जुम्लाको तातोपानी गाउँपालिका–६ निवासी ३६ वर्षीय यकराज गौतम मृत अवस्थामा फेला परेका छन्। तातोपानी–२ बाबिरा नजिकै सडकबाट करिब ३० मिटर तल उनको शव भेटिएको हो।
दिउँसो ५:२५ बजे शव फेला परेको वडा नं-३ का वडाध्यक्ष गोकर्ण रावलले जानकारी दिए। घटनाको खबरपछि उनले लिताकोट प्रहरी चौकीलाई सूचित गरेका थिए।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक असिम हमालको नेतृत्वमा ६ सदस्यीय टोली घटनास्थल पुगेको थियो। हाल शवलाई पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरीले जनाएको छ।
घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।