जुम्लाका अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयका भवन तथा पूर्वाधार अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिले सहजरुपमा सेवा पाउन नसकेकाे गुनासाे गरेका छन्। ३३ औं अन्तर्राष्ट्रिय अपांग दिवसको कार्यक्रममा उनीहरूले पुराना संरचना अपाङ्गमैत्री नभएको अवस्थामा हाल बन्दै गरेका संरचना पनि त्यस्तै रहेको बताए।
‘अपाङ्गमैत्री संरचना अभावमा कार्यालयबाट पाइने सेवा सुविधा सहज हुन सकेको छैन,’ जुम्लाको पातारासी गाउँपालिका-२ पेरे गाउँकी गोइला कामी भन्छिन्, ‘स्थानीय तह र सरोकारवाला निकायले अझै यसतर्फ ध्यान दिएका छैनन्।’ पुरानाको त कुरै छाडौँ, नयाँ बन्दै गरेका कार्यालय भवन, शौचालयलगायत भौतिक संरचना पनि पूर्ण अपाङ्गमैत्री नभएको उनले बताइन्।
उनी अहिले ३५ वर्षकी भइन्, उनको १२ वर्षदेखि दाहिने खुट्टामा प्यारालाइसिस भयो, ९ वर्ष हातखुट्टा टेकेर, हिँड्ने गरिन्। बल्लतल्ल गत वर्षदेखि वैशाखी पाइन्। अहिले यताउता जान सजिलो भएको उनी बताउँछिन्।
‘हरेक सार्वजनिक सवारी साधनमा अपाङ्गता भएका व्यक्तिका लागि सिट त छुट्याइन्छ तर हामीजस्तालाई कस्तो सिट आवश्यक पर्छ भन्ने कुरामा कसैको ध्यान पुगेको छैन,’ उनले भनिन्, ‘अधिकांश बसमा चढ्नै सकिँदैन। दृष्टिविहीनका लागि ब्रेललिपि र सुस्त श्रवणका लागि दोभासेको व्यवस्था पनि नहुँदा सेवा लिने क्रममा समस्या उत्पन्न भएको छ।‘
अपाङ्गमैत्री संरचना निमार्ण गर्नु भनेर सम्बन्धित निकायले निर्देशन नदिएको र कतिपय नीति नियम पनि कार्यान्वयन नहुँदा समस्या भएको उनीहरूको भनाइ छ। सरकारी, गैरसरकारी कार्यालय र विद्यालय भवन तथा शौचालय लगायत संरचना अपाङ्गमैत्री हुनु आवश्यक रहेको उनीहरूले बताए।
यता जुम्लाको चन्दननाथ नगरपालिका-५ का ३८ वर्षका सन्तोष परियारको पनि दाहिने खुट्टा छैन। उनको घुँडादेखि माथिल्लो भागको मात्रै खुट्टा छ। उनी अहिले पनि वैशाखीको सहयोगमा हिड्डुल गर्छन्। २०७३ भदौ ९ गते दाङमा बाइक दुर्घटना परेको सन्तोषले सुनाए। अहिले ८ वर्षदेखि वैशाखी टेक्न बाध्य छन्। सम्बन्धित निकायमा अपाङ्गमैत्री संरचना निर्माणका लागि भन्दै आए पनि खासै चासो नदिइएको उनको गुनासो थियो।
‘कुनै कुनै भवन बनाउँदा अपाङ्गमैत्री बनाएजस्तो देखिए पनि पूर्ण नभएको देखिन्छन्,’ उनले भने, ‘भुइँतलामा केही सहज भए पनि माथिल्ला तलामा जान भने नसकिने अवस्था छ।’ अब संरचना बनाउँदा सबै कोठामा सहजरुपमा पुग्ने गरी अपाङ्गमैत्री बनाउनुपर्ने उनी बताउँछन्। शिक्षा सबैको लागि भन्ने सरकारी अभियान छ। तर अपाङ्गता भएका व्यक्तिलाई सहजै रुपमा विद्यालय जाने अवस्था छैन।
स्थानीय तह पनि अपाङ्गमैत्री छैनन्। झन अधिकांश गाउँपालिका र वडा कार्यालय भाडामा छन्। त्यहाँ झनै समस्या छ। विद्यालय भवन, शौचालय, कक्षाकोठा पनि अपाङ्गमैत्री बनाउनुपर्नेमा उनीहरूले जोड दिए । सडक, पैदल मार्ग पनि अपाङ्गमैत्री भए झनै राम्रो हुने उनीहरूको भनाइ छ।शिक्षाको क्षेत्र, सार्वजनिक बस, स्वास्थ्य क्षेत्रमा थुप्रै कानुन छन्। तर कार्यान्वयन हुँदैनन्। अब संरचना बनाउँदा सबै कोठामा सहजरुपमा पुग्ने गरी अपाङ्गमैत्री बनाउनुपर्ने उनीहरु बताउँछन्।
अपांग पुर्न स्थापना विकास केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपाने भन्छन्, ‘नयाँ बन्दै गरेका कार्यालय भवन, शौचालय लगायत भौतिक संरचना पनि पूर्ण अपाङ्गमैत्री छैन।’अपाङ्गता भएकालाई बोझको रूपमा नलिई अवसर दिनुपर्ने उनी बताउँछन्।
यस्तै कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले अपाङ्गमैत्री कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए। विभिन्न समयमा थुप्रै राम्रा कानुनहरू बनेको भन्दै उनले प्रभावकारी रुपमा कार्यान्वयन हुन सके अपाङ्गता भएका व्यक्तिहरूका धेरै समस्या समाधान हुने बताए।