‘नागरिकको बाँच्न पाउने अधिकार हनन’
१९ मंसिर २०८१
•
४ मिनेट पाठ
‘नागरिकको बाँच्न पाउने अधिकार हनन’
राज्य संवेदनशील हुन नसक्दा नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित हुन नसकेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ। ‘विगतका वर्षहरूमा झैं यस वर्ष पनि नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको प्रचलन प्रभावित हुन पुगेको छ। राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपतिसमक्ष मंगलबार बुझाएको वार्षिक प्रतिवेदनमा विशेषत: सरकारको कानुनी शासनमा असफलताका कारण नागरिकको बाँच्न पाउने अधिकार हनन भएको विश्लेषण गरिएको छ।  




राष्ट्रपति रामचन्द्र पौडेललाई आयोगका अध्यक्ष तपबहादुर मगरले आव २०८०/८१ को वार्षिक प्रतिवेदन बुझाएका हुन्। संविधानअनुसार आयोगले राष्ट्रपतिलाई हरेक वर्ष प्रतिवेदन बुझाउनुपर्ने प्रावधान छ। आयोगले २०८० साउनदेखि २०८१ असार मसान्तसम्मका उजुरी, सिफारिसलगायत गतिविधि वार्षिक प्रतिवेदनमा समावेश गरेको छ। अपराधजन्य क्रियाकलाप, विपद्जन्य घटना, आर्थिक सामाजिक पक्षको कमजोर व्यवस्थापन, सडक दुर्घटना लगायत कारणबाट नागरिकको बाँच्न पाउने अधिकार प्रभावित हुन गएको विश्लेषण आयोगले गरेको छ।  

सरकारको नियन्त्रण र नियमनमा रहेका कारागार र थुनुवा केन्द्रमा पनि बाँच्न पाउने अधिकार प्रभावित बनेको उल्लेख गरेको छ। एक वर्षमा आयोगका कार्यालयहरूमा मानवअधिकारको उल्लंघनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता भएका छन्। आयोगले पुराना र नयाँ गरी तीन सय ६८ वटा उजुरीमाथि अनुसन्धान गरेको जनाएको छ। एक सय ६१ वटा उजुरीगत सिफारिस र पाँचवटा नीतिगत सिफारिस गरिएका छन्। एक वर्षमा आयोगले एक सय एक उजुरीमा अन्य कारबाहीको सिफारिस गरेको छ। नौ जनालाई विभागीय कारबाहीको सिफारिस, चारजनालाई दोषी किटान गरिएको छ। ९० जना पीडित तथा पीडितका परिवारलाई क्षतिपूर्ति दिन आयोगले सरकारलाई सिफारिस गरेको छ।  

२०८० पुस १३ मा युवाले गरेको विरोध प्रदर्शनका क्रममा गते दैलेखका २३ वर्षीय सुजन रावत, डोटीका २२ वर्षीय वीरेन्द्र शाहको ज्यान गएको कुरा उल्लेख गरेको छ। त्यसै वर्ष पुस २० गते सर्लाहीको बरहथवामा प्राथमिक स्वास्थ्य चौकी स्तरोन्नतिको विषयलाई लिएर भएको विवाद र प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ३० वर्षीय जयशंकर शाहको मृत्यु भएको घटना प्रतिनिधिमूलक हो।

सवारी व्यवस्थापनमा सरकारको नियमन प्रभावकारी नहुँदा सवारी दुर्घटनाबाट समेत नागरिकहरूले बाँच्न पाउने अधिकार गुमाइरहेका छन्। ‘कमजोर र गुणस्तरहीन सडक, बिनामापदण्ड सडक निर्माण, चालकको लापरबाही, ट्राफिक नियमको अवज्ञा, पुराना सवारीसाधनहरूको प्रयोग, भारवहन क्षमताभन्दा बढी यात्रु बोक्ने क्रम रोकिएका छैनन्,’ आयोगले भनेको छ, ‘तर यस्ता घटनाहरूको न्यूनीकरणका लागि सरकारी सक्रियता अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको देखिन्छ।’ पछिल्ला तीन वर्षमा सवारी दुर्घटनाबाट भएको मृत्युको तथ्यांक विश्लेषण गर्दा वार्षिक औसत दुई हजार पाँच सय ४२ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। यो तथ्यांकले समग्र सडक सुरक्षाको कमजोर अवस्थालाई उजागर गर्छ। एक वर्षमा देशभर २२ हजार नौ सय २७ स्थानमा सवारी दुर्घटना भएका छन्।  

प्राकृतिक प्रकोपलाई नियन्त्रण गर्न नसकिए पनि अपेक्षित रूपमा पूर्वसावधानी अपनाउन नसक्दा नागरिकले अकालमा ज्यान गुमाएका छन्। २०७२ सालको विनाशकारी भूकम्पपछि दोस्रोपटक जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर २०८० कात्तिक १७ गते भूकम्प गएको थियो। त्यसबाट जाजरकोट जिल्लामा एक सय एक जना र रुकुम पश्चिममा ५२ गरी एक सय ५३ जनाको बाँच्न पाउने अधिकार समाप्त भयो। भूकम्पमा परी जाजरकोटमा एक सय ५८ र रुकुम पश्चिममा दुई सय दुई जना घाइते भए। भूकम्पलगत्तै उद्धार, उपचार, अस्थायी बसोबास तथा पुन:स्थापनालगायत कार्य समयमा नै हुन नसक्दा भूकम्प प्रभावित २० जना नागरिकले चिसोका कारणबाट पनि ज्यान गुमाएका थिए।  

हुँदैन सिफारिस कार्यान्वयन

आयोगले गरेका सिफारिसहरू सरकारले अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने प्रावधान छ। तर पनि हालसम्म जम्मा १३.६६ प्रतिशत मात्र सिफारिसहरू पूर्ण रूपमा कार्यान्वयन भएका छन्। कार्यान्वयन भएका सिफारिसहरू पनि राहत र क्षतिपूर्तिसँग मात्रै सम्बन्धित छन्। आयोगले दोषी पहिचान गरी कारबाही गर्नू भनिएका सिफारिसहरू अझै पनि कार्यान्वयन हुन सकेका छैनन्। सिफारिसहरूको पूर्ण कार्यान्वयन हुन नसक्दा बेलाबेला पीडितको आक्रोश देखिँदा सरकार र आयोगप्रतिसमेत जनविश्वास कमी हुँदै गएको विश्लेषण गरिएको छ।  

सरकारसमक्ष आयोगले गरेका सिफारिसहरूको पूर्ण कार्यान्वयन गरी मानवअधिकारप्रतिको राज्यको दायित्व परिपालन हुने परिस्थिति निर्माण गर्न आग्रहसमेत गरिएको छ। प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले विद्यालय एवं विश्वविद्यालय र तालिम केन्द्रका पाठ्यक्रममा मानवअधिकारको विषय समावेश गर्न सके मानवअधिकार शिक्षा संस्थागत हुने सुझावसमेत दिएका छन्। नेपालमा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिकलगायत कुनै पनि प्रकारका विभेद भएको बताएका छन्।  

मानवअधिकारसम्बन्धी विषयमा व्यापक जनचेतना फैलाउनुपर्ने बताए। यसका लागि आयोग मात्र नभई अन्य सरोकारवालाले समेत क्रियाशीलतापूर्वक अभियान सञ्चालन गर्नुपर्ने बताए। आम नागरिकले मानवअधिकारको प्रत्याभूति गर्न नसकेको राष्ट्रपति पौडेलले स्विकारेका छन्। उनले भनेका छन्, ‘मुलुकमा मानव अधिकारको सम्मान, संरक्षण र संवद्र्धन हुन सके मानवअधिकारको प्रत्याभूतिबाट कोही पनि नागरिक वञ्चित हुने थिएनन्।’
अर्को समाचार
गरिबीको दारुण चित्र
२७ जेष्ठ २०८२
•
३ मिनेट पाठ
गरिबीको दारुण चित्र
नेपालमा करिब १० लाख परिवार गरिबीबाट गुज्रिरहेका तथ्यांक सार्वजनिक भएको छ। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले १२ वर्षअघिदेखि सुरु गरेको गरिबी पहिचान कार्यक्रमअन्तर्गत यस्तो वास्तविकता फेला परेको हो। यो तथ्यांकले अझै पनि नेपालका जनता कुनखालको सुविधा प्रयोग गर्न बाध्य छन् र उनीहरूको जीवनस्तर कति जटिल होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ।




अति गरिब, गरिब र सामान्य गरिब गरी तीन भागमा वर्गीकरण गरेर लिइएको तथ्यांकले यति धेरै परिवार गरिबको सूचीमा पर्न बाध्य भएका देखाएको हो। जसमध्ये मधेस प्रदेशको सर्लाहीमा सबैभन्दा बढी गरिब रहेका पाइएको छ भने मनाङमा सबैभन्दा कम गरिब रहेका भेटिएको छ। त्यसो त मनाङ पर्यटकीय र सबैभन्दा कम जनसंख्या भएको जिल्लासमेत भएकाले यहाँ गरिबहरू कम देखिएका हुन सक्छन्। 

सर्लाहीको गरिबीको तथ्यांकले सबै नेपालीलाई मुन्टो निहुराउनुपर्ने अवस्थामा पुर्‍याएको छ। यहाँका ५० हजार दुई सय ४८ परिवार गरिबीबीच बाँच्नुपर्ने यथार्थले तिनीहरूको जीवन कति कष्टदायी र असुविधाले भरिपूर्ण होला भन्ने जान्न कठिनाइ पर्दैन। यसैगरी सुदूरपश्चिमस्थित बाजुराको गरिबी तथ्यांक पनि डरलाग्दो छ। यहाँका १३ हजार आठ सय २५ परिवारमध्ये ६ हजार चार सय ९४ अति गरिब, चार हजार दुई सय ६२ मध्यम गरिब र तीन हजार ५९ परिवार सामान्य गरिब छन्। यसरी नै कर्णाली प्रदेशको कालीकोटका १२ हजार ६ सय ८४ परिवारमध्ये पाँच हजार नौ सय ८५ अति गरिब, तीन हजार नौ सय ५१ परिवार मध्यम गरिब तथा दुई हजार सात सय ४८ परिवार सामान्य गरिब छन्। यी केही जिल्लाले नै प्रमाणित गर्छन् कि नेपालीको जीवनचर्या कति कष्टमय र दारुणिक छ भन्ने।

जीविका गरिबीले असर पार्ने सबैभन्दा मुख्य पक्ष हो। जो आफ्नो जीविकाकै लागि हरदिन चिन्तित हुन्छ स्वाभाविकरूपमा उसले शिक्षामा ध्यान दिन पाउँदैन। जो अशिक्षित छ, ऊ हरकुराको जानकारी पाउनबाट वञ्चित हुन्छ। यसरी जानकारी र अधिकारबाटै वञ्चित हुनुपरेपछि अरू सुविधा पाउने कुरै भएन। यसबाहेक स्वास्थ्य सुविधामा पनि उसको पहुँच पुग्ने कुरै भएन। न उसको राजनीतिमा पहुँच हुन्छ न त सामाजिक, आर्थिक, सांस्कृतिक पक्षमै। यस्तो अवस्थाले उसको गरिबीलाई झन् झन् बढाउँछ र जीवनलाई दु:खको आहालमा धकेल्छ। यसर्थ पनि अहिले देखिएको गरिबीको तथ्यांक निकै डरलाग्दो छ भन्न सोच्नै पर्दैन।

पञ्चायतकालमा केन्द्रीकृत शासन व्यवस्थाका कारण विकास र स्रोतका प्रतिफल सबैतिर पुग्न नसकेको साँचो हो। त्यसैले मुलुकले क्रमश: लोकतन्त्र र गणतन्त्र माग गर्‍यो। यस्तो माग स्रोतको विकेन्द्रीकरणका लागि थियो जुन सबै क्षेत्र, भूगोल, वर्ग, समुदाय, वर्ण, लिंग, जात, समुदाय आदिको जीवन स्तरमा सुधार ल्याउने अपेक्षासँग जोडिएको थियो। तर लोकतन्त्र हुँदै मुलुक गणतन्त्रमा गइसकेपछि पनि विकासको प्रतिफल सबै ठाउँमा समानरूपमा पुग्न सकेको रहेनछ भन्ने माथिको तथ्यांकले देखाएको छ। खासमा यो तथ्यांक यही वास्तविकता महसुस गरेर अघि बढ्नका लागि गतिलो पाठसमेत बन्न सक्छ।

कुशासन र अपारदर्शिता तथा यिनैको जगमा मौलाएको भ्रष्टाचार गरिब परिवार बढ्नुको मुख्य कारण हो। शक्ति र पहुँचका आधारमा स्रोतलाई केही ठाउँविशेष, व्यक्तिविशेष, जिल्लाविशेष, सहर/गाउँ/टोलविशेष बनाइनुको नतिजा पनि हो यो अवस्था। जसले गणतन्त्र र संघीयताको मर्मलाई सोझै खिल्ली उडाइरहेका छन्। त्यसैले अहिले जुन तथ्यांक सार्वजनिक भएको छ, त्यसलाई आत्मसात गरेर अघि नबढ्ने हो भने धनी र गरिबबिचको खाडल अझै बढ्ने निश्चित छ। यो यथार्थ मनन गर्न जति ढिला भयो हामी गरिब उत्पादनका लागि उति नै ऊर्बर बन्दै जानेमा शंका छैन।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
वर्षा, विनाश र पूर्वतयारी
वर्षा, विनाश र पूर्वतयारी
नागरिक नागरिक • · १९ जेष्ठ २०८२ · ३ मिनेट पाठ
अनुदानमा अनियमितता
नागरिक नागरिक • · १२ जेष्ठ २०८२ · ३ मिनेट पाठ
किसानमारा संस्थान
नागरिक नागरिक • · ३० वैशाख २०८२ · ३ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस