चितवनको भरतपुर महानगरपालिका–२९ मा पर्ने ऐतिहासिक कविलासगढीमा नेपालको राष्ट्रिय झन्डा राखिएको छ। भरतपुर भ्रमण वर्षको अवसर पारेर शनिबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय झण्डाको झण्डोत्तलन गरेकी हुन्।
कविलास गढी पर्यटकीय सम्भावना बोकेको स्थल भएकाले महानगरपालिकाले प्रचार प्रसार स्वरूप आज झन्डा राखेको उनले बताइन्। प्राकृतिक सुन्दरताले रमणीय समेत रहेको यस स्थान पछि मिनी दार्जिलिङ हुने मेयर दाहालले बताएकी छिन्।
यहाँबाट तराईंका फाँट, पहाड र हिमालहरू सजिलै अवलोकन गर्न सकिन्छ। पर्यटक आकर्षित गर्नका लागि महानगरपालिकाले सडक लगायतका भौतिक संरचनाको निर्माणलाई तीव्रता दिएको उनले बताइन्।
नारायणगढ–मुग्लिन सडक खण्डको भोर्लेबाट करिब १० किलोमिटर दुरीमा कविलास गढी छ। अहिले यहाँसम्म कच्ची सडक पुगेको छ। आगामी दिनमा सडकलाई कालोपत्रे गरिने उनले बताइन।
कविलास गढीमा ऐतिहासिक महत्व समेत रहेको छ। यहाँ विस १८३० ताका चौबिसे राज्य अन्तर्गतको तनहुँका राजा हर्ककुमार दत्त सेनको पालामा अंग्रेजसंग लड्नको लागि बनाइएको हो।
त्यस बेला यो किल्लामा उत्तर, दक्षिण आवतजावत गर्ने प्रमुख किल्लाको रुपमा परिचित रहेको महानगरपालिका उपमेयर चित्रसेन अधिकारीले बताए। राजाहरू तराईमा सिकार खेल्न यस बाटो प्रयोग गर्ने गरेको किंवदन्ती रहेको उनको भनाई छ।
तराईमा सिकारको लागि दक्षिणको सोमेश्वर गढी, ठोरी, धादिङ, काठमाडौं, नुवाकोट आवतजावत गर्ने, भिसा चेक गर्ने, सैनिक नियन्त्रणको अति रणनीतिक इलाका रहेको उनले बताए।
यो गढी राजा प्रताप सिंह शाह र गोल्मै रानीको पालामा विस १८३४ साउन ५ गते कमान्ड इन चिफ अभिमान सिंह बस्नेतको कमाण्डमा नेपाल एकीकरण भएको बताइन्छ। यहाँ राजा रानीले प्रयोग गर्ने सिटौँला समेत अझै छन्।
यसको संरक्षका लागि वडा कार्यालयले समेत लागि परेको भरतपुर महानगरपालिका वडा २९ का अध्यक्ष सूर्य बहादुर गुरुङ्गले बताए। यस स्थानमा पिकनिक पार्क समेत निर्माण गरिएको छ।
प्राकृतिक मनोरञ्जन लिनका साथै ऐतिहासिक स्थलको ज्ञान लिन यो ठाउँ महत्त्वपूर्ण रहेको अध्यक्ष गुरुङ्गले बताए।