जुम्लाको तातोपानी गाउँपालिका–४ इमिल्चाका स्थानीय रातो हाब्रे (रेडपाण्डा)संरक्षण अभियानमा जुटेका छन्। वर्षेनी रेडपाण्डाको अध्ययन गर्न विदेशी तथा स्वदेशी आउन थालेपछि रेडपाण्डाको बासस्थान बचाउन जुटेको स्थानीय बताउँछन्। पछिल्लो समय जुम्ला रातो हाब्रे (रेडपाण्डा) को अध्ययनस्थल बन्दै गएको छ।
पाँच वर्षअघि तातोपानी गाउँपालिका–८ नदै सामुदायिक वनमा रातो हाब्रे (रेडपाण्डा) को अध्ययन गर्न दुई नेपाली विद्यार्थी पुगेका थिए। सामुदायिक वन समितिसँग अनुमति लिएर इमिल्चा, दुम्बारा बनमा दुई दिन बसेका थिएँ। स्थानीयले नै रेडपाण्डा देखाउन सहयोग गरे। अध्ययनका क्रममा जंगलमा रेडपाण्डाको आलो दिशा फेला पारे। विद्यार्थीहरु निकै खुसी भएर फर्किए। दुई वर्षअघि मात्रै एक जना विदशी पर्यटक रेडपाण्डाको अध्ययन गर्न इमिल्चा गाउँमै पुगेका थिए।
समुदायस्तरमा रेडपाण्डाको अवस्थाका बारेमा जानकारी पुगेका उनले जंगलमै रेडपाण्डा प्रत्यक्ष रुपमा भेटे,भिडियो र तस्विर खिचेर फर्किए। फेरि गत वर्ष तीन जना फ्रान्सेली नागरिक रेडपाण्डाको अध्ययन गर्न नदै सामुदायिक वनमै आइपुगे। दिशा फेला पारेपछि रेडपाण्डाको क्षेत्र पहिचान गरेर फर्किए। स्थानीयले नदै सामुदायिक वनलाई रेडपाण्डाको क्षेत्र तोकका छन्। उक्त क्षेत्रमा जंगल आगोबाट बचाउने, नियमित बृक्षारोपण गर्ने, वनफँडानी रोक्ने र वन उपभोक्ता समितिले रेडपाण्डाको बासस्थान जोगाउने जस्ता कार्य जुटेका छन्। स्थानीयले वनमा रेडपाण्डाको बासस्थान अनुकुलका निगालो, द्यार, धुपी, घोडापांगर, चुक, काठेओखर, खर्सु, सल्लो, झुलो, भोजपत्र र ठिंगोका विरुवा वृक्षरोपण गरेका हुन्।
जंगलभित्र रेडपाण्डाका लागि तिर्खा मेटाउने पानीको पोखरी बनेका छन्। वन समितिका पूर्व उपाध्यक्ष ५८ वर्षीय वीरबहादुर रोकाया दुर्लभ रेडपाण्डाको बासस्थान गाउँ नजिकै भेटिँदा उत्साहित छन्। उनले भने, ‘दुर्लभ रेडपाण्डाको संरक्षण, बासस्थान जोगाउन थालेको छ ।’ रेडपाण्डाको बचाउन आफ्नै गाउँले नीति निमार्ण गरेका छन्।
स्थानीयलाई पहिलोपटक सचेत गर्ने, जंगल फडानी गर्नेलाई समुदायस्तरमा राखेर स्पष्टीकरण सोध्ने, अटेरी गरे क्षति हेरी जरिवाना तोक्ने स्थानीय कानुनी प्रावधान छ। नीतिले अहिलेवन संरक्षणमा टेवा पुगेको छ। ६५ वर्षीय मुनबहादुर बुढा कहिलेकाँही जंगलमा जाँदा रेडपाण्डा देखिन थालेपछि उत्साहित हुने गरेको बताउँछन्। उनका अनुसार रेडपाण्डा हो भन्ने जानकारी नहुँदासम्म खासै वास्ता हुँदैन्थ्यो। तर अहिले यार्सा टिप्न, गुच्ची च्याउ संकलन गर्न, जडीबुटी कोर्न जाँदा निगालको झ्याङमा लुकेर बसेको लजालु स्वभावको रेडपाण्डा देखिने बित्तिकै उनीहरु समुदाय स्तरमा आएर छलफल गर्छन्।
तातोपानी गाउँपालिका–४ इमिल्चाका २५ वर्षीय पदम रोकाया वर्षायाममा प्राय: जसो पाटनतिर जान्छन्। कहिले जडीबुटी खोज्न त कहिले च्याउ टिप्न। उनी हरेक पल्ट जाँदा रेडपाण्डा देख्ने गरेको बताउँछन्। आजभोलि गाउँमा भेडाबाख्रा चराउन लैजाँदा कुकुर साथमा नलग्न पनि सुझाव दिइन्छ। स्थानीयले इमिल्चा, दुम्बारा, हिड्ने धारा र करेशिल्ला वन क्षेत्रमा रेडपाण्डा पाइने गरेको बताए। यी क्षेत्रमा स्थानीयले जंगल र वन्यजन्तुको रेखदेखका लागि हेरालो (चौकिदार) समेत राखेका छन्।
जंगलमा वन्यजन्तु र जडीबुटीको सिकार तथा अबैध उत्खनन् भइरहेको संकेत पाउने वित्तिकै हेरालो पठाउने गरिएको छ। भदौदेखि हिउँ नपरुन्जेलसम्म जंगलमै हेरालोले बेलाबेला जंगलमा गस्ती गर्नुपर्छ। नदै सामुदायिक वन क्षेत्रमा १५ देखि २० वटा सम्म रेडपाण्डा रहेको स्थानीयको आँकलन छ। पानीखोला हुँदै केसरपानी, तेलेलडाँडा हुदैं राक्ष र सल्ली थाक्नसम्मको ४ सय ९१ वर्गमिटर जग्गा सामुदायिक वन क्षेत्रमा पर्छ। मछाली, बुढाबाडा र इमिल्चाका ५५ घरधुरी अहिले रेडपाण्डा बचाउन लागिरहेका छन्।
समुदायको रेडपाण्डाप्रतिको मोह देखेर रेडपाण्डा नेटवर्क काठमाडौं र हातेमालो नेपाल जुम्लाले ती क्षेत्रहरुमा पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजना कार्यन्वयनमा ल्याएका छन्। उनीहरुका अनुसार जिल्लाको सिंजा, तातोपानी, पातारासीका ५ वटा सामुदायिक वनमा रातो हाब्रे छ।हाब्रेको सर्भे गर्ने र सामुदायिक वन छनौट गरेर सचेतना फैलाउने कार्य चलिरहेको छ। जिल्लाका विभिन्न स्थानमा होर्डिङबोर्ड राखिएको छ ।
रेडपाण्डाको चोरीसिकार नियन्त्रण, संरक्षण र पर्या पर्यटनको विषयमा तालिम,सेमिनार र गोष्ठी प्रदान गरिरहेको छ। पातारासीको महारुद्ध आधारभूत विद्यालय र सिंजाको मावि चुलेलगाउँमा कक्षा–६ मा वातावरण संरक्षण सम्बन्धी पाठ्यक्रम तयार गरेर अध्ययन अध्यापन भइरहेको छ। हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेकबहादुर रावतका अनुसार महारुद्र सामुदायिक वन पटमारामा १४ र सियालामुल सामुदायिक वनमा २ वटा क्यामरा राखिएको छ। प्रत्येक ४५ दिनमा तीन पटक क्यामरा हेर्ने गरिएको छ।
जिल्लाका ५ वटा सामुदायिक वनमध्य चारमा १७ हजार भन्दा बढी विरुवा रोपिएको छ। वन जोगाउनको लागि सुधारिएको चुलो वितरन गरिएको छ। घरपालुवा जनावर सँगै जंगली वन्यजन्तुको लागि पानी पोखरी, बेमौसमी तरकारी खेती, आकाशेपानी संकलन पोखरीको समेतको व्यवस्था छ। जुम्लामा सन् २०१७ मा हातेमालो सेवा समाज र रेडपाण्डा नेटवर्कले जिल्लाको एक नगरपालिकासहित सातवटै गाउँपालिकामा रेडपाण्डाको अनुसन्धान गरेको थियो। सन २०२१ मा महारुद्र सामुदायिक वन पातारासी पटमारा र २०२२ मा नदै सामुदायिक वन तातोपानीमा रेडपाण्डा भेटिएको थियो।
विज्ञहरूका अनुसार उच्च पहाडी क्षेत्रका वनमा पाइने रेडपाण्डाको आयु ८ देखि १० वर्षसम्म हुने गरेको छ। पुस र फागुनमा भाले लाग्ने र जेठदेखि साउनसम्म रेडपाण्डाको गर्भाधान हुने महिनाको रुपमा लिइन्छ। रेडपाण्डालाई पर्यटन प्रवर्द्धन गर्न र अध्ययन अनुसन्धान गर्न महत्त्वपूर्ण वन्यजन्तु मानिएकाले यसको संरक्षणमा स्थानीय सरकार लाग्नुपर्नेमा संरक्षकहरूले जोड दिने गरेका छन्। समुन्द्र सहतबाट २ हजार २ सय मिटरदेखि ४ हजार ८ सय मिटर उचाइ सम्ममा रेडपाण्डा पाइने गरेको यस क्षेत्रका विज्ञहरुले बताउने गरेका छन्। वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा एक देखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान रहेको छ।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...