जुम्लाको सिंजा गाउँपालिका-५ फुङ्ग्र गाउँकी ४५ वर्षीया जौकली रोकायालाई ढाड र खुट्टाको जोर्नी दुख्ने समस्या थियो। तातोपानी धारामा नुहाउन थालेदेखि सन्चो भएको उनी बताउँछिन्।
कालिकोटकी ७६ वर्षीया रन्कली शाहीले आफू निरन्तर चार-पाँच वर्षदेखि नुहाउन आएको बताइन् । उनले आफ्नो ढाड र घुँडा दुख्ने समस्या थियो। अहिले निको भएको उनको भनाइ छ। अर्की बिरामी मुगुकी ५३ वर्षीया धनाकुमारी रोकाया पनि बाथरोग, ढाड दुख्ने, घुँडा दुख्ने, समस्या तातोपानी धारामै नुहाएपछि ठिक भएको बताउँछिन्।
यहाँ तातोपानी धारामा नुहाएर विभिन्न समस्या ठिक भएको सुनाउने धेरै भेटिन्छन्। विभिन्न अस्पतालमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीहरुका लागि आजभोलि कर्णालीकै पर्यटकीय स्थल मानिने जुम्लाको तातोपानी गाउँपालिका-२ जर्मी गाउँमा अवस्थित तातोपानी धारा प्राकृतिक उपचारका आकर्षक स्थल बन्दै गएको छ। बाह्य र आन्तरिक पर्यटकको भीड बढ्न थालेको छ।
तातोपानी धारामा पछिल्लो समय विदेशी पर्यटकहरू पनि आउने गरेको स्थानीय बताउँछन्। महिला र पुरुष नुहाउने छुट्टाछुट्टै धारा छन्। धाराको सञ्चालन तथा व्यवस्थापन विषयमा तातोपानी गाउँपालिकाले कार्यविधि समेत बनाएको छ। कार्यविधि अनुसार नयाँ शुल्क निर्धारण गरिएको छ।तातोपानी धारामा नुहाए सम्बन्धित वडाका नागरिकलाई १० रुपैयाँ, गाउँपालिका भित्रका स्थानीयलाई ३० रुपैयाँ, जिल्ला भित्रकालाई ४० रुपैयाँ र जिल्ला बाहिरको हकमा ५० रुपैयाँ र विदेशी नागरिकलाई एक सय रुपैयाँ लिने व्यवस्था छ।
तातोपानी गाउँपालिका-२ का अध्यक्ष चन्द्रमान बुढाका अनुसार तातोपानीमा कालिकोट, मुगु, जाजरकोट, डोल्पाबाट मानिसहरू नुहाउन पुग्छन्।