सौराहामा डेढ महिनादेखि मकुनाको उपद्रो,हवाई फायर गर्दा समेत गएन
१४ मंसिर २०८१
•
३ मिनेट पाठ
सौराहामा डेढ महिनादेखि मकुनाको उपद्रो,हवाई फायर गर्दा समेत गएन
<br>
सौराहा आउने अधिकांश पर्यटक हात्ती देखेर मख्ख पर्छन्। कतिपयले त पृष्ठभूमिमा हात्ती राखेर तस्बिर कैद गर्दछन्। हात्ती चढेर जंगल घुम्दा उनीहरु उत्साहित हुन्छन्। तर, पछिल्लो समय घुम्न जाने पर्यटक तथा सौरेलीलाई मकुनाले हैरानी दिएको छ। 




चितवनको पर्यटकीय नगरी सौराहा क्षेत्रमा दाह्रा नभएको जङ्गली भाले हात्ती (मकुना)ले पर्यटक तथा स्थानीयलाई हैरानी दिएको हो । सौराहाका होटल तथा बस्तीमा पसेर मकुनाले एक महिनादेखि पर्यटक तथा स्थानियलाई त्रसित बनाएको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङले बताए। सौराहाका होटल व्यवसायीले पालेका निजी पोथी हात्तीको पछि लागेर बस्ती पसेको मकुनाले हिड्डुल गर्न समेत डर भइरहेको उनले बताए। 

‘सौराहा क्षेत्रमा देखिएको मकुना अरु जङ्गली हात्ती जस्तो छैन। मान्छे देखेपछि लखेट्दै आउँछ,’ उनले भने ‘यसले पर्यटक तथा स्थानीयलाई धेरै त्रास पैदा गरेको छ।’ यसले अहिलेसम्म मानवीय क्षति नगरे पनि कृषकले लगाएको अन्न तथा होटलहरुका भौतिक संरचनामा समेत क्षति पुराएको उनले बताए । ‘अहिलेसम्म १२ वटा होटलको पर्खाल, ५ वटा घरका छाना भत्काइसकेको छ’, तामाङले भने ‘कृषकको खेतीपाती त धेरै नष्ट गरेको छ ।’ 

साँझ परेपछि निकुञ्ज प्रशासन, मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति र होटल व्यवसायीको टोली हात्ती धपाउन गस्तीमा निस्कनु परेको बताए । ‘सौराहामा पर्यटकको चहल पहल बढी छ । उनीहरु हात्ती देखेपछि घरपालुवा हात्ती नै मानेर नजिक आउन खोज्छन् । यसले गर्दा क्षति हुन सक्छ,’ उनले भने ‘एक महिना हुन लाग्यो हामी रातभर गस्तीमा हिँडिरहेका छौँ ।’

मकुना चितवनमा दोस्रो पटक देखा परेको हो। अघिल्लो वर्ष तीन महिना चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र बसेर फर्किएको थियो । तर, बस्ती नै पसेर भौतिक संरचनामा क्षति पु¥याएको पहिलो पटक भएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सन्त मगरले जानकारी दिए। बथान छोडेर आएको हात्तीको स्वभाव अन्य हात्तीको भन्दा फरक रहेको उनले बताए । यसलाई धपाउन हवाई फायर गरे पनि बस्ती नछाडेको उनले बताए । ‘हामीले पटक पटक थुप्रै राउन्ड गोली चलायौँ । यहाँबाट निकाल्न डार्ट गरेर २४ घण्टासम्म लठ्ठाउने औषधी पनि दिएका थियौँ सफल भएन,’ उनले भने ‘हामीलाई यहाँबाट निकाल्न कठिन भइरहेको छ।’  

प्राय गरेर भाले हात्ती आहाराका लागि र पोथी हात्तीको खोजीमा बस्ती पस्ने गर्दछन् । यतिखेर सौराहामा रहेका निजी पोथी हात्तीलाई उसले हेरिरहेको छ । मकुनाको यौन शक्ति कम गर्नका लागि निकुञ्ज प्रशासनले शुक्रबार(आज) यौन शक्ति कम गर्ने औषधी दिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर गणेश पन्तले बताए। ‘अहिले हात्ती एक्टिभ हुने सिजन पनि हो । हात्तीको मातलाई कम गर्न हामीले डार्ट मार्फत औषधी पनि दिएका छौँ’, उनले भने ।  हात्ती बस्तीमा पस्दा समस्या भएको भन्दै उच्च सतर्कता अपनाउन आग्रह समेत गरे।

हात्तीले बस्ती नछाडेपछि नेपाली सेना, मध्यवर्ती सामुदायिक वन, होटल व्यवसायी बिच संयुक्त रुपमा हात्ती धाउनका लागि थप गृह कार्य भइरहेको उनले बताए। मकुना कोसी टप्पुबाट पर्सा राष्ट्रिय निकुञ्ज हुँदै चितवन राष्ट्रिय निकुञ्ज आइपुगेको अनुमान गरिएको छ। 

निकुञ्जका अनुसार बथान छोडेर आएका यो समेत चार वटा हात्ती यहाँ छन् । रोनाल्डो, ध्रुवे र गोविन्दे चितवन राष्ट्रिय निकुञ्जका विभिन्न ठाउँमा छन्। यी हात्तीले समय–समयमा बस्तीमा पसी आतङ्क मच्चाउने गर्दै आएका छन्। गत वर्ष गोविन्दे हात्ती आएपछि मकुना भागेको थियो। अहिले गोविन्दे चितवन र मकवानपुरको सिमाना क्षेत्रमा रहेको छ। यतिखेर रोनाल्डो सौराहाको खोरसोरमा र धुव्रे मेघौली क्षेत्रमा रहेको छ। यी हात्तीहरू मकुना जस्तो घरीघरी बस्तीमा नआउने सहायक संरक्षण अधिकृत मगरले बताए। 
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
१ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस