आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
०९ माघ २०८१
•
२ मिनेट पाठ
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित जनचेतना आमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, आजभोलि बुटवलसम्म पनि माग हुने गर्दछ।




विवाह, व्रतबन्ध, पूजाआजाका धेरैजसो कार्यक्रममा आमा समूहको गाजाबाजाको टोली पुग्न थालेका छन्। गएको मङ्सिर महिनामा मात्रै ३० भन्दा बढी यस्ता कार्यक्रममा पुगेर बाजा बजाएको अध्यक्ष कस्तुरा खड्काले बताइन्।  

पुसमा पनि राजनीतिक दलका कार्यक्रम र अन्य सार्वजनिक कार्यक्रममा बाजाको माग भएको उनले बताइन्। 'पहिले–पहिले गाह्रो थियो, अहिले त ठाउँठाउँबाट हाम्रो माग भइरहेको छ। आम्दानी पनि ठीकै भएको छ,' उनले भनिन्।  

एउटा कार्यक्रमको रु आठ हजारदेखि २५ हजारसम्म लिने गरेको उनले जानकारी दिए। कति समयसम्म बजाउने हो, त्यसका आधारमा भाडा लिने गरेको उनको भनाइ छ। पछिल्लो समय यस्ता बाजा लोप हुन थालेपछि आफूहरूले बाजाको संरक्षण पनि हुने, रोजगारी पनि हुने सोचेर यस पेसामा लागेको पनि अध्यक्ष खड्काले बताइन्।  

'पहिले गाउँमा विवाह, व्रतबन्ध हुँदा नौमती बाजा बज्थे,' उनले भनिन्, 'तर, पछिल्लो समय बज्न छोडे, त्यसैले हामीले यसलाई संरक्षण गर्नका लागि यो काम थालेका हौँ।' समूहले २०७९ सालको तिहारमा भैलो खेलेर सङ्कलन भएको रु एक लाख ४० हजारले वाद्य सामग्री खरिद गरेको हो। यस समूहमा ब्राह्मण, मगर, क्षेत्री समुदायका २५ जनाभन्दा बढी महिला आबद्ध छन्।

पञ्चेबाजा संरक्षणलाई दिगो बनाउन पनि अब आमा समूहको एउटा भवन आवश्यक परेको अध्यक्ष खड्काले बताइन्। 'भवन निर्माणका लागि सरकारबाट सहयोगको अपेक्षा गर्दै माग गरिरहेका छौँ,' उनले भनिन्। पञ्चेबाजा बजाउने मात्रै नभई उक्त समूहले सामाजिक कार्य पनि गर्दै आएको छ। गाउँमा कसैको झैझगडा भएमा त्यो पनि मिलाउने गरेको अध्यक्ष खड्काको भनाइ छ।

'गाउँमा झगडा भएमा मिलाइदिनु पर्यो भन्दै खासगरी दिदीबहिनीहरू आउनुहुन्छ,' उनले भनिन्, 'त्यस्ता झैझगडा पनि मिलाउने गरेका छौँ।' घरहरूमा रङरोगन गर्ने, विवाहमा खाना खुवाउनेजस्ता कार्य पनि यस आमा समूहले गर्दै आएको छ। सधैं चुलोचौकोमा सीमित हुने महिला पनि सामाजिक रूपमा सशक्त छन् भन्ने सन्देश दिन आफूहरूले यो कार्य गरेको उनको भनाइ छ। रासस
अर्को समाचार
नेपाली भाषा बोल्ने बढ्दै, जति सम्पन्न परिवार उति नेपाली बोल्ने दर उच्च
२५ वैशाख २०८२
•
४ मिनेट पाठ
नेपाली भाषा बोल्ने बढ्दै, जति सम्पन्न परिवार उति नेपाली बोल्ने दर उच्च
नेपाली भाषा बोल्नेहरुको संख्या पछिल्लो समय बढ्दै गएको तथ्यांकले देखाएको छ । पछिल्लो दुई दशक नेपालमा दोस्रो भाषाको रुपमा नेपाली भाषाको प्रयोगमा उल्लेख्य वृद्धि भएको हो । राष्ट्रिय जनगणना ०५८ का अनुसार दोस्रो भाषाको रुपमा नेपाली बोल्ने २५.२ प्रतिशत थियो भने जनगणना ०६८ मा यो प्रतिशत बढेर ३२.८ पुगेको थियो । तर पछिलो जनगणना ०७८ मा नेपाली भाषा बोल्नेहरुको संख्या ४६.२ प्रतिशत पुगेको हो । ०५८ पछिको दुई दशकमा नेपाली भाषा बोल्नेको संख्यामा २१ प्रतिशतले वृद्धि भएको पाइएको हो । दोस्रो भाषाको रुपमा नेपाली बोल्नेहरुको संख्या सबैभन्दा बढी मधेश प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको तथ्यांकमा उल्लेख छ ।  




नेपालमा पछिल्लो समय १२४ मातृ भाषा रहेको देखाएपनि ११७ समुदायले दोस्रो भाषा बोल्ने गरेको पाइएको हो । पुर्खाको भाषा भने मातृ भाषाकै रुपमा प्रयोग हुने गरेको हो ।  

प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीका अनुसार धेरै जनसङ्ख्याले नेपाली भाषालाई कि मातृभाषाका रुपमा कि त दोस्रो भाषाका रुपमा बोल्ने गरेको पाइएको छ । ‘मुख्य रुपमा दुई अलग भाषाको पुलको रुपमा नेपाली भाषा प्रयोग गरिने भएकोले नेपाली भाषा बोल्नेहरु बढ्दै गएको हो,’ बुर्लाकोटीले भने,‘साथै पेसा व्यवसाय, कामकाजी र लोकसेवा आयोगमा समेत नेपाली भाषाको प्रयोग हुने भएकोले यसको प्रयोग बढ्दै गएको हो ।’  

मातृ भाषा र दोस्रो भाषाका रुपमा बोलिने नेपाली भाषालाई समग्रतामा हेर्ने हो भने मधेश प्रदेश बाहेक सबै प्रदेशमा यस्को हिस्सा ९० प्रतिशत छ । मधेश प्रदेशमा भने ७६.५ प्रतिशत पाइएको छ । जनगणना ०७८ अनुसार मातृ भाषाको रुपमा नेपाली कम बोलिए पनि दोस्रो भाषाको रुपमा बढी बोलेको पाइन्छ । ‘पछिलो समय पहिचानको मुद्दाहरु धेरै उठे । यसकारण धेरै भाषाहरुको पहिचान भयो,’ तथ्यांक अधिकारी बुर्लाकोटीले नागरिकसँग भने, ‘पुर्खाको भाषानै मातृ भाषा रहेको पाइयो । यसकारण पुर्खाको भाषा बोल्नेहरु १२४ थरिनै रहे ।’  

नेपालमा मातृभाषाका साथै दोस्रो भाषा नेपाली बोल्नेको घनत्व विशेष गरी गण्डकी प्रदेशको पश्चिमी भाग लुम्बिनी प्रदेशसँग जोडिएको क्षेत्र र कर्णाली प्रदेशका सबै जिल्लाहरु अधिकतम देखिएको निर्देशक आचार्यले बताए ।  

मधेश प्रदेशमा संचारको प्रमुख भाषा नेपाली  

मधेश प्रदेशका सबै जिल्लामा दुई वा सोभन्दा बढी भाषा बोल्ने दर उच्च पइएको  छ । मैथली, भोजपुरी र बज्जिका लगायत भाषा बोल्ने बहुसङ्ख्यक व्यक्तिले विभिन्न मातृभाषा भएका समुदायसँग कुरा गर्न नेपाली भाषाको प्रयोग गर्ने गरेका हुन् । पछिल्लो दुई दशकमा द्विभाषिक जनसंख्या पनि बढेको छ । मधेशमा द्विभाषिक दर सबैभन्दा उच्च ५६.० प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५१.९ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।  

‘मधेश प्रदेशमा द्विभाषिकता तथा बहुभाषिकताको दर उच्च हुनुको मुख्य कारण मैथली, भोजपुरी र बज्जिका बोल्नेको ठूलो जनसङ्ख्याले दोस्रो भाषाका रुपमा नेपाली भाषालाई प्रयोग गर्नु नै हो,’ तथ्यांक अधिकारी बुर्लाकोटीले भने,‘सबैभन्दा कम द्विभाषिक दर कर्णाली प्रदेशमा छ ।’  

३५९ स्थानीय तहमा आधाभन्दा बढी जनसंख्या नेपाली भाषा बोल्ने  

कुल ७५३ स्थानीयमध्ये ३५९ स्थानीय तहका आधा बढी जनसंख्याले नेपाली भाषा बोल्ने गरेका छन् । थप ७० वटा स्थानीय तहमा अधिकतमले नेपाली भाषा बोल्छन् । बाँकी ३२४ स्थानीय तहमा अन्य भाषाहरु प्नि बढी नै बोलिने गरेको तथ्यांक छ ।

एक लाख बढीले बोल्छन् २१ थरीका भाषा  

पुर्खाको भाषा प्रयोगसम्बन्धी प्रश्न पहिलो पटक २०७८ सालको जनगणनामा समावेश थियो । कार्यालयका निर्देशक विनोदशरण आचार्यका अनुसार यो प्रश्न भाषाको प्रवीणता मापनका लागि नभएर व्यक्तिहरुको पूर्वजले बोल्ने भाषाको पहिचानलक्षित थियो। जनगणनाको नतिजामा धेरैजसो अवस्थामा पुर्खाको भाषाको दरभन्दा मातृ भाषाको रुपमा उत्तरदाताहरुले उल्लेख गरेका भाषाहरुको दर उच्च रहेको उनले जनाए ।

‘जनगणनाको नतिजाले नेपालमा १ लाख बढी जनसंख्याले बोल्ने भाषा कुल २१ वटा पाइयो । यी भाषाले कुल जनसङ्ख्याको ९५ प्रतिशत हिस्सा ओगटेका छन्,’निर्देशक आचार्यले भने,‘यसको विपरित बोल्ने व्यक्तिहरुको संख्याका आधारमा सूचीको तल्लो खण्डमा रहेको भाषाको संख्या १०३ वटा छन् जसले कुल जनसङ्ख्यको ५ प्रतिशत हिस्सा ओगटेका छन् ।’ उनले थपे,‘यसकारण मातृ भाषाको संख्यामा विविधता भएपनि तिनको जनसाङ्खकि हिस्सा असमान पाइएको छ ।’

सम्पन्न परिवारमा नेपाली बोल्ने उच्च  

कुनै परिवार जति धेरै सम्पन्न हुन्छ, नेपाली बोल्ने संभावना त्यतिनै उच्च हुने जनगणनाको तथ्यांक विश्लेषणबाट देखिएको छ । सम्पन्न परिवारमा नेपाली बोल्ने सम्भावना २.५ देखि ३ गुणासम्म हुने गरेको पाइएको छ ।  बढी देखिएको छ । यसेगरी, सबैभन्दा सम्पन्न जनसङ्ख्याको नेपाली बोल्ने सम्भावना तीन गुणाभन्दा बढी छ । साथै निरक्षर जनसङ्ख्यामा भने दोस्रो भाषाभन्दा आफ्नो मातृ भाषाको प्रयोग बढी रहेको पाइएको छ ।  
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस