितस्मृति बिग्रेड स्वास्थ्य विभागकाे सहायक सहकमाण्डरसम्म बनेका थिए। उनीहरूको जोडीले दाङ घोराहीमा सेनाको क्याम्पबाट हतियार लुट्नेदेखि अछाम, साँफेबगर, अर्घाखाँची, जुम्ला, गण्डक क्षेत्रका विभिन्न कारबाही र कालीकोटको पिलीलगायतका ठाउँको आक्रमणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो।
मेनकाकाे जोडी पार्टीको शुभचिन्तकका रूपमा रहेका छन्। साहित्य प्रेमीका शरीरमा अहिले पनि बन्दुकका गोलीका छर्रा छन्। दाहिने खुट्टा, टाउको र घाटीमा गाेलीका छर्रा छन्। जति क्रान्तिका कुरा गरे पनि हरेक परिवारको आर्थिक उन्नति नभएसम्म देश समृद्ध हुन नसक्ने मेनका बताउँछिन्। नेताहरूले आफ्नो स्वार्थका लागि सोझा, सिधा नागरिकलाई प्रयोग गर्ने गरेका छन् भन्दै उनले मानिसको सोच र व्यवहारमा परिवर्तन नआएसम्म जतिसुकै क्रान्तिका कुरा गरे पनि केही नहुने बताइन्।
'ध्वंस नभई उत्पादनमा लाग्नुपर्ने भन्दै सदरमुकाममा अर्गानिक पसल सञ्चालन गरेर उद्यमशील बनेकी छुँ। ध्वंस गरेर केही पाइँदैन, उत्पादनबाट सबै नेपाली सम्पन्नता र धनी बन्नुपर्छ,' उनले भनिन्, 'सबै नेपाली उद्यमी र व्यवसायी बनेमा समाजवाद त्यहीं पाइन्छ।' गरिबी नहटेसम्म जुनसुकै युद्ध र आन्दोलनले पनि विकास सम्भव नभएको उनले बताइन्।
उनले पसलमा जुम्ली मार्सीचामल, सिमी, भटमास, चिनो, कागुनो, जडिबुटी चिया, सिस्नो, टिमुर, मकै, स्याउको सुकुटी, मह, जौ, गहुँ, कोदो र फापरको पिठो सँगै दाल र ओखर बेचिरहेकी छिन्। जुम्लाको पातारासी, तातोपानी र तिला गाउँपालिकाका किसानले उत्पादन गरेको अर्गानिक वस्तु आफू कहाँ आउने गरेको उनले बताइन्।
काठमाडौँमा गत वर्ष मात्रै १४ लाख ११ हजार रुपैयाँ बराबरको मार्सी बेचेको उनको भनाइ छ। उक्त व्यापारबाटै पाँच जनाको परिवारको घरखर्च, दुई छाेरी एक छाेराकाे निजी स्कुलकाे पढ्ने खर्च धानिएको छ।
स्वैच्छिक अवकाश रोजेका पूर्वलडाकुमध्ये केही विदेश गएका छन् भने केहीले विभिन्न ठाउँमा केही न केही व्यवसाय गरेर आर्थिक उपार्जनको काम गरिरहेका छन्। राज्यकोषबाट प्राप्त रकम कुनै पनि पेसा व्यवसायमा लगानी गर्नु राम्रो भएको माओवादी केन्द्र जुम्लाका पार्टी संयोजक नवराज न्याैपाने(विमुख)ले बताए।