हात्ती महोत्सवमा ‘महको स्वाद’
१२ पौष २०८१
•
३ मिनेट पाठ
हात्ती महोत्सवमा ‘महको स्वाद’
ललितपुरका रामकुमार पहाडी पहिलो पटक हात्ती महोत्सवको अवलोकन गर्न आएका थिए । महोत्सव परिसरभित्र छिरेका पहाडीको ध्यान हात्तीका गतिविधिभन्दा पहिले महको उत्सव तिर पुग्यो । महका पारखी समेत रहेका पहाडीले महको स्वाद समेत लिए । घरमा खानेभन्दा विभिन्न लागेपछि उनले मह खरिद गरे ।




‘यहाँको महको स्वाद निकै मिठो छ । अगार्निक रैछ । हात्ती महोत्सवमा मह पाईएला भन्ने सोचेको थिएन,’ महको स्वाद लिँदै गर्दा भेटिएका पहाडीले भने ‘अगार्निक मह पाउँदा खुशी लागेको छ ।’ बजारमा मिसावट मह पाइने भएकाले स्थानीय किसानले उत्पादन गरेको मह पाउँदा खुशी लागेको उनले बताए ।

महोत्सव परिसरको प्रवेशद्वारमै प्रथम चितवन मह उत्सव चलिरहेको छ । त्यहाँ निःशुल्क महको स्वाद लिएर हात्तीका खेल हेर्न दर्शक छिर्ने गर्दछन् । कपिले महसमेत किन्ने गर्दछन् । भरतपुर महानगरपालिका–५बाट हात्ती महोत्सव हेर्न पुगेकी निर्मला भट्टराई यहाँको महको स्वाद राम्रो रहेको बताइन् । ‘चितवनका किसानले उत्पादन गरेका थरिथरिका मह निःशुल्क चाख्न पाइयो,’ उनले भनिन् ‘जाने बेलामा किसानहरूको हौसला बढाउनका लागि पनि लगेर जान्छु ।’

मह उत्सवमा चिउरी, रुदिलो, तोरी, लिची, जामुन, फापर लगायतको मह निःशुल्क चाख्न पाइन्छ । फरक, फरक स्वाद लिन पाउँदा त्यहाँ गएकाहरू खुशी हुन्छन् । नवलपरासीबाट हात्ती महोत्सव गएका नमिस चौधरीले किसानको उत्पादनलाई प्राथमिकता दिएर स्टल राखेकोमा आयोजकलाई धन्यवाद समेत दिए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ चितवनले किसानको उत्पादनलाई प्रवर्द्धन गर्न हात्ती महोत्सव परिसरमा ‘मह उत्सव’को आयोजना गरेको हो ।

परियोजनाले नै निःशुल्क मह चखाएर किसानको उत्पादनलाई प्रवर्द्धन गरिरहेको छ । परियोजनाका प्रमुख महेश रेग्मीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्री कक्ष राखिएको छ । बजारमा नक्कली मह आएको अवस्थामा मह गुणस्तरबारे उपभोक्तालाई जानकारी समेत गराउने उद्देश्य राखिएको उनले बताए ।

‘वार्षिक कार्यक्रम बनाएर नै चितवनमा उत्पादन भएको महलाई प्रवर्द्धन गर्न मह उत्सवको आयोजना गरेका हौँ,’ उनले भने ‘यहाँबाट हामीले अन्तर्राष्ट्रिय स्तरका उपभोक्तालाई समेत नेपाली महको गुणस्तरबारे जानकारी दिन खोजेका हौँ ।’ हात्ती महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक आउने भएकाले महको उत्सव गरिएको उनले बताए । मह उत्सवमा स्वदेशी तथा विदेशी नागरिकको उल्लेख्य सहभागिता रहेको रेग्मीले जानकारी दिए । विदेशी पर्यटकले पनि अवलोकन गर्ने र मह चाख्ने भएकाले महको प्रवर्द्धन अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने उनले अपेक्षा गरे ।

स्वदेशी उत्पादनलाई उपभोक्तासम्म पुर्याउनका लागि मह उत्सव कार्यक्रम राखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका कृषि अधिकृत रविकिरण अधिकारीले जानकारी दिए । परियोजनाले मह उत्सवमा १० वटा स्टल खरिद गरेको छ । त्यसमध्ये ९ वटा किसानलाई निःशुल्क उपलब्ध गराएको छ । मह उत्सव पुस १५ गतेसम्म सञ्चालन हुनेछ । सो अवसरमा विज्ञहरूसँग महको गुणस्तर र उत्पादनको विषयमा गोष्ठी समेत गरिने अधिकारीले जानकारी दिए ।

चितवन मह उत्पादनमा अग्रणी स्थानमा छ । अहिले स्वदेशी महले बजार पाउन धौधौ भइरहेको छ । मानिसहरूलाई मह खाने बानी पार्नका लागि पनि मह उत्सव आयोजना गरिएको उनको भनाई छ । चितवनको मौरी जोन भित्र १२ हजार ५ सय घार छन् । त्यसमा ४ सय ६० मेक्टिक टन मह उत्पादन हुने गरेको उनले जानकारी दिए ।

मह मह उत्सवको उद्घाटन बिहीबार उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मह चाखेर  गरेका थिए । सो अवसरमा मन्त्री सिंहले हात्ती महोत्सव भित्र किसानको उत्पादनलाई बजारीकरण गर्न उत्सव राखेकोमा खुशी व्यक्त गरे । परियोजनाले मौरीजोनअन्तर्गतका मौरी पालक उद्यमी किसानका उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले बजारीकरण, ‘प्याकेजिङ लेबलिङ’ मा सहयोग गर्दै आएको छ । आर्थिक वर्ष २०७५÷७६ देखि चितवनमा मौरीजोन स्थापना भएको हो ।

स्वादमा मिठास, स्वदेशी महमा विश्वास भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा जोन सञ्चालक समन्वय सुमति मौरी जोन चितवन, चितवन उद्योग संघ, रत्ननगर समिति, माौरीपालन विकास केन्द्र भण्डारा, नेपाल मौरी पालक महासङ्घ चितवन, कृषि विकास कार्यालय चितवन र रत्ननगर नगरपालिका कृषि शाखा चितवनको सहयोग रहेको छ ।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
१ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस