सिटी हल बन्यो, सञ्चालनमा अन्योल
२० असोज २०८१
•
३ मिनेट पाठ
सिटी हल बन्यो, सञ्चालनमा अन्योल
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ भवानीयापुरमा निर्माण सम्पन्न भएको सिटी हल। अर्जुन ओली/नागरिक
पटक–पटक म्याद थप्दै बनेको ‘नेपालगन्ज सिटी हल’ सञ्चालन र व्यवस्थापनमा अन्यौलता छाएको छ। वर्षौँ समय लगाएर बनेको सिटी हल सञ्चालन र व्यवस्थापन गर्न सरकारले समयमै आवश्यक कानुन नबनाउँदा अन्यौलता देखिएको हो।




नेपाल सरकारको सङ्घीय आयोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जले उक्त सिटी हल हालै निर्माण गरेको हो। सिटी हल निर्माण गर्न सङ्घीय सरकारले पाँच वर्षअघि (२०७५ माघ २५ गते) ठेकेदार कम्पनीसँग सम्झौता गरेर काम अगाडी बढाएको थियो। 

निर्माणको काम गर्न ठेकेदार कम्पनी लामा कन्स्ट्रक्सन प्रा.लि.ले मूल्य अभिवृद्धि कर बाहेक २९ करोड ४५ लाख ५५ हजार ९ सय ५१ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ भवानीयापुरमा २०७८ साउन २५ गतेभित्र सबै काम सम्पन्न गरिसक्नुपर्नेमा कम्पनीले चौथो पटक म्याद थपेर हालै निर्माण गरेको हो।

सङ्घीय आयोजना कार्यान्वयन इकाई कार्यालय नेपालगन्जका निमित्त प्रमुख रामकृष्ण आचार्यले ठेक्का अनुसार निर्माणको काम सम्पन्न भइसकेको बताए। ‘सिटी हल निर्माणको काम सम्पन्न भइसकेको छ, अब साउण्ड सिस्टम, सानो हलको लागि कुर्सी, पार्किङ लगायतका काम गर्न साना–साना ठेक्का खोलिनेछ,’ उनले नागरिकसँग भने। सिटी हल निर्माण भएपनि कुन तहको सरकार वा निकायले सञ्चालन गर्ने भन्नेबारे अझै स्पष्ट हुन छैन। यसले गर्दा करोडौँ रुपैयाँ खर्च गरेर निर्मित भौतिक संरचनाबारे नागरिक स्तरबाट चिन्ता हुन थालेको छ।

सिटी हल कतै प्रयोगविहीन हुने त होइन ? भन्ने कुराको आशंका उनीहरूको मनमा जागेको छ। नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ राज्यको ठुलो रकम खर्च भएर बनेको सिटी हललाई दीर्घकालीन रुपमा सञ्चालन गर्न सरकारले चाडोभन्दा चाँडो कार्यविधि बनाउनुपर्ने बताउँछन्। ‘सुविधा सम्पन्न सिटी हल त बन्यो, तर कसले सञ्चालन र व्यवस्थापन गर्ने भन्ने कुरा अहिलेसम्म अन्योल छ,’ उनले भने ‘यो पनि पोखरा र भैरहवा विमानस्थल जस्तो नहोस् भन्ने हाम्रो कामना छ।’ सरकारले कार्यविधि बनाएर आफै वा ‘पिपिपि मोडल’ मार्फत पनि सिटी हल सञ्चालन गर्न सक्ने श्रेष्ठले बताए।

सङ्घीय सरकारले कार्यविधि बनाउने भने पनि अहिलेसम्म अन्योल छ। समयमा कार्यविधि नबन्दा सञ्चालन र व्यवस्थापनमा अन्यौलता छाएको छ। यद्यपि, कार्यालयले नेपालगन्ज सिटी हल तत्कालका लागि नेपालगन्ज उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी गरेको छ। दसै, तिहारपछि विभागले निर्णय गरेर उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कुरा भइरहेको निमित्त प्रमुख आचार्यले सुनाए।

‘सिटी हल सञ्चालन एवम् व्यवस्थापनका सम्बन्धमा कानुन बनाउने कुरा छ, तर अहिलेसम्म बनेको अवस्था छैन, तर पनि हामीले तत्कालका लागि नेपालगन्ज उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी गरेका छौँ,’ उनले थपे। विभागले अहिलेसम्म निर्माण गरेका देशभरका सिटी हल सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने परिपाटी अनुसार नेपालगन्जमा पनि त्यसलाई निरन्तरता दिन खोजिएको आचार्यले प्रष्ट्याए।

नेपालगन्ज सिटी हलमा कुल ७ सय ९५ सिट क्षमताको ठुलो हलसहित अन्य चार वटा साना हल, प्रशासनिक कक्ष, पार्किङ लगायत पूर्वाधार निर्माण गरिएको छ। ‘नेपालगन्ज सिटी हलमा ठेक्का लागेर पनि जुन बेला काम सुरु भयो, कोरोना महामारीले गर्दा बिचमा काम रोकियो, त्यसले गर्दा पनि काम पछाडि धकेलियो,’ कार्यालय स्रोतले भन्यो ‘अर्को कुरा काम गर्ने क्रममा केही जटिलताहरू पनि आयो, केहीको पुन: डिजाईन गर्नुपर्ने भएको हुँदा पुनः ‘भेरियसन’ गर्नुपर्ने भएकाले त्यसले पनि कामलाई पछाडि धकेल्यो।’

सिटी हल निर्माण सम्पन्न भएपछि नेपालगन्जमा ठुलो क्षमताका कार्यक्रम गर्न सहज हुने विश्वास गरिएको छ। ठुलो क्षमताको हल नहुँदा कतिपय कार्यक्रमहरू यहाँका होटलमा हुने गरेका छन्। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित कारकाँदोमा यसअघि उक्त सिटी हल निर्माण गर्ने निकै चर्चा चलेको थियो।

नेपालगन्ज उद्योग वाणिज्य संघले सिटी हल निर्माण सहयोगार्थ भन्दै पटक पटक महोत्सव समेत चलाएको थियो। नेपाल सरकार सडक विभागको नाममा रहेको भोगाधिकार प्राप्त सरकारी जमिनमा सिटी हल निर्माण गर्ने तयारी हुँदै गर्दा तत्कालीन सरकारले भोगाधिकारको निर्णय नै खारेज गरेपछि नयाँ ठाउँमा जग्गा खोज्न सुरु गरिएको थियो।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ भवानीयापुरमा रहेको सरकारी जमिनमा विभागले तत्कालीन समयमा सिटी हल निर्माणको काम सुरु गरेको थियो। सिटी हल निर्माण स्थल भने नेपालगन्ज बजारभन्दा टाढा (नेपाल–भारत सीमा नजिक) पर्दछ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस