जुम्लालाई स्याउको उर्वर भूमि मानिन्छ। जुम्लामा हरेक वर्ष स्याउबाट किसानले मुनाफा गरिरहेका छन्। यहाँ फलेको स्याउ भदौ दोस्रो सातादेखि खान मिल्छ। तर स्याउ नपाक्दै टिपेर बाहिर निर्यात गर्ने चलन पनि छ। कहिलेकाहीँ स्याउ नबिकेर खेर पनि जान्छ।
स्याउलाई खेर जान नदिन यसका विभिन्न परिकार बनाएर पनि बिक्री गर्न सकिन्छ। स्याउको जुस, जाम, सस, जेली, अचार, चाना बनाएर पनि फाइदा लिन सकिन्छ। स्याउलाई खेर जान नदिन यसका विभिन्न परिकार बनाउने सिप सिकाउन थालिएको छ। कतिपयले यो सिप सिकिसकेका छन् भने कतिपयले सिक्दै छन्।
जुम्लाको सिञ्जा गाउँपालिका–६ का महिलाले स्याउबाट विभिन्न परिकार बनाउने सिप आर्जन गरेका छन्। बिक्री नभएर खेर जाने स्याउलाई सदुपयोग गर्ने सिप सिकेकी मध्येकी एक हुन्, रुघा गाउँकी सुवा रोकाया। उनले स्याउको अचार, जाम, जुस, चाना, जेली, ससलगायत परिकार बनाउन सिकेको बताइन्।
उनले भनिन्, ‘मेरो स्याउ बगैंचा छ। पहिले यस्तो सिप नसिक्दा बिक्री नभएको स्याउ गाईबस्तुलाई खुवाउनुपथ्र्यो तर अहिले सिप सिकेपछि विभिन्न परिकार बनाएर पनि सदुपयोग गर्न थालिएको छ।’
उनले स्याउका परिकार बनाउन चारदिने तालिम लिएको बताइन्।
उनले भनिन्, ‘गुणस्तरीय उत्पादन गर्न सके बजारको खासै समस्या हुँदैन। स्याउका परिकार बनाएर पनि आत्मनिर्भर हुन सकिन्छ। तालिममा सहभागीले स्याउका परिकार बनाई बिक्री गरेर आत्मनिर्भर हुन सकिने बताएका छन्। स्याउबाट परिकार बनाउने तालिम लिएकी अर्की लालसरी रोकाया भन्छिन्, ‘अब स्याउ खेर जाने अवस्था आउँदैन। तालिमबाट प्राप्त सिप भरपुर लगाएर विभिन्न परिकार बनाएर बजारमा पठाउन सकिन्छ।’
सिप सिकेर किसानहरू उद्यमी बन्न सक्ने सिञ्जा–६ का वडाध्यक्ष लालबहादुर बुढा बताउँछन्। ‘सिप सिकेपछि उद्यमी बन्नुपर्छ, प्रमाणपत्र लिएर मात्रै हुँदैन’, उनले भने, ‘त्यसको सदुयोग गर्नुपर्छ।’
उनले उद्यमी बन्न चाहने र गरी खाने किसानको साथमा स्थानीय सरकार रहेको भन्दै अनुदान लिन मात्रै उद्योग दर्ता गर्नु राम्रो पक्ष नभएको बताए। बिक्री नभएको स्याउ विभिन्न परिकार बनाएर आम्दानी लिन सकिने उनले बताए। किसानको उत्पादनलाई स्थानीय सरकारले बजारीकरणका लागि पनि सहयोग गर्ने उनले बताए।
स्याउको विभिन्न परिकार बनाउने सिप सिकेका महिला सफल उद्यमी बन्नुपर्ने समाजका अगुवा नरबहादुर बुढा बताउँछन्। ‘स्याउको परिकार बनाउन सिकेर मात्रै हुँदैन,’ उनले भने, ‘वैधानिक रूपमा बिक्री गर्न उद्योग दर्ता गर्नुपर्छ।’
सिञ्जा–६ का महिलालाई स्याउका परिकार बनाउन गाउँपालिका र उद्योग विकास शाखा जुम्लाको आयोजनामा तालिम दिइएको थियो।
जुम्लाबाट यस वर्षको हालसम्म ६१ करोड रूपैयाँबराबरको स्याउ बिक्री भएको छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार ६१ करोड ४१ लाख ५ हजार रूपैयाँ मूल्यको स्याउ जुम्लाबाट बिक्री भएको हो।
यस वर्ष जिल्लाको चार हजार दुई सय ५० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको थियो। २० हजार ५ सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ।
जुम्लामा रेड, रोयल, गोल्डेनसँगै उच्च घनत्वको स्याउसमेत उत्पादन हुन्छ। जिल्लाको एक नगरपालिकासहित सातवटा पालिकाका ६० वटा वडामा स्याउ फल्ने गरेको छ। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार यस वर्ष प्रदेशअन्तर्गत सुर्खेतबाहेक नौ जिल्लाको नौ हजार तीन सय ७७ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ। जसमध्ये ३ हजार ४ सय १९ हेक्टर जमिनलाई बढी उत्पादनशील मानिन्छ। उत्पादनशील क्षेत्रमा औसतमा प्रतिहेक्टर ९.१० मेट्रिक टन स्याउ फल्छ। मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा कर्णालीमा ३१ हजार १ सय २ मेट्रिक टन स्याउ उत्पादन भएको थियो।