शीतलहरका कारण चितवन सहित तराईका जिल्लामा चिसो ह्वात्तै बढेको छ। तर चिसोबाट बच्नका लागि चितवनका स्थानीय तहले कुनै तयारी गरेको देखिँदैन।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार चिसोबाट हुन सक्ने घट्नालाई न्यूनीकरण गर्न अहिलेसम्म जिल्ला विपत् व्यवस्थापन समितिको बैठक समेत बसेको छैन।
‘बुधबारदेखि चिसो अत्यधिक बढेको छ। भोली पनि यस्तै भएछ भने पालिका स्तरीय बैठक राख्छौँ,’ प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले भने ‘अहिलेसम्म हाम्रो कुनै तयारी छैन।’ विगतका वर्षमा चितवनमा शीतलहर ‘नर्मल’ अवस्थामा भएकाले तयारी हुन नसकेको उनले बताए।
अहिले विपत् न्यूनीकरणको लागि अधिकार स्थानीय तहलाई दिइएको छ। तर, अधिकार पाए पनि यहाँका स्थानीय तहले कुनै तयारी गरेको देखिँदैन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल केही दिनको अवस्थालाई हेरेर थप निर्णय लिने बताउँछिन्।
‘हिजो अस्ती चिसो खासै थिएन। आज बढेको छ। अहिलेसम्म चिसोबाट हुन सक्ने क्षतिको तयारी केही गरेका छैनौँ,’ महानगर प्रमुख दाहालले भनिन् ‘भोली तिर पनि यही अवस्था रहिरहे सल्लाह गरेर अगाडि बढ्छौँ।’
भरतपुर विमानस्थलका अनुसार भरतपुरमा बुधबारको अधिकतम तापक्रम १३ डिग्री सेल्सियस थियो। चितवनमा बुधबार दिनभर शितलहर सहित कुहिरो र हुस्सु लागेको छ। अझ केही दिन तापक्रम घट्ने मौसम विभागको अनुमान छ।
चिसोबाट सबैभन्दा बढी प्रभावित गरिब, दलित तथा विपन्न समुदाय हुने गर्दछन्। तर, जनप्रतिनिधिले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन समेत अनुरोध गरेका छैन।
‘चिसोबाट बच्नका लागि हामीले त्यही एउटा सूचना निकाल्ने हो। अहिलेसम्म निकालेका छैनौँ’, खैरहनी नगरपालिका प्रमुख शशीकुमार खानियाले भने ‘हामी पर्ख र हेरको अवस्थामा छौँ।’
चितवन अति विपन्न समुदाय बस्ने जिल्ला समेत हो। यहाँ सिमानाकृत चेपाङ, मुसहर, बोटे लगायतका अति विपन्न समुदाय बसोबास गर्दछन्। राप्ती नगरपालिका प्रमुख शमशेर लामा विगतका वर्षमा चिसोका कारण राप्तीमा कुनै समस्या नदेखिएकाले विपत् न्यूनीकरणमा कुनै तयारी नगरिएको बताए। ‘हामीले यो वर्ष शीतलहरूको तयारी गरेका छैनौँ’, उनले भने ‘दुई तीन दिन यही अवस्था भए एउटा निर्णय लिन्छौँ।’
गर्भवती, नवजात शिशु र वृद्ध वृद्धालाई चिसोले बढी समस्या हुने गर्दछ। उता माडी नगरपालिकाले पनि अहिलेसम्म शीतलहरूबाट जोगिनका लागि केही तयारी नगरेको उपप्रमुख खेम महत्तो बताउँछन्। ‘माडीमा चिसो त बढेको छ। चोक चोकमा दाउरा बाल्नु पर्ने हो। अहिलेसम्म केही गरेका छैनौँ’ उनले भने ‘केही दिन यस्तो भयो भने बाध्य भएर पनि गर्नुपर्ने होला।’
चितवनको रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकाले पनि अहिलेसम्म आवश्यक तयारी गरेका छैनन्। यद्यपि कालिका नगरपालिकाले चिसो बढेपछि पाँच दिन स्कुल बन्द गरेको छ। टोल टोलमा सूचना प्रवाह समेत गरेको नगरप्रमुख विनोद रेग्मीले बताए। ‘घाम लागेपछि खोल्ने गरी पाँच दिन स्कुल बन्द गर्ने निर्णय गरेका छौँ’, नगरप्रमुख रेग्मीले भने ‘टोलटोलमा जाडोबाट जोगिन सूचना प्रवाह भइरहेको छ।’
शीतलहरका कारण कमजोर मानिसको मृत्यु हुने सम्भावना समेत अधिक हुन्छ। अहिले चिसोका बिरामीहरू अस्पतालमा आउने क्रम बढेको छ। भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार अस्पतालमा हिजोआज दैनिक पाँच सयको हाराहारीमा मेडिसियन वार्डमा बिरामी आउने गर्दछन्।
फिजिसियन डाक्टर प्रमोद पौडेलले भरतपुर अस्पतालमा हिजोआज घाँटी दुख्ने, खोकी लाग्ने ज्वरो र श्वासप्रश्वासका बिरामी बढी आउने गरेको बताए। जाडोमा ढोका थुनेर कोइला, हिटर वा ग्याँस बालेर नबस्न समेत उनले अनुरोध गरे।
‘चिसोमा दम, मुटु, उच्च प्रेसर र रोगसँग लड्ने क्षमता भएका बिरामीहरू क्यान्सरका बिरामीहरूलाई बढी जोखिम हुन्छ,’ उनले भने ‘यस्ता बिरामीले चिसोमा मनिङवाक गर्नुसमेत हुँदैन।’ चिसोबाट बच्नका लागि न्यानो हुने लुगा लगाउन, तातो झोल खानेकुरा खान र जाडोमा बाहिर ननिस्कन उनले सुझाव दिएका छन्। मुटुका रोगी र दमका रोगीहरूले दाउरा बालेर धुवाँमा नबस्न समेत उनले अनुरोध गरे।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...