मजदुरी गर्न भारत गएका १३ जना नेपाली नागरिकको उद्धार गरिएको छ।
जुम्लाको चन्दननाथ नगरपालिका–७ मिचा गाउँका १३ जनाको शनिबार उद्धार गरिएको हो। उनीहरुले भारतमा अलपत्र परेको भन्दै उद्धारको अपिलसहित भिडियो सार्वजनिक गरेका थिए।
जुम्लाबाट प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामु तामाङले ८० हजार, मिचा गाउँका शैलेन्द्र केसीले ४५ हजार र कर्साङ ठकुरीले १६ हजार रुपैयाँ पठाइदिएपछि उनीहरूको सकुशल उद्धार भएको हो। अहिले उनीहरू नेपाल फर्किने तयारीमा रहेको सांसद तामाङले बताइन्।
‘एक निर्माण व्यवसायीले दार्जिलिङमा काममा लगाइदिने भन्दै लिएर गएका रहेछन्,’ सांसद लामाले भनिन्, ‘भारतको अरुणाचलमा लगेर अलपत्र छोडेछन्। अनि उनीहरूको बिचल्ली भएको रहेछ।’ अलपत्र परेकाहरू आइतबार मात्रै काँकडभिट्टा आइपुग्ने छन्।