चितवनको दुर्गम क्षेत्र मानिने राप्ती नगरपालिका– १३ का विवेक चेपाङ बुवाको उपचार गर्न भरतपुर अस्पताल आएको एक साता भयो। अस्पतालको बसाइ लम्बिरहँदा उनले नुहाएर कपडा फेर्न पाएका थिएनन्। ल्याएका कपडा मैलो भइसकेका थिए। अस्पताल परिसरभित्र रहेको कपडा बैंकबाट कपडा पाएपछि नुहाएर सफा कपडा लगाउन पाउँदा विवेक खुसी देखिन्थे।
‘बुवालाई प्रेसर बढेर ल्याएको थिएँ। पैसा पनि तिर्न सकेको छैन। एक हप्ता भयो यी कपडा लगाएर बसेको। घर पनि टाढा लुगा लिन जान पनि सकिँदैन’, कपडा रोज्दै गर्दा भेटिएका विवेकले खुसी हुँदै भने यहाँ निःशुल्क कपडा पाइँदो रै’छ, अब नुहाएर मैला कपडा फेर्छु।’
चिसो मौसममा लुगलुग काम्दै आउने बिरामी र कुरुवालाई केही भए पनि राहत होस् भन्ने उद्देश्यले भरतपुर अस्पतालमा कपडा बैंक स्थापना गरिएको हो। दिन सक्नेले कपडा दान गर्ने र विपन्नले लैजान सक्ने गरी बैंक स्थापना गरिएको छ। अस्पतालपरिसरभित्र स्थापना गरिएको बैंकमार्फत न्यानो कपडा पाउँदा विपन्न बिरामीलाई धेरे राम्रो भएको गैंडाकोटबाट बिरामी लिएर आएका चुडामणि शर्मा बताउँछन्।
‘घरमा कतिपयको कपडा धेरै भएर आवश्यक हुँदैन। यहाँ ल्याएर राखेपछि जसलाई आवश्यकता पर्छ उनीहरूले लैजान्छन्। त्यसले गर्दा यो एकदम राम्रो तरिका हो। मलाई खुब मन परेको छ’, उनले भने, ‘अर्कोपटक अस्पताल आउँदा मैले पनि घरबाट कपडा लिएर राख्ने विचार गरेको छु।’
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार कपडा पर्याप्त नभएका विपन्न वर्गका बिरामी र कुरुवालाई राहत होस् भनेर बैंक स्थापना गरिएको हो। उनले घरमा रहेका दान गर्न मिल्ने कपडा बैंकमा राख्न सकिने बताए।
‘यहाँ पुराना कपडा राखिँदैन। एकदुईपटक प्रयोग गरेका सफा कपडा, एकपटक नलगाएका, सानो वा ठुलो भएर घरमा राखेका कपडा छन् भने पनि यहाँ दान गर्न सक्नुहुन्छ’, मेसु प्रा.डा. पौडेलले भने।
भरतपुर अस्पतालमा आउने आधा बिरामी विपन्न परिवारका हुन्छन्। अधिकांश जाडोमा लुगलुग काँप्दै आउने गरेको उनले बताए। कपडा बैंकमा पुरुष र महिलाका कपडा राख्ने स्थान तोकिएको छ।
कपडा बैंक सञ्चालन गर्न अस्पतालका सर्जन डा. दीपेन्द्र न्यौपानेको नेतृत्वमा रामहरि ढकाल र प्रभा गुरुङ सदस्य रहेको समिति बनाइएको छ। कपडा किन्नका लागि पैसा नहुने र घर जान नसक्नेले यहाँबाट कपडा लैजान सक्ने भरतपुर अस्पतालका सामाजिक सेवा एकाइका प्रमुख रामहरि ढकालले बताए। दान गर्नका लागि व्यापारी, उद्योगी तथा गार्मेन्टका लागि अवसर पनि भएको उनको भनाइ छ।
नेपालका वीर अस्पताल लगायतका स्थानमा कपडा बैंक स्थापना गरिएको छ। यसले सामाजिक काममा दोहोरा फाइदा पुग्ने विश्वास उनको छ। ‘कतिपयलाई कपडा थन्काउनै मुस्किल पर्छ। कता फाल्ने भन्ने हुन्छ’, उनले भने, ‘यहाँ दान दिएमा आवश्यक पर्ने व्यक्तिले लैजाउनुहुन्छ।’
भरतपुर अस्पतालमा जाडोयाममा ग्रामीण भेगका विपन्न बिरामी र कुरुवा लुगलुग काँप्दै आउने गरेको उनले बताए। भरतपुर संघीय सरकारी अस्पताल हो। यहाँ चितवनसहित दुई दर्जनभन्दा बढी छिमेकी जिल्लाबाट बिरामी आउने गर्दछन्।
गाउँगाउँबाट उपचारका लागि आउने विपन्न बिरामीको संख्या यहाँ उल्लेख्य हुने गर्दछ। यहाँबाट दैनिक सयभन्दा बढी बिरामीले सेवा लिने विश्वास अस्पतालको छ। ६ सय शय्या रहेको अस्पतालमा जाडो मौसममा ९० प्रतिशत शड्ढया भरिएका हुन्छन्। उनीहरूमध्ये आधा बिरामी विपन्न नै हुने गरेको उनले बताए।