औषधि खाने पैसा नहुँदा ‘क्यारिङ’ गर्छिन् ७६ वर्षीया वृद्धा
१७ माघ २०८१
•
२ मिनेट पाठ
औषधि खाने पैसा नहुँदा ‘क्यारिङ’ गर्छिन् ७६ वर्षीया वृद्धा
क्यारिङका लागि नेपाल–भारत सीमा क्षेत्रस्थित रुपैडियामा भारतीय सरकारले निर्माण गर्न थालेको प्रवेशद्वार नजिकै बसेकी ७६ वर्षीया वृद्धा। तस्विरः गणेश/नागरिक
नेपाल–भारत सीमा क्षेत्रस्थित भारतले निर्माण गर्न थालेको प्रवेशद्वारसँगै अडिएर एक वृद्धा महिला निन्याउरो अनुहार लाएर टुसुक्क बसेकी छिन्। जतिबेला दिउँसोको तीन बजेको हुँदो हो। उनका छेउमै तीन बोरी सामान छन्। उनीका गाला पूरै चाउरी परेका। स्यानो कालो रङको साइड ब्याक भिरेकी छिन्। ब्याकमा एउटा सानो मोबाइल र औषधि पनि छ। मोबाइलमा पैसा सकिएर शून्य ‘ब्यालेन्स’ छ।




उनी हराएका आफन्तको प्रतीक्षामा निन्याउरो अनुहार लाउँदै बसेकी भने होइनन्। गरिबीका कारण औषधि खाने पैसा नहुँदा ‘क्यारिङ’ को सामान नेपाल छिराउने मौका छोपिरहेकी हुन्। वृद्ध बिरामी शरीरलाई डोर्‍याउँदै दैनिक उनी यसैगरी क्यारिङ गर्छिन्। जसबाट हुने आम्दानीले हुने नियमित औषधि र दैनिक खर्च टार्छिन्।

कोहलपुरबाट दैनिक सार्वजनिक बसमा ओहोरदोहोर गरेर जोखिमपूर्ण काम गर्न उनलाई रहर भने होइन। जीवनको उत्तरार्धसम्म पनि गरिबी पाखा नलागेपछि जीवन जिउन अर्थात् औषधि सेवनका लागि उनी यसरी काम गर्छिन्।

चोरीपैठारी गरी भारतीय बजारबाट नेपाल सामान ल्याउनु गैरकानुनी हो, यो उनलाई स्पष्टसँग थाहा छ। यसरी ल्याउँदा कर छलिसमेत हुने विषयमा उनी अनविज्ञ भने छैनिन्। तर, उनी यो काम गर्न विवश छिन्। किन उनले यस्तो काम गर्छिन् ?

विवाहपश्चात् बागलुङबाट बाजेससुरासहित उनको सबै परिवार सुर्खेत आयो। करिब २०२६ सालतिर आएको उनलाई सम्झना छ। सुर्खेतबाट पनि उनीहरु बाँके झरे। उनले १० सन्तानलाई जन्म दिइन्। अहिले दुई छोरी र एक छोरा जीवित छन्, तर साथमा छैनन्।

उनी बिरामी छिन्। नियमित औषधि खानुपर्छ। औषधि सकियो भने उनको जीवन पनि समाप्त भयो। त्यसैले हर कोसिस गरेर उनले औषधि खानै पर्छ। उनलाई प्रेसर छ, लिभरमा समस्या छ। फोक्सोमा पानी जमेको छ।

यति समस्याबाट ग्रसित उनका श्रीमान्को पनि साउनमा मृत्यु भयो। उनी बेसहारा भइन्। ढल्किएको उमेरमा पनि सास रहँदाको आस भनेजस्तै औषधि र एक छाक खानकै लागि दुःख गरिरहेकी छिन्।

त्यो पनि अवैध। सामान्य खुद्रा पसल गर्नलाई उनीसँग लगानी छैन। अरु काम गर्ने उमेर ढल्केको छ। ‘मैले गर्न सक्ने काम के नै छ र,’ उनले भनिन्, ‘कयौं गाली खाँदै हेपिँदै यही क्यारिङको काम गर्छु।’

दिनमा एकपटक सामान ओसार्दा तीन सयदेखि पाँच सयसम्म फाइदा हुने उनी बताउँछिन्। दिनमा एकपटकभन्दा बढी उनले ओहोरदोहार गर्न सक्दिनन्। कमाएको पैसाले साँझ बिहानको छाक टार्न र नियमित औषधि खानलाई ठिक्क हुने भन्दै उनले भनिन्, ‘रासन र औषधि किनेर बचेको पैसाले कहिलेकसो भन्सार र सशस्त्र प्रहरीले सामान बरामद गर्छन्। त्यो सामानको खर्च साहुले व्यहोर्दैनन्। बचेको पैसा त्यसलाई मिलाउन ठिक्क हुन्छ।’

सीमा वारि (नेपालगन्ज, कोहलपुर) का व्यापारीले माग गरेअनुसारका सामान उनले ल्याउँछिन् र केही नाफा राखेर बिक्री गर्छिन्। ‘जिन्दगी जिउनै पर्‍यो। भोक बस्न सकिँदैन। उमेर जति ढल्के पनि काम नगरी पुग्दैन,’ उनले भनिन्।

मेरो नाम र तस्बिर सहित कथा लेख्न उनले हिम्मत जुगाइन्। भन्छिन्, ‘यहाँ मान्छेले के-के बिक्री गरिसके। देश खोक्रो भइसक्यो। मैले के पाप गरेछुँर। औषधि खानलाई थोरै सामान ल्याउने त काम गर्छु।’

उनले यसो भनिरहँदा पनि उनको सुरक्षा र पेसालाई असर नपुर्‍याउने उद्देश्यले नाम गोप्य राखिएको छ।
अर्को समाचार
औषधि खाने पैसा नहुँदा ‘क्यारिङ’ गर्छिन् ७६ वर्षीया वृद्धा
०९ फागुन २०८१
•
३ मिनेट पाठ
औषधि खाने पैसा नहुँदा ‘क्यारिङ’ गर्छिन् ७६ वर्षीया वृद्धा
क्यारिङका लागि नेपाल–भारत सीमा क्षेत्रस्थित रुपैडियामा भारतीय सरकारले निर्माण गर्न थालेको प्रवेशद्वार नजिकै बसेकी ७६ वर्षीया बृद्धा। तस्विरः गणेश/नागरिक
नेपाल–भारत सीमा क्षेत्रस्थित भारतले निर्माण गर्न थालेको प्रवेशद्वारसँगै अडिएर एक बृद्धा महिला निन्याउरो अनुहार लाएर टुसुक्क बसेकी छिन्।  जतिबेला दिउँसोको तीन बजेको हुँदो हो। उनका छेउमै तीन बोरी सामान छन्। उनका गाला पूरै चाउरी परेका। सानाे कालो रङको साइड ब्याक भिरेकी छिन्। ब्याकमा एउटा सानो मोबाइल र औषधि पनि छ। मोबाइलमा पैसा सकिएर शून्य ‘ब्यालेन्स’ छ। 




उनी हराएका आफन्तको प्रतीक्षामा निन्याउरो अनुहार लाउँदै बसेकी भने होइनन्। गरिबीका कारण औषधि खाने पैसा नहुँदा ‘क्यारिङ’ को सामान नेपाल छिराउने मौका छोपिरहेकी हुन्।  बृद्ध बिरामी शरीरलाई डोर्‍याउँदै दैनिक उनी यसैगरी क्यारिङ गर्छिन्। जसबाट हुने आम्दानीले हुने नियमित औषधि र दैनिक खर्च टार्छिन्।

कोहलपुरबाट दैनिक सार्वजनिक बसमा ओहोरदोहोर गरेर जोखिमपूर्ण काम गर्न उनलाई रहर भने होइन। जीवनको उत्तरार्द्धसम्म पनि गरिबी पाखा नलागेपछि जीवन जिउन अर्थात् औषधि सेवनका लागि उनी यसरी काम गर्छिन्। चोरीपैठारी गरी भारतीय बजारबाट नेपाल सामान ल्याउनु गैरकानुनी हो, यो उनलाई स्पष्टसँग थाहा छ। यसरी ल्याउँदा कर छलीसमेत हुने विषयमा उनी अनविज्ञ भने छैनिन्।  तर, उनले यो काम गर्न विवश छिन्।  

किन उनले यस्तो काम गर्छिन्?
विवाहपश्चात् बागलुङबाट बाजे ससुरासहित उनको सबै परिवार सुर्खेत आयो। करिब २०२६ सालतिर आएको उनलाई सम्झना छ। सुर्खेतबाट पनि उनीहरु बाँके झरे। उनले १० सन्तानलाई जन्म दिइन्। अहिले दुई छोरी र एक छोरा जीवित छन्, तर साथमा छैनन्। उनी बिरामी छिन्। नियमित औषधि खानुपर्छ। औषधि सकियो भने उनको जीवन पनि समाप्त भयो।  त्यसैले हर कोसिस गरेर उनले औषधि खानै पर्छ। उनलाई प्रेसर छ, लिभरमा समस्या छ।

फोक्सोमा पानी जमेको छ। यति समस्याबाट ग्रसित उनका श्रीमानको पनि साउनमा मृत्यु भयो। उनी बेसहारा भइन्।  ढल्किएको उमेरमा पनि सास रहँदाको आश भनेजस्तै औषधि र एक छाक खानकै लागि दुःख गरिरहेकी छिन्। त्यो पनि अवैध।  सामान्य खुद्रा पसल गर्नलाई उनीसँग लगानी छैन। अरु काम गर्ने उमेर ढल्केको छ। ‘मैले गर्न सक्ने काम के नै छ र,’ उनले भनिन्, ‘कैयौँ गाली खाँदै हेपिँदै यही क्यारिङको काम गर्छु।’ 

दिनमा एकपटक सामान ओसार्दा तीन सयदेखि पाँच सयसम्म फाइदा हुने उनी बताउँछिन्। दिनमा एकपटकभन्दा बढी उनले ओहोरदोहार गर्न सक्दिँनन्। कमाएको पैसाले साँझबिहानको छाक टार्न र नियमित औषधि खानलाई ठिक्क हुने भन्दै उनले भनिन्, ‘रासन र औषधि किनेर बचेको पैसाले कहिलेकसो भन्सार र सशस्त्र प्रहरीले सामान बरामद गर्छन्।  त्यो सामानको खर्च साहुँले व्यहोर्दैनन्।  बचेको पैसा त्यसलाई मिलाउन ठिक्क हुन्छ।’ 

सीमा वारि (नेपालगन्ज, कोहलपुर) का व्यापारीले माग गरेअनुसारका सामान उनले ल्याउँछिन् र केही नाफा राखेर बिक्री गर्छिन्।‘जिन्दगी जिउनै पर्‍यो।  भोक बस्न सकिँदैन।  उमेर जति ढल्के पनि काम नगरि पुग्दैन,’ उनले भनिन्।  मेरो नाम र तस्विरसहित कथा लेख्न उनले हिम्मत जुगाइन्। भन्छिन्, ‘यहाँ मान्छेले केके बिक्री गरिसके।  देश खोक्रो भइसक्यो। मैले के पाप गरेछुँर। औषधि खानलाई थोरै सामान ल्याउने त काम गर्छुँ।’ उनले यसो भनिरहँदा पनि उनको सुरक्षा र पेसालाई असर नपुर्‍याउने उद्देश्यले नाम गोप्पे राखिएको छ। 
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस