विश्वका ३७ देशका सेनालाई पछि पार्दै नेपाली सेनाले ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा स्वर्णपदक प्राप्त गरेको छ।
बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ देखि २५ गतेसम्म भएको अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्णपदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
बेलायतसहित ३७ राष्ट्रका १२१ अन्तर्राष्ट्रिय टोलीको अभ्यासमा सहभागिता थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन गरिँदै आएको अन्तर्राष्ट्रियस्तरको त्यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ।
दुई दिनभित्र हतियारसहित करिब ५० पाउन्ड तौलबराबरका बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरीको अभ्यासमा सहभागी टोलीले गरेको लडाइँ तयारी, खबर संकलन तथा घाइते–बिरामीको व्यवस्थापनलगायत दक्षता परीक्षणका आधारमा मूल्यांकन हुने निर्देशनालयले जनाएको छ।
नेपाली सेनाले सन् २०१७ र २०१९ मा समेत त्यस प्रतियोगितामा स्वर्णपदक प्राप्त गरेको थियो।यो वर्ष त्यस प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा उपरथी दीपककुमार बानियाँ सम्मानित अतिथिका रूपमा सहभागी थिए।रासस