सखी कठायत ४५ वर्षकी भइन्। उनको ऊर्जा भने युवाकै जस्तो छ। आफ्नै हातले मरमसला तयार पार्छिन्,अचार बनाउँछिन्। बनाउने अन्य परिवारका सदस्य नभएका होइनन्। तर 'उनका हातले बनाएको जस्तो कहाँ हुनु' ग्राहकको यस्तो प्रतिक्रियाले उनलाई थप ऊर्जा दिन्छ।
सखी जुम्लाको चन्दननाथ नगरपालिका-५ कि स्थायी बासिन्दा हुन्। उनले सामान्यदेखि मौसमी फल र जडिबुटीको अचार पनि बनाउँछिन्। उनीकहाँ मासुको पनि अचार बन्छ– स्याउ, जडिबुटी (पदमचाल) र टिमुर छाेप।
अहिले सखीले बनाएका अचार बजारमा पाइन्छन्। सखीका अनुसार उनले बनाउने अचारमा कुनै रसायन प्रयोग हुँदैन। झन्डै एक वर्षअघि अचार, नमकिन, आलु चिप्स व्यवसायमा लागेकी उनलाई 'अचार दिदी' भनेर चिन्नेहरू धेरै छन्। उनी भन्छिन्, 'धेरैले अचार दिदी नै भन्छन्।'
उनी सन्तान र घरपरिवार रेखदेखमा मात्र सीमित हुन चाहिनन्। उनकाे मनमा आत्मनिर्भर र उद्यमी बन्ने उद्देश्य पलायो। साे पश्चात् उनी अचार र नमकिनमा केन्द्रित भइन्। अनि अचार नमकिनकै बजार सर्वेक्षण गर्न थालिन्। पछि उनले स्थानीय बाली काेदाकाे नमकिन, अचार र आलु चिप्स बनाउन लागिन्।
बजारमा आयातित अचार भेटिन्थे। स्थानीय अचार त्यति हुन्थेन। सखीले निधो गरिहालिन्, अचार, नमकिन र आलु चिप्सकै व्यवसाय गर्ने। बजारमा अचार, नमकिन र चिप्स जान थाल्यो, अरूको तुलनामा उनकै अचार, नमकिन र आलु चिप्स मन पराइएको उनी बताउँछिन्।
सुरुका दिनमा स्वादलाई लिएर केही टीकाटिप्पणी नभएका होइनन्।सखीले हरेस नखाइ आफ्नाे काममा लागि रहिन्। अन्ततः उनका हातले बनेका अचार, नमकिन र आलु चिप्सको स्वाद धेरैको जिब्रोमा टक्क बस्यो। 'मलाई खाना बनाउन एकदमै मनपर्छ। मिठो बनाउँछु भनेर प्रशंसा पनि आउँछ,' आत्मविश्वासी हुँदै उनी भन्छिन्, 'त्यही भएर होला, बजारमा मेरो हातले बनाएका परिकार निकै रुचाइयो।'
काम गर्न उमेरले छेक्दैन भन्ने बुझेकी उनले लक्की आलु चिप्स अन्य अचार नमकिन उद्योग दर्ता गरी आफ्नै अचार, चिप्स र नमकिन बनाउन थालिन्। बिहान–बेलुका घरधन्दा सकेर दिउँसो स्थानीय परिकार बनाउँथिन्। 'मन भए जसरी पनि काम गरिने रहेछ। घरको काम सकेर बाँकी समय अचार, नमकिन बनाउनु एक हिसाबमा समय सदुपयोग पनि थियो,' उनले भनिन्।
कुखुराको मासुकाे अचार प्रतिबट्टा १ हजार बिक्रीवितरण भइरहेको छ। काेदाेका नमकिन प्रतिपाकेट एक सय २० रुपैयाँ, जडिबुटी अचार (पदमचाल),टिपुर छाेप र स्याउका अचार प्रतिबट्टा ३ सय रुपैयाँमा बिक्री भइरहेको छ। भने ६० रुपैयाँ पाकेट आलु चिप्स बिक्री भइरहेको छ। अहिलेसम्म उनले दुई लाख रुपैयाँभन्दा बढीकाे अचार, ३० हजारकाे नमकिन र २० हजारको आलु चिप्स बिक्री गरिन्।
कहिलेकाहीँ ग्राहकहरू घरमै पुग्छन्। परिकार लामो समयसम्म नबिग्रिने उनी बताउँछिन्। सखीको अचार जुम्लामा मात्र बिक्ने होइन। काठमाडौँ, नेपालगन्ज, सुर्खेतका बजारमा पनि प्रख्यात छन्। उनलाई लाग्छ कुनै काम ठूलोसानो हुँदैन। इच्छा भए जे पनि गर्न सकिन्छ। उनले व्यवसाय सुरु गर्दा अहिलेजस्तो फराकिलो बजार थिएन। उनले धैर्य भने गुमाइनन्।
अहिलेका युवामा धैर्य कम भएको उनले महसुस गरेकी छन्। 'व्यवसायमा लागेपछि धैर्य हुन जरुरी छ र आत्मविश्वासले सकारात्मक दृष्टिकोण दिन्छ। यिनै कुरालाई सिद्धान्त मान्ने हो भने सफलता अवश्य मिल्छ। अहिलेका युवालाई त धेरै अवसर छ नि,' उनी भन्छिन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...