जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन सचेतना
१६ कार्तिक २०८१
•
३ मिनेट पाठ
जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन सचेतना
भारतीय दुधुवा नेशनल पार्क हुँदै नेपाली बस्तीमा छिर्ने जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउनका लागि डिभिजन वन कार्यालय कञ्चनपुरले सचेतना कार्यक्रम सञ्चालन गरेको छ। पछिल्लो समय हात्तीले मानवीय क्षति निम्त्याउन थालेपछि कार्यालयले सचेतना कार्यक्रम सञ्चालन गरेको हो।




राष्ट्रिय प्रकृति संरक्षण कोषसंग सहकार्य गरी हात्ती प्रभावित क्षेत्रमा सचेतनमुलक पोष्टर, पम्पलेट वितरण गर्ने कार्य भैरहेको डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले बताए। 'सामुदायिक वन संगको समन्वयमा छलफल, बैठकका माध्यबाट हात्तीबाट जोगिने उपाय बारे जानकारी दिने कार्यमा जुटेका छौं' उनले भने, 'मावन–हात्ती सह अस्तीत्वको भावना जगाउनका लागि कार्य अगाडी बढाएका छौं।'

हात्ती बस्तीमा छिरेमा डेढ सय मिटरको दुरी कायम गरी भगाउने,अन्नपात राखेको ठाउ, भान्सामा नसुत्ने, हात्तीको अगाडीबाट भाग्न नखोज्ने, हात्तीका छावालाई नचलाउने, टर्चबालेर नभाग्ने, उत्तेजित नवनाउने, मदिरा सेवन गरी भगाउन नजाने, मात चढेको हात्ती संग सजग रहने लगायतका कुरा कार्यक्रमका माध्यबाट सर्वसाधरणलाई सचेत पार्ने कार्य भैरहेको उनको भनाई रहेको छ। 'अचानक हात्ती संग जम्काभेटभएमा नआत्तिकन विस्तारै पछाडी हटनु पर्छ' उनले भने, 'लखेटन आयो भने आफु संग भएको सामान फँयाकेर बांगो टिंगो दौडिने गर्नु पर्छ, छोटो दुरी सम्म मात्रै लखेटने भएकाले लखेटदै पछि सम्म आइरहन्न।'

हात्तीले लखेटन आए ढुङग्यान बगर तिर भाग्ने,छडके पारेर ओरालो तर्फ भाग्ने,दलदल हिलो भए तर्फ भाग्ने, ठुलो रुख ढलको भए त्यसको मूनि भएर भाग्ने, पुलपुलेसा तरेर भाग्ने गरे बच्न सकिने उनको भनाई रहेको छ।

'जङगल तर्फ जादा हात्तीको ताजा पाईला वा दिशा भेटियो भने सर्तक रहनु पर्छ' उनी भन्छन्, 'हात्ती हिडको दिशा तर्फ जानु हुदैन, रुख भाँचेको, सुड बजारेको वा हात्तीले घुरेको पनि सुन्न सकिन्छ, हात्तीको आवाज सुनिए सतर्क हुनु पर्छ।'

हात्ती निकै बुद्धिमान प्रणाीका रुपमा रहेको उल्लेख गर्नु हुदै उनले हात्तीलाई नियन्त्रण गर्न गाह्रो हुने भएकाले सतर्कता अपनाए मानविय क्षतिलाई कम गर्न सकिने बताए।

हात्तीको बथानले गत असोज महिनामा मात्रै कञ्चनपुरका दुई जनाको ज्यान लिइ सकेको छ। असोज १३ गते उखुबारीमा हात्ती भगाउन कुरुवा बसेका लालझाडी गाउँपालिका ४ का ५९ वर्षीय रामदल रानालाई र घर तर्फ जादै गरेका आक्रमण गरी ज्यान लिएको थियो भने बेलौरी नगरपालिका ६ का २२ वर्षीय उमेश चौधरीको घर तर्फ मोटरसाईकलमा जादै गरेका बेला असोज २२ गते हात्तीले आक्रमण गरी ज्यान लिएको थियो। पाँच वर्षका अबधिमा कञ्चनपुरमा १२ जनाले ज्यान गुमाई सकेका छन।

लालझाडी गाउँपालिकामा ४ मा हात्तीले आधा दर्जन बढी स्थानिय बासिन्दाका बाख्रा समेत मारेर तिहारको मुखमै क्षति पुरयाएको छ। दिउसै हात्ती नजिकैको वन क्षेत्र हुदै स्थानिय किसानको उखुवारीमा पसेर नोक्सानी पुर्याउदै आएको छ।

भारतको दुधुवा नेशनल पार्क हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुदै हात्तीको बथान वर्षातका बेला चुरे क्षेत्रमा बस्ने गरेको छ । वर्षात् हटेपछि चुरे नजिकका बस्ती संगै तल्लो समथर क्षेत्रमा पुगेर किसानले लगाएको अन्नबालीमा क्षति पुर्याउने गर्दछ।

अहिले हात्तीको बथान दुधुवा नेशल पार्क नजिकैका बेलौरी, लालझाडी क्षेत्रका किसानको खेतवारीमा पसेर धान, उखु लगायतको बालीमा क्षति पुरयाउन थालेको छ।  सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशी हात्ती नियन्त्रण गर्नका लागि मेसवायर जडान गर्नु पर्ने बताउँछन्।

'हात्ती प्रभावित क्षेत्रमा मेसवायर जडान गर्न सके वर्षेनी हुदै आएको मानविय, भौतिक क्षतिमा कमी ल्याउन सकिन्छ' उनले भने, 'यसका लागि तीन तहकै सरकारले समन्वय गरी योजना बनाई बजेट परिचालन गर्नु पर्छ।' हात्तीले नोक्सानी नपु¥याउने खालका बालीको खेती गर्न किसानलाई प्रोत्साहित गर्नु पर्ने उनले बताए। 
अर्को समाचार
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
०३ फागुन २०८१
•
१ मिनेट पाठ
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
दक्षिण भारतको राज्य केरलाको एउटा मन्दिरमा उत्सवको क्रममा भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन्। यसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 




घटना बिहीबार साँझ केरलाको राजधानी तिरुवनन्तपुरमबाट करिब ४२२ किलोमिटर उत्तरमा कोझिकोड जिल्लाको कोइलान्डी नजिकै रहेको मानकुलङ्गारा मन्दिरमा भएको हो।

“स्थानीय व्यक्तिले पटाका फालेपछि दुई हात्तीहरू आपसमा झगडा गर्न थाले, जसको कारण पर्खालको एक भाग भत्कियो। केही मानिसहरू त्यसको मुनि फसे,” एक प्रहरी अधिकारीले भने।

“पर्खाल भत्किँदा दुई महिला र एक पुरुषको मृत्यु भएको छ। यो देखेर त्यहाँ उपस्थित श्रद्धालुहरूमा भागदौड मच्चियो, जसमा ३० जना घाइते भए।”

टेलिभिजनका तस्बिरहरूले दुईवटा हात्तीहरू एकअर्कासँग लडिरहेका देख्न सकिन्छ। सिन्ह्वा
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस