सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै
१३ माघ २०८१
•
२ मिनेट पाठ
सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै
सरस्वती पूजा नजिकिँदै जाँँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरू धमाधम मूर्ति बनाउन थालेका छन्। दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा अवस्थित सबै सामुदायिक तथा निजी विद्यालय, कोचिङ सेन्टर, ट्युशन सेन्टर, क्लब, पुस्तकालयसहित गाउँ तथा नगरका विभिन्न चोकचोकमा सरस्वती पूजाका लागि मूर्तिकारलाई मूर्ति बनाउन भ्याइनभ्याइ छ।




आफ्नो चार पुस्तादेखि मूर्ति बनाउने पेसा चल्दै आएको एकडारा गाउँपालिका–५ का मूर्तिकार सुभाष पण्डितले सरस्वती पूजाका बेला अत्यधिक मूर्तिको माग हुने गरेको कारण अहिले सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ। त्यस्तै पूजाको अब १० दिन मात्र बाँकी हुँदा औरही नगरपालिका–२ का कैलाश रामलाई पनि मूर्ति बनाउन भ्याइनभ्याइ भएको बताउँछन्।

सरस्वतीको मूर्ति बनाउनमै व्यस्त जलेश्वर नगरपालिका–२ का विकाऊ पासवान पनि अहिले मूर्ति बनाउन भ्याइनभ्याइ भएको बताउँछन्। मूर्ति बनाउन चाहिने माटो, खर (पराल, भुस) रङ, जुटलगायत वस्तुको जोहो गर्नु, घामपानी र वातावरणअनुसार मूर्ति बनाउनु जस्ता क्रियाकलाप गर्नुपर्ने भएकाले मूर्तिकारलाई अहिले भ्याइनभ्याइ भएको उनीहरू बताउँछन्।

'घाम उदाएपछि मात्रै मूर्ति सुक्ने र मूर्ति सुकेपछि मात्रै राम्ररी रङ्ग रोगन गर्न मिल्ने भएकाले जति बढी घाम उदाउँछ, त्यति नै बढी मूर्ति तयार गर्नु पर्छ,' मूर्तिकार पण्डितले बताए। उनले आफू र आफ्ना बुवा शम्भु पण्डित मिलेर प्रत्येक वर्ष रु ५० हजारभन्दा बढीका सरस्वती मूर्ति बनाउने गरेको बताए। साथै मौसमले साथ दिएमा ७०/७५ सम्म पनि मूर्ति बनाएर बेच्ने गरेको उनको भनाइ छ।

त्यसैगरी मूर्तिकार कैलाश पनि आफू तथा आफ्ना परिवारका सदस्य मिलेर बर्सेनि ६०/७० वटा मूर्ति बनाउने गरेको बताउँछन्। उनले बर्सेनि २५ भन्दा बढी मूर्ति बनाउने गरेको बताए। आफ्नो क्षमता र साधन श्रोतले तयार गर्ने संख्याका अनुसार उनीहरूको आम्दानी पनि फरक फरक हुने गरेको छ। यसरी तयार गरेका मूर्तिहरू रु दुई हजारदेखि रु ७ हजारसम्ममा बेचेर वार्षिक रु दुई लाख जति आम्दानी गर्ने गरेको पण्डितले बताए।

मूर्तिकार कैलाशले आफूले प्रतिगोटा रु तीन हजारदेखि रु १० हजारसम्ममा मूर्ति बेचेरै वार्षिक रु तीन लाख ५० हजार आम्दानी गर्ने गरेको बताए। दिनानुदिन बढ्दै गएको मूर्तिको मागले यहाँका मूर्तिकारलाई सरस्वती पूजाको बेला दिनरात काम गर्नुपर्ने र मौसमअनुसार मूर्ति तयार गर्नुपर्ने चुनौती रहने गरेको छ। जिल्लाका मूर्तिकारले प्रत्येक वर्ष सरस्वतीको मूर्तिका साथै अन्य पूजा जस्तै गणेश, विश्वकर्मा, काली, दुर्गा पूजाका लागि पनि मूर्ति निर्माण गर्ने गरेका छन्।

जिल्लामा पहिला पहिला पण्डित (कुमाले) जातिले मात्र मूर्ति बनाउने गरेकामा अहिले विभिन्न जातिका व्यक्तिले मूर्ति निर्माणलाई व्यावसायिक रुप दिएर विभिन्न जातजाति संलग्न रहेको पाइन्छ। यस वर्ष माघ २१ गते देशभरि श्रीपञ्चमी तथा सरस्वती पूजा मनाइँदै छ। रासस
अर्को समाचार
नेपाली भाषा बोल्ने बढ्दै, जति सम्पन्न परिवार उति नेपाली बोल्ने दर उच्च
२५ वैशाख २०८२
•
४ मिनेट पाठ
नेपाली भाषा बोल्ने बढ्दै, जति सम्पन्न परिवार उति नेपाली बोल्ने दर उच्च
नेपाली भाषा बोल्नेहरुको संख्या पछिल्लो समय बढ्दै गएको तथ्यांकले देखाएको छ । पछिल्लो दुई दशक नेपालमा दोस्रो भाषाको रुपमा नेपाली भाषाको प्रयोगमा उल्लेख्य वृद्धि भएको हो । राष्ट्रिय जनगणना ०५८ का अनुसार दोस्रो भाषाको रुपमा नेपाली बोल्ने २५.२ प्रतिशत थियो भने जनगणना ०६८ मा यो प्रतिशत बढेर ३२.८ पुगेको थियो । तर पछिलो जनगणना ०७८ मा नेपाली भाषा बोल्नेहरुको संख्या ४६.२ प्रतिशत पुगेको हो । ०५८ पछिको दुई दशकमा नेपाली भाषा बोल्नेको संख्यामा २१ प्रतिशतले वृद्धि भएको पाइएको हो । दोस्रो भाषाको रुपमा नेपाली बोल्नेहरुको संख्या सबैभन्दा बढी मधेश प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको तथ्यांकमा उल्लेख छ ।  




नेपालमा पछिल्लो समय १२४ मातृ भाषा रहेको देखाएपनि ११७ समुदायले दोस्रो भाषा बोल्ने गरेको पाइएको हो । पुर्खाको भाषा भने मातृ भाषाकै रुपमा प्रयोग हुने गरेको हो ।  

प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीका अनुसार धेरै जनसङ्ख्याले नेपाली भाषालाई कि मातृभाषाका रुपमा कि त दोस्रो भाषाका रुपमा बोल्ने गरेको पाइएको छ । ‘मुख्य रुपमा दुई अलग भाषाको पुलको रुपमा नेपाली भाषा प्रयोग गरिने भएकोले नेपाली भाषा बोल्नेहरु बढ्दै गएको हो,’ बुर्लाकोटीले भने,‘साथै पेसा व्यवसाय, कामकाजी र लोकसेवा आयोगमा समेत नेपाली भाषाको प्रयोग हुने भएकोले यसको प्रयोग बढ्दै गएको हो ।’  

मातृ भाषा र दोस्रो भाषाका रुपमा बोलिने नेपाली भाषालाई समग्रतामा हेर्ने हो भने मधेश प्रदेश बाहेक सबै प्रदेशमा यस्को हिस्सा ९० प्रतिशत छ । मधेश प्रदेशमा भने ७६.५ प्रतिशत पाइएको छ । जनगणना ०७८ अनुसार मातृ भाषाको रुपमा नेपाली कम बोलिए पनि दोस्रो भाषाको रुपमा बढी बोलेको पाइन्छ । ‘पछिलो समय पहिचानको मुद्दाहरु धेरै उठे । यसकारण धेरै भाषाहरुको पहिचान भयो,’ तथ्यांक अधिकारी बुर्लाकोटीले नागरिकसँग भने, ‘पुर्खाको भाषानै मातृ भाषा रहेको पाइयो । यसकारण पुर्खाको भाषा बोल्नेहरु १२४ थरिनै रहे ।’  

नेपालमा मातृभाषाका साथै दोस्रो भाषा नेपाली बोल्नेको घनत्व विशेष गरी गण्डकी प्रदेशको पश्चिमी भाग लुम्बिनी प्रदेशसँग जोडिएको क्षेत्र र कर्णाली प्रदेशका सबै जिल्लाहरु अधिकतम देखिएको निर्देशक आचार्यले बताए ।  

मधेश प्रदेशमा संचारको प्रमुख भाषा नेपाली  

मधेश प्रदेशका सबै जिल्लामा दुई वा सोभन्दा बढी भाषा बोल्ने दर उच्च पइएको  छ । मैथली, भोजपुरी र बज्जिका लगायत भाषा बोल्ने बहुसङ्ख्यक व्यक्तिले विभिन्न मातृभाषा भएका समुदायसँग कुरा गर्न नेपाली भाषाको प्रयोग गर्ने गरेका हुन् । पछिल्लो दुई दशकमा द्विभाषिक जनसंख्या पनि बढेको छ । मधेशमा द्विभाषिक दर सबैभन्दा उच्च ५६.० प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५१.९ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।  

‘मधेश प्रदेशमा द्विभाषिकता तथा बहुभाषिकताको दर उच्च हुनुको मुख्य कारण मैथली, भोजपुरी र बज्जिका बोल्नेको ठूलो जनसङ्ख्याले दोस्रो भाषाका रुपमा नेपाली भाषालाई प्रयोग गर्नु नै हो,’ तथ्यांक अधिकारी बुर्लाकोटीले भने,‘सबैभन्दा कम द्विभाषिक दर कर्णाली प्रदेशमा छ ।’  

३५९ स्थानीय तहमा आधाभन्दा बढी जनसंख्या नेपाली भाषा बोल्ने  

कुल ७५३ स्थानीयमध्ये ३५९ स्थानीय तहका आधा बढी जनसंख्याले नेपाली भाषा बोल्ने गरेका छन् । थप ७० वटा स्थानीय तहमा अधिकतमले नेपाली भाषा बोल्छन् । बाँकी ३२४ स्थानीय तहमा अन्य भाषाहरु प्नि बढी नै बोलिने गरेको तथ्यांक छ ।

एक लाख बढीले बोल्छन् २१ थरीका भाषा  

पुर्खाको भाषा प्रयोगसम्बन्धी प्रश्न पहिलो पटक २०७८ सालको जनगणनामा समावेश थियो । कार्यालयका निर्देशक विनोदशरण आचार्यका अनुसार यो प्रश्न भाषाको प्रवीणता मापनका लागि नभएर व्यक्तिहरुको पूर्वजले बोल्ने भाषाको पहिचानलक्षित थियो। जनगणनाको नतिजामा धेरैजसो अवस्थामा पुर्खाको भाषाको दरभन्दा मातृ भाषाको रुपमा उत्तरदाताहरुले उल्लेख गरेका भाषाहरुको दर उच्च रहेको उनले जनाए ।

‘जनगणनाको नतिजाले नेपालमा १ लाख बढी जनसंख्याले बोल्ने भाषा कुल २१ वटा पाइयो । यी भाषाले कुल जनसङ्ख्याको ९५ प्रतिशत हिस्सा ओगटेका छन्,’निर्देशक आचार्यले भने,‘यसको विपरित बोल्ने व्यक्तिहरुको संख्याका आधारमा सूचीको तल्लो खण्डमा रहेको भाषाको संख्या १०३ वटा छन् जसले कुल जनसङ्ख्यको ५ प्रतिशत हिस्सा ओगटेका छन् ।’ उनले थपे,‘यसकारण मातृ भाषाको संख्यामा विविधता भएपनि तिनको जनसाङ्खकि हिस्सा असमान पाइएको छ ।’

सम्पन्न परिवारमा नेपाली बोल्ने उच्च  

कुनै परिवार जति धेरै सम्पन्न हुन्छ, नेपाली बोल्ने संभावना त्यतिनै उच्च हुने जनगणनाको तथ्यांक विश्लेषणबाट देखिएको छ । सम्पन्न परिवारमा नेपाली बोल्ने सम्भावना २.५ देखि ३ गुणासम्म हुने गरेको पाइएको छ ।  बढी देखिएको छ । यसेगरी, सबैभन्दा सम्पन्न जनसङ्ख्याको नेपाली बोल्ने सम्भावना तीन गुणाभन्दा बढी छ । साथै निरक्षर जनसङ्ख्यामा भने दोस्रो भाषाभन्दा आफ्नो मातृ भाषाको प्रयोग बढी रहेको पाइएको छ ।  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस