चाडबाडका बेला बढी भाडा लिएको भन्दै उदयपुर ट्राफिक प्रहरीले यात्रुवाहक बस नियन्त्रणमा लिएको छ।
तोकिएको भन्दा बढी भाडा लिनुका साथै यात्रुलाई दुर्व्यवहार गरेको उजुरी परेपछि बस नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
मदन भण्डारी लोकमार्ग हुँदै विराटनगर–गाईघाट रुटमा चल्दै आएको को १ ख ७१९९ नम्बरको सिमोन यातायातलाई नियन्त्रणमा लिएको ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) तिलक पौडेलले जानकारी दिए।
उनका अनुसार धरानदेखि बेल्टारसम्मको भाडा तोकिएभन्दा बढी लिएको भन्दै कार्यालयमा उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिनु परेको हो।
सो रुटमा सरकारले तोकेको भाडा १ सय ५६ रुपैयाँ लिनुपर्नेमा २ सय ५० रुपैयाँभन्दा बढी असुल गर्दै आएको उजुरी यात्रुले गरेका छन्। दिउँसो ३ः०० बजे नियन्त्रणमा लिइएको बसलाई पूर्व–पश्चिम बरुवा बसपार्कमा ह्वील लक लगाएर राखिएको छ।
बढी भाडा लिने गरेपछि विवाद हुँदा यात्रुमाथि दुर्व्यवहारसमेत गर्ने गरेको कुरा पनि उजुरीमा उल्लेख छ। बस सञ्चालक पुष्पराज तिम्सिना स्वयम्ले भाडा उठाउने गरेको र तोकिएभन्दा दोब्बरसम्म असुल गर्ने गरेको र तोकिएभन्दा बढी नतिर्ने भन्दा उल्टै यात्रुमाथि गाली बेइजतीको भाषा बोलेर दुर्व्यवहार गर्ने गरेको पनि उजुरीमा उल्लेख छ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर चन्द्र खड्काले तोकिएभन्दा झण्डै दोब्बर भाडा लिने गरेको उजुरीका आधारमा बस नियन्त्रणमा लिएको पुष्टि गरे।
खड्काका अनुसार यसबारे विस्तृत बुझ्न शुक्रबार छलफल गर्नेगरी बस मालिक तिम्सिना तथा चालक र सहचालकलाई कार्यालयमा बोलाइएको छ। उजुरी अनुसार नियमभन्दा बढी भाडा लिएको प्रमाणित भए जरिवाना र आवश्यक कानुनी कारबाही हुने पनि इन्सपेक्टर खड्काले बताए।
ट्राफिक ऐन अनुसार तोकिएभन्दा बढी भाडा लिने बसलाई पहिलो पटक ५ हजार जरिवाना तिराउने कानुनी व्यवस्था छ। त्यसैगरी पीडितले प्रहरी कार्यालयमा उजुरी दिएमा उपभोक्ता हितविपरित गरेको आरोपमा मुद्दा चलाएर थप कारबाही हुने व्यवस्थासमेत रहेको इन्सपेक्टर खड्काले बताएका छन्।