कपिलवस्तुको यशोधरा गाउँपालिकाले अवैधानिक रुपमा बाणगंगा सिँचाइको नहरमा पक्की सडक निर्माण गरेको छ। यशोधरा गाउँपालिका वडा नम्बर ४ पोखरभिटवा चोक देखि लोहरौला हुँदै सोनबर्सा सम्मको सडक र पालिकाकोको रिङ रोड निर्माणको क्रममा वडा नम्बर ५ को मधुनगरामा रहेको नहर मासेर सडक निर्माण गरिएको हो।
दुबै सडक निर्माणका लागि गाउँपालिकाले गत कार्तिक २६ गते निर्माणको लागि बाणगंगा सिचाई व्यवस्थापन कार्यालयले सहमति मागेको थियो। तर कार्यालयले पालिकालाई सहमति दिने आफ्नो क्षेत्राधिकार नरहेको बताएका छ। ३९ नम्बरका एमसी प्रमुख नन्दलाल र १४ एएफडी एमएफडी रामप्रजी बनियाले सो अवैध निर्माण रोक्नु पर्ने भन्दै बाणगंगा सिचाई व्यवस्थापनलाई पत्राचार समेत गरेको छ। बाणगंगा सिचाई प्रणालीमा ५१ एमसि छन्।
कार्यालयका इन्जिनियर तथा योजना शाखा प्रमुख क्षितिज अधिकारीले नहर मासेर बाटो निर्माणका लागि सहमति दिने अधिकार कार्यालयसँग नरहेको बताए। संघीय मन्त्रालयले मात्र सहमति दिने अधिकार रहेको उनले बताए। उजुरी परे पछि आफूहरूले स्थलगत निरीक्षण गर्दा दुबै एमसिमा ठेकेदारले नहर मासेर बाटो निर्माण गरेको भेटिएको बताए। उनले सो निर्माण रोक्न गाउँपालिका, ठेकेदार कम्पनी र प्रशासन कार्यालयलाई सम्मत पत्राचार गरिएको बताए।
उनले जिल्ला कै सबै भन्दा ठुलो अयोजनाका नहरहरू यसरी मिचेर बाटो निर्माण गर्दै जानु अवैधानिक र गलत काम भएको बताए। गाउँपालिकाले सहमतिमा सडक निर्माण गरेको भने पनि कसैसङ कुनै सहमति नभएको उनले बताए। बाणगंगा सिचाई प्रणाली व्यवस्थापन समितिका सचिव बिनादे चौधरीले गाउँपालिकाले ठेक्का लगायर जबरजस्ती नहर मासेर सडक निर्माण गरेको बताए।
हिउँद र खडेरी परको बेला कृषकहरूको सुविधालाई मध्यनजर गरी ५ दशक अधि निर्माण गरिएको बाणगंगा सिचाई प्रणालीका नहरहरूमा मासेर सडक निर्माण गर्दा नहरको अस्तित्व नै संकटमा पर्ने उनले बताए। ‘नहरलाई नहर कै रुपमा राख्न पर्छ त्यहाँ बाटो निर्माण गर्नु हुन्न’ उनले भने ‘यो गैर कानुनी काम तत्कालै रोक्नु पर्छ’ उनले भने। एउटा सरकारी निकायले अर्को सरकारी निकायको मातहतका संरचनाहरू चलाउन नहुने उनले बताए।
गाउँपालिका प्रमुख रिषवदेव खनालले यो दुबै बाटो निर्माणको काम आफू आउनु भन्दा अघि नै लागेर काम सुरु भएको बताए। उनले सो बाटो निर्माणका बिषयमा केही कृषकले अदालतमा निवेदनका आधारमा केही कित्ताहरू रोकिएको बताए। नहरको जग्गामा पर्ने बाटो निर्माणका बिषयमा केही दिने मै बाणगंगा उपभोक्ता समितिसँग छलफल समेत गरिने उनले बताए।
उदयपुर। गाईघाट दिक्तेल सगरमाथा लोकमार्गअन्तर्गतफोक्सिन्टारमा लगाइने बेलिब्रीज एक महिनाभित्र पुन: जडान हुने भएको छ। गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुन: जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
फोक्सिन्टारमाबेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो। जसमा इच्छुक प्रतिस्पर्धी निर्माण व्यवसायीहरूमध्ये नियमानुसार अन्तिम छनोट गर्न बाँकी रहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर सुमन गोलेले बताए।
गोलेका अनुसार केही दिनभित्र निर्माण व्यवसायीको टुंगो लगाएर बेलिब्रीज पुन: जडानको जिम्मा लगाउने तयारी भइरहेको छ। कार्यालय प्रमुख (डीई) परिवर्तन भएका कारण ठेक्का प्रक्रिया टुंग्याउन केही समय लागेको उनले बताए। यसअघिका डीई विवेक पाण्डेलाई कटारी घुर्मी सडक योजना कार्यालयमा मात्र खटाउँदै सरकारले गाईघाट दिक्तेल योजना कार्यालय प्रमुखमा अच्युतशविलाश पन्तलाई पठाएको छ।
नयाँ डीई पन्त सातादिनअघि मात्र कार्यालयमा हाजिर भएर केही दिनका लागि सुत्केरी बिदामा बसेका छन्। मंसिर दोस्रो साता उनी फर्केलगत्तै बेलिब्रीज पुन: जडानको जिम्मा लिने ठेकेदार टुंग्याएर काम अघि बढाउने तयारीमा कार्यालय रहेको छ।
इन्जिनियर गोलेका अनुसार बेलिब्रीज पुन: जडानका लागि डेढ करोड खर्च गर्ने गरी कार्यालयले टेन्डर आह्वान गरेको छ। ठेक्का सम्झौता भएमा पुस दोस्रो साताभित्र बेलिब्रीज निर्माण भइसक्ने अपेक्षा योजना कार्यालयले गरेको छ। गतवर्ष पनि पुस अन्तिमदेखि बेलिब्रीज सुचारु भएको थियो। यसवर्ष केही चाँडो सुचारु गर्न खोजे पनि परिस्थितिले उही समय पुर्याउने देखिएको कार्यालयले जनाएको छ।
उदयपुर र खोटाङलाई सोझो यातायात मार्गले जोड्ने फोक्सिन्टारस्थित सुन नदीमा दशक बढी समय लगाएर निर्माण भएको पक्की मोटरेबल पुल बाढीले बगाएदेखि २ वर्षयता वर्षमा मुस्किलले ६ महिना बेलिब्रीजको माध्यमबाट यातायात आउजाउ गर्ने गरिएको छ भने बाँकी समय फोक्सिन्टारदेखि ३ किलोमिटर टाढा रसुवाघाटस्थितझोलुंगे पुल तरेर दुई जिल्ला आउजाउ गर्नुपर्ने बाध्यता छ।
उदयपुरतर्फ रौतामाई गाउँपालिका ५ पोखरी र खोटाङतर्फखोटेहाङ गाउँपालिका ९ चिच्कीराम्चेबीचमा पर्ने फोक्सिन्टारमा १३ वर्ष लगाएर १ सय ५ मिटर लामो पक्की मोटरेबल पुल निर्माण भएको थियो। पुल बनेर गाडी वारपार गर्न थाले पनि एप्रोच सडक निर्माण नभइसकेकाले उद्घाटन गर्ने तयारी हुँदै गर्दा ०८१ असोज १२ गते राति आएको भीषण वर्षापछिको बाढीले पुल बगाएको थियो।
डेढ दशक लामो प्रतीक्षापछि बल्ल निर्माण सम्पन्न भएको पुल बाढीले बगाएपछि भर्खर सुचारु भएको लोकमार्गको सोझो यातायात सम्बन्ध पुनः विच्छेद हुन पुगेको हो। बाढीले पुल बगाएपछि पुनर्निर्माण गर्ने या मर्मत भन्ने विषयको टुंगो सरकारले लगाउन नसक्दा सोही वर्ष हिउँददेखि कामचलाउ अस्थायी बेलिब्रीज जडान गरेर यातायात सुचारु गर्न थालिएको हो।
पुल बन्नुअघि पनि डेढ दशक बेलिब्रीजकै माध्यमबाट यातायात सुचारु गर्ने गरिएको फोक्सिन्टारकोबेलिब्रीज पुल बनेपछि अन्यत्र लगिएको थियो। तर, पुल बगाएपछि फेरि बेलिब्रीजकै भर पर्नुपर्दा अर्को खरिद गर्दा दोहोरो आर्थिक भार राज्यलाई परेको स्थानीय बताउँछन्।
त्यहाँ अर्को पुल लगाउने भन्दै तत्कालीन सरकारले प्राविधिक खटाएर विस्तृत परियोजना प्रतिवेदन बनाउन लगाएको थियो। रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईका अनुसार घटनास्थल पुगेको प्राविधिक टोलीले भत्केको पुरानो पुल मर्मत गर्नुभन्दा नयाँ पुल बनाउनु उपयुक्त हुने सुझाव दिँदै ३४ करोड लागतको नयाँ इस्टिमेटसमेत तयार गरेको थियो।
तर, पुल बगेको २६ महिना बितिसक्दासम्म त्यहाँ पुल बनाउने सुरसार सरकारले गरेको छैन न त मर्मतकै प्रक्रिया अघि बढाएको छ। बाढीले पुल बगाएर दुई जिल्लालाई यातायात सम्पर्क विच्छेद गराएको अढाई वर्ष पुग्नै लाग्दासम्म राज्यले नयाँ पुल बनाउने कि मर्मत गर्ने भन्ने नै टुंगो गर्न नसक्दा सगरमाथा लोकमार्ग भएर सञ्चालन हुने सयौँ सवारीसाधन र दुई जिल्लाबासी यात्रु मारमा परेको वडाध्यक्ष राई बताउँछन्।
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...