जुम्लाको पातारासी गाउँपालिका-६ उर्थु गाउँका हर्कबहादुर बुढा ६ वर्षअघि भारत हानिए। त्यति बेला उनले आर्थिक रूपमा सबल भएर सहर-बजारमा घर घडेरी किन्ने, सहरिया बन्ने सपना देखेका थिए। काम गर्न जाँदा लागेको ऋण तिर्न, घर खर्च पठाउन र केही पैसा बचत गर्न निकै कठिनाइ भयो । उनी चार वर्ष भारत बसेपछि नेपाल फर्किए।
‘शरीर भारत तर, मन गाउँकै पाखा पखेरोमै डुल्यो,’ उनले भने, ‘त्यति बेला साथीले भनेजस्तो प्रदेशमा पैसा फल्दो रहेछन् ।’ चार वर्षपछि गाउँ फर्केर स्याउ खेती सुरु गरे। स्याउका बिरुवा काँटछाँटकाे सीप सिके।
उनले उच्चस्तरीय शिक्षा हासिल गरेका छन्। उनको स्याउ बारीमा रोयल, रेड, गोल्डेन, रिचारेट, चक्लेटी, न्याकोन्टोस र जनाथन जातको स्याउ फलिरहेका छन् । ७ सय बिरुवा छन्। जसमध्ये ५ सय फल्ने बिरुवा छन्। ‘स्याउ बेचेर वर्षमा ८ लाख रुपैयाँ कमाउँछु,’ उनले भने, ‘यो मेरो विदेशको भन्दा तेब्बर कमाइ हो।अझै स्याउ खेतीलाई विस्तार गर्छु ।’
पातारासीकै अम्मरसिंह विष्टले पनि भारतमा मजदुरी गरे। तर भनेजस्तो उनको कमाइ पनि राम्रो भएन्। उनले भने,अहिले मेरो गाउँमै स्याउ बगैँचा ५ सय बिरुवा छन्। ३ सय फल्छन्। बर्सेनि ६ लाख नगद बुझ्ने गरेको छु।
अहिले पुस र माघ महिनामा स्याउ बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्ने विष्ट र बुढाको दैनिकी बनेको छ। उनीहरू आफ्नो बगैँचाको बिरुवा काँटछाँट गरिसकेपछि गाउँलेहरूको पनि काँटछाँट गरिने गरेका छन्। दुई महिनामा मात्रै एक जनाले स्याउ काँटछाँट गरे बापत १ लाख ९२ हजार कमाइ गरेको उनीहरूको भनाइ छ।
बिहान १० देखि ५ बजे सम्म बारीमै व्यस्त हुने हर्कबहादुर बुढाले बताए।आफूले सिकेको सिपको काम गाउँमै गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ।