चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशीभन्दा विदेशी बढी
०४ पौष २०८१
•
२ मिनेट पाठ
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशीभन्दा विदेशी बढी
चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा रु १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ। चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार चार सय ६१ जनाले निकुञ्ज भ्रमण गरेका जनाइएको छ।




निकुञ्ज घुम्नेमा सबैभन्दा बढी विदेशी पर्यटक ३३ हजार सात सय ३० जना रहेका निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरले बताए। उनका अनुसार यस अवधिमा ३२ हजार आठ सय ८० नेपाली तथा पाँच हजार आठ सय ५१ जना दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्।

निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट निकुञ्ज प्रवेश शुल्कबापत पाँच महिनाको अवधिमा १० करोड ६७ लाख एक हजार नौ सय रूपैयाँ राजस्व सङ्कलन भएको उनले बताए।

यसैबीच यस अवधिमा निकुञ्जले घडियाल प्रजनन केन्द्र कसरामा हुर्काएका ४१ घडियाल गोहीलाई प्राकृतिक वासस्थानमा छोडेको छ। पाँच वर्षमाथिका घडियाललाई विभिन्न तीनपटकमा गरी ४० पोथी र एक भाले राप्ती नदीमा लगेर छाडिएको अधिकृत थापामगरले बताए।

निकुञ्जले वन्यजन्तुको संरक्षण र चोरी सिकारी नियन्त्रणका लागि विभिन्न समयमा स्थानीयसँगको सहकार्यमा बैठक बस्ने तथा कार्ययोजना बनाएर काम गर्ने गरेको उनले बताए।

निकुञ्जको पश्चिम क्षेत्रमा गैँडाको सङ्ख्या धेरै देखिएको जनाउँदै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्ने तयारी गरिएको उनले बताए। निकुञ्जको पश्चिम सेक्टर नवलपुर क्षेत्रमा गैँडाको सङ्ख्या धेरै पाइएकाले नारायणी नदीमा आउने बाढीले गैँडालाई बगाएर भारततर्फ लैजानसक्ने भएकाले गैँडा संरक्षणका लागि स्थानान्तरण आवश्यक भएको उनको भनाइ छ।

गैँडा स्थानान्तरणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्य, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्त, राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गणका गणपति, डिभिजनल वन अधिकृत, मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्षहरू, पर्यटन समितिका पदाधिकारी साथै व्यवसायी, स्थानीय तहका प्रतिनिधिसहित सरोकारवालाको उपस्थितिमा गैँडाको आन्तरिक स्थानान्तरणका लागि पूर्वतयारी छलफल तथा अन्तक्रिया गरिएको अधिकृत थापामगरको बताए। 
अर्को समाचार
मकुना छानविन समिति प्रतिवेदन : घाँटीबाट छिरेको एउटा गोली मुटुमै लाग्यो
२१ फागुन २०८१
•
३ मिनेट पाठ
मकुना छानविन समिति प्रतिवेदन : घाँटीबाट छिरेको एउटा गोली मुटुमै लाग्यो
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा जङ्गली हात्ती (मकुना) को मृत्युका सम्बन्धमा बनेको छानबिन समितिले आत्मरक्षाका लागि सेनाले मकुना माथि गोली चलाएको निष्कर्ष निकालेको छ ।  




वन मन्त्रालयका सह–सचिव डा.बुद्धिसागर पौडेलको नेतृत्वमा बनेको छानबिन समितिले निकुञ्जका कर्मचारीको आत्मरक्षा गर्न नेपाली सेनाले चलाएको गोली लागेर मकुनाको मृत्यु भएको निष्कर्ष निकालेको हो ।  

‘हात्तीलाई स्वीप गर्ने क्रममा नजिकैबाट आक्रमण गर्न आएकाले हवाइ फायर गर्दा समेत पुनः आक्रमण गर्न आएको र स्वीप टोलीका रेञ्जर भुईमा खसेको र जिउँज्यानको जोखिम भएको अवस्थामा बचावटको लागि अन्य विकल्प नभएकाले परिस्थितीजन्य अवस्थामा बाध्य भई स्वीप टोलीले चलाएको गोली लागि मकुना जंगली हात्तीको मृत्यु भएको देखिन्छ,’–छानविन समितिले वन मन्त्रालयमा बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  

मन्त्रालयमा बुझाएको प्रतिबेदनमा दुई राउण्ड हवाइ फायर र चार राउण्ड गोली चलाएको उल्लेख गरिएको छ । त्यसमध्ये अन्तिममा चलाइएको गोलीले दाहिनेपट्टीको घाँटीबाट मुटु छेडेपछि हात्तीको मृत्यु भएको छानविन समितिले जनाएको छ ।  

माघ २३ गते स्वीप कार्यका लागि छ वटा हात्ती सहित सेक्टर कार्यालय र नेपाली सेना सहित १४ जनाको संयुक्त टोली परिचालन भइरहेको थियो । स्वीपका क्रममा अग्लो ढड्ढी र झाडी भएको स्थानमा पुग्दा मकुना अकस्मात आक्रमण गर्न आएकाले सुरुमा दुई राउण्ड हवाइ फायर गरेको गर्नु परेको प्रतिवेदनमा उल्लेख छ ।  ‘फायरिङबाट मकुना नभागी स्वीपमा रहेको हात्तीलाई आक्रमण गर्न आएपछि हात्तीबाट सौराहा सेक्टरका रेञ्जर भुईमा खसेकाले पुनः तीन राउण्ड हवाइ फायर गरिएको थियो । त्यसपछि मकुना केहि पर गएर पुनः आक्रमण शैलीमा रेञ्जरतर्फ आएकाले आत्म सुरक्षाका लागि अर्को एक राउण्ड फायर गरेपछि मकुना भाग्दै गएको हुँदा सोको पिछा गर्दै जाने क्रममा करिब एक किलोमिटर पर ढलेको अवस्थामा फेला परेको रहेछ’,–प्रतिवेदनमा भनिएको छ । छानविन समितिले चितवनमा दुई दिनसम्म स्थलगत अध्ययन गरि रिपोर्ट तयार परेको थियो । मकुना असोजदेखि कुमरोज, चित्रसेन र बाघमारा सामुदायिक मध्यवर्ती वन क्षेत्र र वरिपरिको गाउँ बस्तीमा देखिन्थ्यो । हात्तीको गतिविधिका कारण स्थानीयहरु त्रसितका करण हुन सक्ने धनजनको क्षति रोक्न स्थानीय जनप्रतिनिधि र संघ संस्थाबाट दबाब आएपछि निकुञ्जको टोलीले धपाउने, लठ्याउने रेडियो कलर लगाउने र आवश्यक पर्दा हवाई फायर गर्ने जस्ता उपायहरु यसअघि पनि अवलम्बन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  

छानविन समितिले आगामी दिनमा मानव र वन्यजन्तुबिचको द्धन्द न्यूनिकरणका लागि आठ बुँदा सहितको सुझाव समेत पेश गरेको छ ।  

समितिले जंगली भाले हात्तीहरु सौराहा क्षेत्रमा रहेका घरपालुवा हात्तीहरुसँग आकर्षित भई समयसमयमा मध्यवर्ती क्षेत्रका वन तथा गाउँ बस्तीमा आउने भएकाले दीर्घकालिन समाधानका लागि घरपालुवा हात्तीहरुको व्यवस्थापन गर्नुपर्ने बताएको छ । यसका लागि घरपालुवा हात्तीहरुको व्यवस्थागरी निश्चित सर्तमा शुल्क लिइ उपयुक्त ठाउँ छनौट गरी घरपालुवा हात्ती एकै स्थानमा एकीकृत गरेर राख्ने व्यवस्थाका लागि थप अध्ययन गर्न समितिले सुझाव दिएको छ ।  

हात्ती लगायतका वन्यजन्तुहरुको लागि उपयुक्त वासस्थान र पर्याप्त आहारको लागि निकुञ्ज भित्र घाँसे मैदान व्यवस्थापनमा जोड दिनुपर्ने बताएको छ । समितिले स्थानीय सरकार, मध्यवर्ती उपभोक्ता समिति, मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह लगायतका मध्यवर्ती क्षेत्रमा कार्य गर्ने संघसंस्था र निकायहरुले मानव वन्यजन्तु द्धन्द न्यूनीकरणका लागि कार्यहरुलाई प्राथमिकता दिन आवश्यक रहेको निष्कर्ष देखिएको छ ।  

छानविन समितिले चितवनका प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय निकुञ्जका कर्मचारी, खैरहनी र रत्ननगर नगरपालिकाका जनप्रतिनिधि, चार वटा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष, होटल व्यवसायी संघ, युनाईटेड हात्ती सञ्चालक समिति, पर्यटन बोर्ड, संरक्षणकर्मीसँग भेटेर छलफल गरेको थियो ।

छानविन समितिले निकालेको निष्कर्ष र विश्लेषणलाई अध्ययन गरि काम अगाडि बढाइने वन मन्त्रालयका प्रवक्ता शिवकुमार वाग्लेले बताए ।  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस