नेपालका आठ जिल्लामा ‘मह मूल्य शृङ्खलाको लागि बजार पहुँच कार्यक्रम’ लागु
२० माघ २०८१
•
४ मिनेट पाठ
नेपालका आठ जिल्लामा ‘मह मूल्य शृङ्खलाको लागि बजार पहुँच कार्यक्रम’ लागु
नेपालमा नेपाली मह मूल्य शृङ्खलाको लागि बजार पहुँच कार्यक्रमको परियोजना लागू भएको छ । नेपाली महको आन्तरिक, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने उद्देश्यले नेपालका आठ जिल्लामा यस परियोजना लागू भएको हो ।




संयुक्त राष्ट्र औद्योगिक विकास संगठन (यूएनआईडिओ)को आर्थिक सहयोगमा नेपालका चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, सर्लाही, कास्की र पाल्पा जिल्लामा परियोजना लागू भएको परियोजनाका राष्ट्रिय प्राविधिक संयोजक जगदिशभक्त श्रेष्ठले जानकारी दिए । उनका अनुसार उच्च गुणस्तरको मह बिक्री मार्फत परियोजना लागू भएका जिल्लाहरूमा साना मौरी पालक, साना, लघु,  मझौला उद्यमी र मह प्रशोधकहरुका लागि जीविकाका अवसरहरू सुधार सिर्जना गरिएको हो । महको बजारीकरणको लागि विशिष्टीकरण गर्ने उद्देश्यले स्थापना भएको परियोजनाको समय चार वर्षको रहेको छ ।

परियोजना सञ्चालन गर्नका लागि नर्वे सरकारबाट १३ लाख ७९ हजार ९५६ यूरो बजेट विनियोजन भएको उनले बताए । कार्यक्रम सञ्चालनको प्रकृया तयार गर्नका लागि परियोजनाले जिल्लामा पुगेर सुझाव संकलन गरिरहेको उनले बताए । ‘परियोजनाले उत्पादकसँग मिलेर महको गुणस्तर सुधार गर्ने काम गर्नेछ’, श्रेष्ठले भने ‘विदेशी मह र स्वदेशी महको भिन्नता, पत्ता लगाउने र परियोजनाको क्षेत्रबाट मह खरिद बिक्री गर्ने व्यापारीलाई सहयोग गर्नेछौँ ।’ 

परियोजनाले महको बजारीकरणमा सहजता ल्याउनका लागि सरकारी तथा गैरसरकारी निकायमार्फत आफ्ना कार्यक्रम अगाडि बढाउने लक्ष्य राखेको छ । ‘हामीले सोझै किसानलाई अनुदान दिँदैनौँ’ परियोजनाका नेशनल भ्यालु चेन डेभलपमेन्ट एक्सपर्ट सुरेश बरालले भने ‘महसँग काम गरिरहेका सङ्घसंस्थाहरू मार्फत बजार प्रवर्द्धनको काम गर्छौँ ।’ परियोजनाले राष्ट्रिय गुणस्तर पूर्वाधार प्रणालीको प्राविधिक क्षमता र दिगोपनमा सुधार ल्याउने अपेक्षा समेत गरिएको उनले बताए ।

‘प्रमुख गुणस्तर पूर्वाधार सेवा प्रदायकको प्रविधि क्षमता र महको गुणस्तरको लागि स्थानीय बजारको अनुगमन गर्न सबल हुनेछ,’ उनले भने ‘अन्तर्राष्ट्रिय नियमहरू र मौरीपालनमा खाद्य स्वच्छताका लागि गुणस्तर नियन्त्रण रणनीति र पाठ्यक्रमको पालना गर्न राष्ट्रिय क्षमता स्थापित हुने अपेक्षा छ ।’ स्थानीय बजारको लागि महको गुणस्तर अनुगमन गर्ने प्राविधिक क्षमता बलियो बनाउने लक्ष्य रहेको उनले बताए ।

नेपाली मह गुणस्तर भएपनि बिक्री हुन सकिरहेको छैन । यहाँ बाहिरी मुलुकबाट मह भित्रिरहेको छ । त्यसका लागि महको प्याकेजिङ र लेभलिङमा ध्यान दिनुपर्ने परियोजनाकी नेशनल क्वालिटी इन्फ्रास्टक्चर एक्सपर्ट मञ्जु क्षेत्रीले बताए । ‘हामीले महको गुणस्तर प्रमाणीकरण लिनुपर्दछ । यसले अन्तर्राष्ट्रिय बजारसम्म बिक्री गर्न सक्छौँ’, उनले भने, ‘घरेलु बजारहरूको प्रभावकारी सञ्चालन र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सक्छौँ।’

गुणस्तरीय महको लागि मापदण्ड, मापन विज्ञान, प्राविधिक नियमन, समरुपता मूल्याङ्कन, बजार अनुगमन, परीक्षण प्रमाणीकरण जस्ता विषयहरू समेटिनुपर्ने हुन्छ । मौरी विज्ञ खेमराज न्यौपानेले नेपाली महको गुणस्तर भएपनि मूल्यका कारण बिक्रीमा समस्या भएकाले यसतर्फ परियोजनाले काम गर्न उनले सुझाव दिए । जिल्ला स्तरीय सरोकारवाला परियोजना अभिमुखीकरण कार्यशाला गोष्ठीमा बोल्दै न्यौपानेले नेपालको महको ब्राण्ड गर्न समेत सुझाव दिए ।

‘कृषकले मह मात्र बेच्नु हुँदैन । यसबाट विभिन्न वस्तुहरू उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘हामीले भ्यालु चेन्जमा काम गर्नुपर्छ ।’ मौरी पालक किसान बाबुराम पन्तले गुणस्तर मह पहिचानका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताए । ‘विदेशबाट आउने मह जम्दैन । हाम्रो चिउरी र तोरीको मह जम्ने गरेको छ,’ उनले भने ‘वास्तवमा जमेको मह गुणस्तरीय हो । तर, उपभोक्ताले किन्न मानिरहनुहुँदैन ।’

जमेको मह खोज्ने उपभोक्ता न्यून भएको उनले बताए । मौरी पालक किसान शिव पौडेलले नेपालीले तोरीको मह लिन नमानेको समेत बताए । बागमती प्रदेश कृषि मन्त्रालयका निर्देशक सुदिप श्रेष्ठले उपभोक्ता र किसानको क्षेत्रमा जनचेतनाको अभिवृद्धि गर्नुपर्ने बताए । ‘डाबर र पतञ्जलिको मह जम्दैन । गुणस्तरीय मह जम्छ,’ उनले भने ‘परियोजनाले प्रचार प्रसारको अभियान नै चलाउनुपर्छ ।’ उनले ल्याबको मापदण्ड बनाउनुपर्ने बताए ।

मौरी पालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईले महको प्याकेजिङमा काम गर्ने हो भने महको बजारीकरणमा समस्या नआउने बताए । ‘अघिल्लो वर्ष ३१ सय टन मह स्टक थियो । लेभलिङ र प्याकेजिङमा काम भएपछि यस्ता समस्या आउँदैन होला । परियोजनाले यसतर्फ काम गर्नुपर्दछ’–उनले भने ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख प्रमोद पौडेलले बजारीकरणका लागि गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् । गुणस्तर मापदण्डको महिलो माध्यम प्याकेजिङ भएकाले यसमा ध्यान दिन समेत अनुरोध गरे । ‘महको प्याकेजिङ हेरेर गुणस्तर छ भन्न त सकिँदैन,’ उनले भने ‘पहिलो आधार चाहिँ प्याकेजिङ हुन सक्छ ।’

कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायका डिन प्राडा अच्यूत कुमार श्रेष्ठले महको बजारीकरणका लागि महको विषयमा पाठ्यक्रममा समावेश गर्नुपर्ने बताए। 
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
१ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस