वैदेशिक रोजगारीले दिएको खुसी
२३ पौष २०८१
•
६ मिनेट पाठ
वैदेशिक रोजगारीले दिएको खुसी
वैदेशिक रोजगारीले मुलुकमा रेमिटेन्ससँगै धेरै परिवारमा खुसी भित्र्याएको छ। वैदेशिक रोजगारी धेरैको सहारा बनेको छ। घरेलु कामदारका रूपमा साउदीमा झन्डै दुई दशक समय बिताएकी प्रनिशा भन्छिन्, ‘विदेश आएको झन्डै १८ वर्ष हुन लाग्यो। घरमा स–साना बालक छोराहरू छोडेर आएकी थिएँ। आजभन्दा करिब २० वर्षअघि मलेसियामा अघिल्लो रात कुराकानी गरेर सुतेका बुढा भोलिपल्ट सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको खबर आयो।’ परिवार पाल्छु भनेर बिदेसिएका पतिको मृत्यु लगत्तै गाउँमा ऋण लिएका साहु घरमा आउन थालेपछि उनलाई बाँच्न झन् धेरै गाह्रो भएको उनी बताउँछिन्। 




उनले साहुको ऋण तिर्न तत्काल लिएको निर्णय हो– वैदेशिक रोजगार। वैदेशिक रोजगारीमा मलेसिया पुगेका उनका पतिको मृत्युपछि दिनप्रतिदिन घरको पर्खालहरू अन्धकारले छाइरहेको थियो। हुन त मलेसियामा काम गरिरहेका पति हुँदा पनि आफूले कमाइ खान नपाएको उनको अर्को दुःखद पाटो छ। किनभने प्रनिशामाथि उनका पतिले सौता हालेका थिए। प्रनिशा उनको पतिको पहिलो पत्नी थिइन्। मलेसियामा कमाएको प्रायः सबै पैसा कान्छीलाई पठाउने गरेको उनले सामाजिक सञ्जालमार्फत साउदीबाट नागरिकलाई बताइन्। ‘त्यति बेला कान्छी सौता हुँदै गर्दा पनि बुढासँग मेरो राम्रो कुराकानी हुन्थ्यो,’ उनले भनिन्, ‘आफू पनि सानै थिए। के हो माया नै थाहा थिएन। पछि उहाँ बित्नु भयो, त्यसपछि माया भन्ने थाहा पाएँ। उहाँको मरणले मलाई पनि मरेतुल्य बनायो ।’

पति बितेको वियोग त उनलाई छँदै थियो त्यसमाथि साहुले घरजग्गा बेचेर भए पनि ऋण चुक्ता गर्नुपर्छ भनेर दिनहुँ दिनहुँ दिने पीडाका बीच उनी बाँचिरहेकी थिइन्। तैपनि घरमा दूध चुसाउँदै गरेका छोराहरू र वृद्ध भएकी सासु आमालाई छोडेर २१ वर्षको उमेरमा उनी बिदेसिन बाध्य भएकी थिइन्। 

‘उहाँ विदेश जानु पहिल्यै नयाँ घर बनाएका थियौं । त्यसको ऋण टन्नै थियो। १५ वर्षमा बिहे भएको मेरो वर्ष दिनको फरकमा दुई छोरा जन्मिए । आफ्नो कमाइ केही थिएन। घरमा बालक छोराहरू र वृद्ध भएका आमासँगै अरू कारणले पनि ऋण बढ्दै गएको थियो। उहाँको मृत्युपछिको काज किरिया सबै गरेर लगभग लाख रूपैयाँको ऋणले विदेश जान बाध्य भएँ,’ उनले भनिन्। विदेशमा पुगेका महिला सबै प्रायः खराब हुन्छन् भन्ने धारण नेपालमा फैलिएको छ तर सबै ठाउँमा त्यस्तो नहुने उनले सुनाइन्। ‘नेपालमा जुन हल्ला सुनिन्छ नि यहाँ त्यस्तो केही हुँदैन। अरू देशको बारेमा म केही भन्न सक्दिन तर १८ वर्ष साउदीमा बिताउँदै गर्दाको मेरो अनुभव छोरा मान्छेसँग त्यस्तो सम्बन्धको त के, उनीहरूले सिधा आँखा जुधाएर पनि हेर्न सक्दैनन्। कति कुरा महिलाको गुण अनुसार पनि हुन्छ।’

उनले बेलिबिस्तार लगाउँदै गइन्, ‘देश अनुसारको भेषभूषा त हुनैपर्‍यो। हामी घरमा काम गर्न बसेका मान्छे हौं। यहाँ मालिक हुन आएका होइनौं। शरीर नै देखिने गरेर काटिएको तथा जीउमा टाँसिने लुगा लगाएको, ओठमा लिपस्टिक जस्ता अन्य काम गरेको साउदीमा राम्रो मान्दैनन् ।’ कतिपय साँच्चै दुःखमा परेका महिला होलान्, तर धेरै त आफू गुना पनि हुने गरेको उनले बताइन्। आफू बसेको घरमा साहुनी धेरै मिलनसार, मायालु र दया गर्ने खालको भएको उनले बताइन्। साहुनीको छोराछोरी सानैदेखि आफैंले हुर्काएसँगै दुवै छोराछोरीको विवाह पनि भएको उनी बताउँछिन्। साउदीमा काम गर्ने घरमा अहिले वृद्ध भएकी आमा मात्रै रहेको प्रनिशाले सुनाइन्। 

प्रनिशाले साउदी गएको सुरुमा घरधन्दा र साना केटाकेटी हेर्ने काम गर्नुपथ्र्यो। ती केटाकेटी रुँदा उनलाई आफ्ना काखे छोराछोरीको यादले खुब सताउँथ्यो। उनको मुटु बिझाउँथ्यो। जबरजस्ती चित्त बुझाउँथिन्। आफ्नै छोराहरू सम्झेर हेरचाह गर्थिन्।

प्रनिशाको दुई छोरा मध्ये जेठा छोरा कोरियामा छन्, भने कान्छो घरतिरको काममा रुमलिएका छन्। साउदीमा काम गरेर छोराहरू पढाइ ठाउँमा पुर्‍याउनु आफ्नै देन रहेको उनी सुनाउँछिन्। ‘बच्चा जन्माउनु मात्रै आमा होइन रहेछ,’ उनले भनिन्, ‘आमा हुन त तिनलाई पढाउनु पर्‍यो, हुर्काउनुपर्‍यो, खुट्टा टेक्ने बनाउनुपर्‍यो। जीवनमा जे–जति गरेँ, उनीहरूकै लागि गरेँ। एकल आमा भएपछि हरेक दुखसँग लड्न सक्नुपर्ने रैछ। हार खानु हुँदैन। अरूको अगाडि रुनु हुँदैन रहेछ। मनको पीडा मनमै राखेर अगाडि बढ्नुपर्ने रहेछ। त्यही हिम्मतले आज यहाँ पुर्‍याएको छ।’

जेठो छोराको घरबार भइसकेको प्रनिशालाई अब विदेशमा दुःख गर्नुपर्दैन स्वदेश आउन सबैले करकाप गर्छन् तर उनी भन्छिन्, ‘बालक छोराहरूलाई आमाको आवश्यक पर्दा नेपाल बस्न पाइएन्। अहिले छोराहरू ठाउँमा पुगे। त्यति धेरै मेरो जरुरी उनीहरूलाई छैन। नेपाल जान त हुन्थ्यो तर यहाँ वृद्ध भएकी साहुनी छिन्। उनी मेरो जन्म दिने आमा जस्तै लाग्छ। उनलाई एक्लै छोडेर पनि नेपाल आउन सक्ने अवस्थामा छैन।’

यी वृद्ध आमाले पनि नेपाल नफर्किन आग्रह गरेको र आफूलाई आवश्यकता अनुसार सबै पूरा गरिदिने प्रण गरेको उनले बताइन्। आफूलाई पनि ती आमाको साह्रै माया लाग्ने बताइन्। 

उनले अहिले काम गर्ने घरमा खाना पकाउने, सरसफाइ गर्ने लगायतका काम गर्नुपर्छ। घरमा दिनभरि प्रायः साहुनी र उनी मात्रै हुन्छन्। साहुनीका लागि खाना–नास्ता र चिया बनाउने काम गर्छिन्। बूढी आमाले खान्छु भनेपछि खाना बनाउनुपर्छ। कहिलेकाहीँ साहुनीका छोराबुहारी पनि भेला हुन्छन्। आफन्त र नातागोता सबै जम्मा हुँदा अलि धेरैलाई खाना बनाउनुपर्छ।

साउदीमा काम गर्दै गरेको घर उनलाई आफ्नै जस्तो लाग्छ। साहुनीको छोरीले पनि आफ्नै बहिनी र छोराबुहारीले पनि दिदीबहिनी जस्तो व्यवहार गर्ने गरेकोमा उनी मक्ख छिन्। यसबाहेक आफन्तहरूकहाँ केही कार्यक्रम हुँदा साहुनीलाई लिएर जाने र बजारमा किनमेल गर्ने पनि प्रनिशाकै जिम्मेवारीमा पर्छन्। अहिले उनले गाडी चलाउन पनि सिकिरहेकी छिन्। साउदी बसेको १८ वर्ष जित्दैगर्दा प्रनिशा बेलाबेलामा नेपाल आउने गर्छिन्। अब आउँदो चैतमा बिदाको छुट्टी लिएर नेपाल आए पनि केही महिनापछि साउदीमै फर्किने उनको अठोट छ। 

जीवनमा कहिल्यै नसुनेको अरेबिक भाषा उनले साउदीमा सुनेकी थिइन्। साउदीमा घरको काममा पुगेकी उनलाई त्यहाँको भाषा बुझ्न निकै गाह्रो हुन्थ्यो। करिब ६ महिनापछि त्यहाँको भाषालाई उनले नियाल्दै गइन्। विस्तारै दैनिक बोलीचालीमा प्रयोग हुने भाषा बुझ्न र बोल्न सक्ने भइन्। अहिले प्रनिशालाई नेपाली भाषाभन्दा साउदीको भाषामा बोल्न सहज हुने बताउँछिन्। नागरिकसँग कुरा गर्दैगर्दा पनि उनी फरर अरबी भाषामा मालिक्नीसँग कुराकानी गर्दै थिइन्। उनलाई घरको कामसँगै फोनमा कुराकानी गर्न पनि सहज थियो। आफूलाई घरमालिक्नीले आफ्नै छोरी जस्तो गर्ने गरेको उनको अनुभव छ। 

उनलाई अरबी आमाको माया लाग्छ ती आमालाई नेपाली चेलीको। साउदीमा भएकी ती वृद्ध आमा र प्रनिशा ‘आमा छोरी’ जस्तै भएर बसेका छन्। अब नेपाल बस्ने गरी कहिले फर्किने भनेर नसोचेको उनले सामाजिक सञ्जालमार्फत नागरिकलाई बताइन्। बरु सरकारले घरेलु काममा जान प्रतिबन्ध लगाएपछि भन्ने बित्तिकै बिदा लिएर नेपाल आउन नपाएको उनले बताइन्। नेपाल फर्केपछि फेरि जान नपाइने हो कि भन्ने उनलाई डर छ। घरेलु काम गर्ने सबै जना हिंसामा नपर्ने भएकाले सरकारले प्रतिबन्ध खुला गर्नुपर्ने प्रनिशाको भनाइ छ।

सरकारले मलेसिया तथा खाडीका विभिन्न ६ मुलुकमा घरेलु काममा जान प्रतिबन्ध लगाएको छ। २०७३ चैतमा तत्कालीन संसद्को अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिले जोखिम देखाउँदै त्यस्तो प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो। त्यसयता श्रम स्वीकृति लिएर मलेसिया तथा खाडी मुलुकमा घरेलु काम गर्न नेपालीहरू गएका छैनन् तर भारत वा विभिन्न तेस्रो मुलुकको बाटो हुँदै अवैध तरिकाबाट थुप्रै महिला जाने गरेका छन्। प्रनिशा पनि भारत हुँदै साउदी पुगेकी थिइन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीका अनुसार त्यसरी अवैध गएका महिला अप्ठेरोमा परेको खण्डमा घर फर्किन पनि मुस्किल छ र हामीलाई झिकाउन पनि सहज छैन।
अर्को समाचार
गरिबीको दारुण चित्र
२७ जेष्ठ २०८२
•
३ मिनेट पाठ
गरिबीको दारुण चित्र
नेपालमा करिब १० लाख परिवार गरिबीबाट गुज्रिरहेका तथ्यांक सार्वजनिक भएको छ। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले १२ वर्षअघिदेखि सुरु गरेको गरिबी पहिचान कार्यक्रमअन्तर्गत यस्तो वास्तविकता फेला परेको हो। यो तथ्यांकले अझै पनि नेपालका जनता कुनखालको सुविधा प्रयोग गर्न बाध्य छन् र उनीहरूको जीवनस्तर कति जटिल होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ।




अति गरिब, गरिब र सामान्य गरिब गरी तीन भागमा वर्गीकरण गरेर लिइएको तथ्यांकले यति धेरै परिवार गरिबको सूचीमा पर्न बाध्य भएका देखाएको हो। जसमध्ये मधेस प्रदेशको सर्लाहीमा सबैभन्दा बढी गरिब रहेका पाइएको छ भने मनाङमा सबैभन्दा कम गरिब रहेका भेटिएको छ। त्यसो त मनाङ पर्यटकीय र सबैभन्दा कम जनसंख्या भएको जिल्लासमेत भएकाले यहाँ गरिबहरू कम देखिएका हुन सक्छन्। 

सर्लाहीको गरिबीको तथ्यांकले सबै नेपालीलाई मुन्टो निहुराउनुपर्ने अवस्थामा पुर्‍याएको छ। यहाँका ५० हजार दुई सय ४८ परिवार गरिबीबीच बाँच्नुपर्ने यथार्थले तिनीहरूको जीवन कति कष्टदायी र असुविधाले भरिपूर्ण होला भन्ने जान्न कठिनाइ पर्दैन। यसैगरी सुदूरपश्चिमस्थित बाजुराको गरिबी तथ्यांक पनि डरलाग्दो छ। यहाँका १३ हजार आठ सय २५ परिवारमध्ये ६ हजार चार सय ९४ अति गरिब, चार हजार दुई सय ६२ मध्यम गरिब र तीन हजार ५९ परिवार सामान्य गरिब छन्। यसरी नै कर्णाली प्रदेशको कालीकोटका १२ हजार ६ सय ८४ परिवारमध्ये पाँच हजार नौ सय ८५ अति गरिब, तीन हजार नौ सय ५१ परिवार मध्यम गरिब तथा दुई हजार सात सय ४८ परिवार सामान्य गरिब छन्। यी केही जिल्लाले नै प्रमाणित गर्छन् कि नेपालीको जीवनचर्या कति कष्टमय र दारुणिक छ भन्ने।

जीविका गरिबीले असर पार्ने सबैभन्दा मुख्य पक्ष हो। जो आफ्नो जीविकाकै लागि हरदिन चिन्तित हुन्छ स्वाभाविकरूपमा उसले शिक्षामा ध्यान दिन पाउँदैन। जो अशिक्षित छ, ऊ हरकुराको जानकारी पाउनबाट वञ्चित हुन्छ। यसरी जानकारी र अधिकारबाटै वञ्चित हुनुपरेपछि अरू सुविधा पाउने कुरै भएन। यसबाहेक स्वास्थ्य सुविधामा पनि उसको पहुँच पुग्ने कुरै भएन। न उसको राजनीतिमा पहुँच हुन्छ न त सामाजिक, आर्थिक, सांस्कृतिक पक्षमै। यस्तो अवस्थाले उसको गरिबीलाई झन् झन् बढाउँछ र जीवनलाई दु:खको आहालमा धकेल्छ। यसर्थ पनि अहिले देखिएको गरिबीको तथ्यांक निकै डरलाग्दो छ भन्न सोच्नै पर्दैन।

पञ्चायतकालमा केन्द्रीकृत शासन व्यवस्थाका कारण विकास र स्रोतका प्रतिफल सबैतिर पुग्न नसकेको साँचो हो। त्यसैले मुलुकले क्रमश: लोकतन्त्र र गणतन्त्र माग गर्‍यो। यस्तो माग स्रोतको विकेन्द्रीकरणका लागि थियो जुन सबै क्षेत्र, भूगोल, वर्ग, समुदाय, वर्ण, लिंग, जात, समुदाय आदिको जीवन स्तरमा सुधार ल्याउने अपेक्षासँग जोडिएको थियो। तर लोकतन्त्र हुँदै मुलुक गणतन्त्रमा गइसकेपछि पनि विकासको प्रतिफल सबै ठाउँमा समानरूपमा पुग्न सकेको रहेनछ भन्ने माथिको तथ्यांकले देखाएको छ। खासमा यो तथ्यांक यही वास्तविकता महसुस गरेर अघि बढ्नका लागि गतिलो पाठसमेत बन्न सक्छ।

कुशासन र अपारदर्शिता तथा यिनैको जगमा मौलाएको भ्रष्टाचार गरिब परिवार बढ्नुको मुख्य कारण हो। शक्ति र पहुँचका आधारमा स्रोतलाई केही ठाउँविशेष, व्यक्तिविशेष, जिल्लाविशेष, सहर/गाउँ/टोलविशेष बनाइनुको नतिजा पनि हो यो अवस्था। जसले गणतन्त्र र संघीयताको मर्मलाई सोझै खिल्ली उडाइरहेका छन्। त्यसैले अहिले जुन तथ्यांक सार्वजनिक भएको छ, त्यसलाई आत्मसात गरेर अघि नबढ्ने हो भने धनी र गरिबबिचको खाडल अझै बढ्ने निश्चित छ। यो यथार्थ मनन गर्न जति ढिला भयो हामी गरिब उत्पादनका लागि उति नै ऊर्बर बन्दै जानेमा शंका छैन।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
वर्षा, विनाश र पूर्वतयारी
वर्षा, विनाश र पूर्वतयारी
नागरिक नागरिक • · १९ जेष्ठ २०८२ · ३ मिनेट पाठ
अनुदानमा अनियमितता
नागरिक नागरिक • · १२ जेष्ठ २०८२ · ३ मिनेट पाठ
किसानमारा संस्थान
नागरिक नागरिक • · ३० वैशाख २०८२ · ३ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस