प्रशोधित सिलप्याक पानीको जारमा कुखुराको प्वाँख, रिपोर्टिङ गर्ने पत्रकारमाथि आक्रमण
२४ असोज २०८१
•
३ मिनेट पाठ
प्रशोधित सिलप्याक पानीको जारमा कुखुराको प्वाँख, रिपोर्टिङ गर्ने पत्रकारमाथि आक्रमण
चौधरीको टोलीले फुटाएको क्यामेरा। तस्विरः महेश्वर चामलिङ राई
बुधवार दिउँसो उदयपुरका २ जना पत्रकारमाथि आक्रमण गर्नेमाथि कारबाही नभएको पीडित पक्षको गुनासो छ।




प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ उदयपुरका सल्लाहकार/पूर्व उपाध्यक्ष भोटराज राईको प्रकाशन पूर्णपुष्टि साप्ताहिक र अनलाईनका पत्रकार विक्रम राई र सुनिल राईमाथि आक्रमण भएको १५ घण्टा बितिसक्दा पनि कारबाही नभएको भन्दै पत्रकारद्वय रुष्ट बनेका छन्।

त्रियुगा नगरपालिका ३ मोतिगडास्थित पानी प्रशोधन कम्पनी रौता स्प्रिङ प्रालिद्वारा उत्पादित रौता ब्राण्डको सिलबन्दी पानीमा फोहोर भेटिएपछि तथ्य पुष्टि गर्न पत्रकारद्वय कम्पनी परिसर पुग्दा उनीहरुमाथि आक्रमण भएको हो। कम्पनी सञ्चालक पर्शुराम चौधरीलगायतको टोलीले उनीहरुमाथि आक्रमण गर्दै क्यामेरा र मोवाईल खोसेर तोडफोड गरेको पीडितपक्षको आरोप छ।

नेपाल पत्रकार महासंघ शाखा, प्रेस सेन्टर नेपाल केन्द्रीय समिति र जिल्ला शाखा तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज शाखाले अलगअलग विज्ञप्ती जारी गर्दै आक्रमणकारीमाथि तत्काल काबाहीको प्रक्रिया अघि बढाउन माग गरेका छन्।

सिलबन्दी जारको खानेपानीमा कुखुराको प्वाँख भेटिएको उपभोक्ताबाट गुनासो आएपछि तथ्य पुष्टि गर्न कारखाना परिसर पुगेका पत्रकारहरुमाथि आक्रमण र औजार उपकरण तोडफोडको घट्नाप्रति महासंघलगायत सञ्चार सम्बद्ध सँस्थाहरुले गम्भीर ध्यानाकर्षण भएको र तत्काल कारबाही र क्षतिपूर्तिको व्यवस्था गर्न विज्ञप्तीमा माग गरेका छन्।

स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको नाङ्गो हस्तक्षपकारी घट्नाको जतिसुकै भत्र्सना र निन्दा गरे पनि कम हुने भन्दै विज्ञप्तीमा घट्नाको तत्काल र निश्पक्ष छानविन गरी कडा कानुनी कारबाही गर्न र उचित क्षतिपूर्ति दिलाउन पनि माग गरिएको छ।  

बुधवार कोष तथा लेखा नियन्त्रण कार्यालय उदयपुरको चमेनागृहमा कम्पनीद्वारा उत्पादन र विक्री गरेको सिलबन्दी जारमा प्वाँख र लेदो भेटिएको थियो। सो घट्नाको पुष्टि गर्न प्रशोधन केन्द्र पुगेका पत्रकारद्वयलाई चौधरीसहितले तथानाम गाली गलौज र हातपात गर्दै औजार उपकरण खोसेर फुटाईदिएको पीडितको दुखेसो छ।

घट्नाबारे प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीलाई तत्काल जानकारी गराई कारबाहीको माग गरे पनि गम्भीर नभएको गुनासो पीडितपक्षको छ।

पत्रकार महासंघ, प्रेस सेन्टर, फोनिजलगायत सँस्थाहरुले भने तत्कालै विज्ञप्ती प्रकाशित गरी घट्नाको निन्दा र कारबाहीको माग गरेका छन्। पीडितमध्ये पत्रकार विक्रम राई पूर्णपुष्टि डटकमका समाचार प्रमुख, प्रेस सेन्टर नेपाल उदयपुर शाखाका कोषाध्यक्ष तथा एभिन्युज टेलिभिजनका उदयपुर संवाददातासमेत हुन्। अर्का पीडित सुनिल राई पूर्णपुष्टिका क्यामेरापर्सुन तथा संवाददाता हुन्।

उपभोक्ता हितमा केन्द्रित हुँदै सूचना संकलन र संप्रेषणमार्फत जमाज रुपान्तरणमा अहोरात्र खट्ने निहत्था पत्रकारमाथि दिनदाडै उद्योपतिबाटै आक्रमण हुनु् निन्दनीय र भत्र्सनायोग्य क्रियाकलाप भएको पत्रकार महासंघका अध्यक्ष भरत खड्काले बताए।उनले यस्तो घट्नाले नेपालको संविधान ०७२ ले प्रत्याभूत गरेको नागरिकको मौलिक हकभित्र पर्ने स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता तथा उपभोक्ता हितलाई ठाडो चुनौति दिएको भन्दै तत्काल कारबाही गर्न माग गरे।

प्रेस स्वतन्त्रता सेनानी हरिकुमार राईले यस्ता खाले घट्नाले प्रेस स्वतन्त्रता, विधिको शासन र मानव अधिकारको गम्भीर उल्लंघन गरेको निश्कर्ष निकाल्दै घट्नाप्रति सत्यतथ्य छानविन गरी दोषीमाथि यथासिघ्र कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्।  
अर्को समाचार
सडकले विस्थापित खत्री परिवारको दसैँ दुई दशकदेखि घरविहीन
२८ असोज २०८१
•
४ मिनेट पाठ
सडकले विस्थापित खत्री परिवारको दसैँ दुई दशकदेखि घरविहीन
पाखोबारी नै भए पनि मकै, कोदो, गहुँ टन्नै फल्थ्यो, सागसब्जी र फलफुल हुने नै भयो। घरदेखि नजिकै अँधेरी खोलाको कुलो लाग्ने खेतबाट हिउँदे र बर्खे गरी ६०–७० मुरी धान फल्थ्यो। वर्षभरी परिवारले खाएर, छरछिमेकलाई ऐँचोपैँचो दिएर पनि उब्रेको अन्न बेच्दा २०–३० हजार हात पर्ने हुँदा लुगाफाटा, नुन मसलाको खाँचो थिएन, श्रीमति, छोरा–छोरी सबै खुसी थिए।




सुनेका थिए ‘विकास मात्र आउँदैन, विनाश पनि सँगै लिएर आउँछ।’ त्यस्तै भयो गाईघाट दिक्तेल सडक त्रियुगा नगरपालिका १५ खाँबु रातमाटेका खड्गबहादुर खत्रीका लागि। २०५३ सालदेखि गाईघाटलाई जिरो माईल बनाएर निर्माण सुरु भएको ‘सगरमाथा लोकमार्ग’ सडकले ०६३ सालमा खत्रीको मलिलो र उर्बर खेतबारी मात्र लगेन, घरबास नै उठिबास लगाएर परिवार नै उठिबास लगायो।

गाईघाट–फोक्सिन्टार बीचको रानीबास–अँधेरी खण्डमा पर्ने रातमाटेस्थित खत्रीको साढे ७ रोपनी जमिनसँगै घर, गोठ सबै सडकमा परेपछि उनको परिवार एकाएक सुकुम्बासीमा परिणत भयो। अरु गाउँलेको पनि धेरथोर जमिन काटिएकै हो तर, ३ घुम्ती मार्दा खत्रीको ७ रोपनी ३ आना ३ दाम जमिनको खेतबारीसँगै घर, गोठ काटेपछि खत्री परिवार विस्थापित हुनु पर्‍यो।

‘अहिले १८ वर्ष भयो, त्यो बेलादेखि अहिलेसम्म मेरो परिवारलाई दसैँ आएको छैन हजुर’ टीकाको भोलिपल्ट नागरिककर्मीको सम्पर्कमा आएका ५९ वर्षीय खत्रीले विनय गर्दै भने  ‘पत्रकारबाट न्याय पाईन्छ रे भन्ने सुनेर आएको हजुर ! अरु सबैतिर धाउँदा धाउँदा यतिका वर्ष बित्यो, केही सीप लागेन।’

सडकले घर, खेत सबै उजाडेपछि कतै सुरक्षित ठाउँमा घर जग्गा व्यवस्था गरिदिने आश्वासन भने उनले सबैबाट पाएको स्मरण गरे। त्यसबेला प्रशासन, सडक कार्यालय र गाविस जनप्रतिनिधिले दिए पनि अहिलेसम्म नपाएको खत्रीको गुनासो छ। उ बेला गाईघाट दिक्तेल सडक निर्माणकर्ता डिभिजन सडक कार्यालय लाहानका इन्जिनियर, उदयपुरका प्रमुख जिल्ला अधिकारी, खाँबु गाविसका तत्कालीन अध्यक्ष निन्द्रबहादुर मगर र वडाध्यक्ष तथा ठेकेदारहरुले गुमेको भन्दा बढी नै जमिन दिने भन्दै फिक्री नगर्न आश्वस्त पारेको स्मरण उनले सुनाए।

सिडिओ, इन्जिनियर, अध्यक्ष र ठेकेदारजस्ता आधिकारिक व्यक्तिले भनेको कुरा पत्याएर उनी घर जग्गाको सट्टा भर्ना र क्षतिपूर्तिको आसमा मख्ख हुँदै दुई छोरी र श्रीमति च्यापेर सदरमुकाम गाईघाटमा डेरा बस्न थाले। उता प्रशासन र सडक कार्यालय धाउने क्रम पनि जारी नै राखे। तर, आश्वास बमोजिम आवासका लागि न जमिन पाए न त क्षतिपूर्तिवापत रकम नै।

उसो त उनले सांसद, मन्त्री र नेतालाई पनि पटकपटक आफ्नो पीडा सुनाईसकेका छन्। यो क्षेत्रमा लगातार चुनाव जित्दै आएका, मन्त्रीसमेत भईसकेका प्रतिनिधिसभा सदस्य डा.नारायण खड्का, प्रदेश सांसदहरु हिमाल कार्की, नारायण बुर्जा, काँग्रेस, एमाले र माओबादीजस्ता राजनीतिक दलका नेताहरु सबैलाई उनले आफ्नो पीडा सुनाईसकेका छन्। तर, कसैबाट समाधान पाउन नसकेको गुनासो उनको छ।

डेरा बसाईकै सिलसिलामा खत्रीका कान्छी छोरी र चौथो सन्तान छोरा जन्मिए। परिवार फैलियो तर, आश्वासन अनुसार केही पाउन नसक्दा सुकुम्बासी भएर दसैँ तिहार मनाउन नपाएको दुई दशक बित्न लागेको दुखेसो खत्रीको छ। घरबार विहीन भएकै अवधिमा खत्रीका छोरीहरुको बिहे भईसकेको छ भने श्रीमतिले पनि सदाका लागि छाडेर स्वर्गलोक गईसकेको अवस्था छ। ‘डेरामै जन्मेकी कान्छीसमेत तीनैवटै छोरी आफुआफै बिहे गरेर गए, सबभन्दा पछि जन्मेको छोरो पनि १७ वर्ष लागिसक्यो’ खत्रीको अन्तरहृदयको गुनासो छ ‘तर, अहिलेसम्म मैले न जमिन पाएँ न क्षतिपूर्ति नै।’

०६३ सालयता सडक कार्यालयमा दर्जन बढी कार्यालय प्रमुख फेरिइसके, सिडिओ पनि कति आए कति गए। यो बीचमा डिभिजन सडक कार्यालय लाहानबाट ‘गाईघाट दिक्तेल सडक योजना कार्यालय’ गाईघाटमा खुलेको डेढ दशक बितिसक्यो। तीनवटै कार्यालयमा नयाँ हाकिम फेरिएको खवर पाउनेवित्तिकै कागजात बोकेर उनी दुःख सुनाउन पुगिहाल्छन्। तर, सबैबाट एउटै आश्वासन पाउँछन् ‘तपाँईले जमिन र क्षतिपूर्ति पाउनु पर्ने हो, के रहेछ हेरौँला, अलिबार पर्खनुस्।’

बहुदलको कुरा गणतन्त्र आएर स्थानीयतह पुनर्संरचनापछि साविक खाँबु गाविस त्रियुगा नगरपालिकामा समायोजन हुँदै १५ नं. वडा बन्यो। ०७४ को स्थानीयतह चुनावमा बलदेव चौधरी नगरप्रमुख निर्वाचित भए। स्थानीयतहलाई अधिकारसम्पन्न बनाइएको भन्दै नगरले काम गरिदिन्छ भन्ने सुनेर कागजपत्र बोकेर मेयर चौधरीकहाँ दुःख बिसाउन पुगे खत्री।

मेयर चौधरीले तत्काललाई बसोबास गरिराख्न, अरु विस्तारै मिलाउँने भन्दै १३ नं. वडा भातीखर्कमा २ कठ्ठा ऐलानी जमिन देखाईदिए। त्यहीँ छाप्रो हालेर एक हल गोरु पाल्दै बस्न थालेका खत्रीलाई अहिले जग्गाधनीले तत्काल छाप्रो उठाएर लान ताकेता गर्दै अत्यथा भत्काई दिने चेतावनी दिएपछि बृद्धाबस्थाका खत्री बिलखबन्दमा पर्दै विभिन्न कार्यालय र व्यक्तिको पाउ मोल्दै हिड्नु परेको छ।

हालका मेयर बसन्त बस्नेतले खत्री अन्यायमा परेको स्वीकार्दै नगरपालिकाले कतै जमिन खोजेर बस्ने व्यवस्था मिलाईदिने बताएका छन्। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले पनि सडकले घर जमिन लगेको भए मुआब्जा दिनुपर्नेमा किन दिएन बुझेर क्षतिपूर्ति दिलाउने आश्वासन दिएका छन्। गाईघाट दिक्तेल सडक योजना प्रमुख पशुपति ज्ञवालीले आफु भर्खर सरुवा भएर आएकाले वास्तविक्ता के हो बुझेर न्याय दिलाउने बचन दिएका छन्।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस