स्याउबाट आर्थिक समृद्धि खोज्दै जुम्लावासी
१५ असोज २०८१
•
४ मिनेट पाठ
स्याउबाट आर्थिक समृद्धि खोज्दै जुम्लावासी
जुम्लाको सिंजा गाउँपालिका-५ गोरा गाउँका स्याउ किसान रामसिंह रावलले यस वर्ष ८ लाख रुपैयाँ बराबरको स्याउ बेचे। उनको यसवर्ष स्याउ उत्पादन र बजारीकरण विगतका वर्षमा भन्दा उत्साहजनक भयो।




यो सिजनमात्र रावलले अहिलेसम्म झण्डै ७० सय कार्टुन स्याउ बिक्री गरेको बताए। अझै साढे ३ सय कार्टुन बिक्री हुन बाँकी छ। उनी जस्तै दर्जनौं स्याउ किसानले लाखौ रुपैयाँ आम्दानी गरिरहेका छन्।

कृषि कार्यालयमा ७ सय ९१ जना व्यापारीले स्याउ ढुवानी गर्न नाम दर्ता गरेका थिए। जुम्लाको चन्दननाथ नगरपालिका- ३ का स्याउ किसान रतन भण्डारीले पनि यो वर्ष पनि राम्रै आम्दानी गरे। उनले भने, 'खडेरीले गर्दा थोरै नोक्सान भयो। आफूले ४३ क्विन्टल झण्डै ३ लाखको आम्दानी गरेँ।'

जुम्लामा स्याउबाटै करिब १० लाखसम्म आम्दानी गर्ने किसान पनि छन्। जिल्ला कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा पाँच हजार आठ सय ६२ टन स्याउ निर्यात भएको छ। कार्यालयले वार्षिक समीक्षा कार्यक्रम राखेर स्याउ निर्यातको प्रतिवेदनसमेत सार्वजनिक गरेको हो।

कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को प्रगति र आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रमका विषयमा सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरेको हो। कार्यालयले ढुवानीबाट ५ हजार ५ सय ५० मेट्रिक टन, हवाई जहाजबाट २४ मेट्रिक टन,  हाईस र जिपबाट २ सय ५८ मेट्रिक टन, बसबाट सिधैं काठमाडौं ३० टन स्याउ निर्यात भएको बताएको छ। यो तथ्यांक अनुसार स्याउबाट मात्रै ४३ दिनमा जुम्लाले ३८ करोड १० लाख ३० हजार आम्दानी गरेको छ।

जिल्ला कृषि विकास कार्यालयका वागवानी अधिकृत राज्यलक्ष्मी खत्रीका अनुसार यस वर्ष  १५ हजार मेट्रिक टन स्याउ उत्पादन हुने लक्ष्य छ। केही स्याउ भने किसानले घरमै खाने तथा विभिन्न परिकार तयार गर्ने गरेका छन्। अग्लो स्थानको स्याउ, फुजी स्याउ र गोल्डेन निर्यात भइरहेको छ। अझ फुजी स्याउ तीन सय टन उत्पादन हुने अनुमान छ।

फस्टाउँदै साना व्यापारी:

जुम्लाको गुठिचौर गाउँपालिका-४ गोविन्दप्रसाद पाण्डे र मित्रप्रसाद अधिकारीले संयुक्तरुपमा ११ गाडी स्याउ विक्री गरेका छन्। ७ गाडी कैलाली टिकापुरमा र ४ गाडी सुर्खेतमा विक्री गरेका हुन्। एक गाडी स्याउको मूल्य करिब ८ देखि १० लाखसम्म पर्छ।

जुम्लाबाट ५० देखि ६५ रुपैयाँमा खरिद गरेको स्याउ ८० देखि १ सय १० रुपैयाँमा विक्री व्यापार गरेको पाण्डेले बताए। उनका अनुसार झण्डै एक करोड बढिको कारोबार गरिएको छ। यो पटक मात्रै उनले करिब ३५ लाख बढीको स्याउ बेचेको सुनाए।

यसवर्ष गुठिचौर-४ कै किसान मदनराज न्यौपानेको समेत ६ गाडी स्याउ बिक्री गरे। पाण्डेले ४ गाडी सुर्खेत र २ गाडी धनगढीमा लिएर बिक्री गरेका थिए। उनले पनि हरेक गाडीबाट ५ देखि ७ लाख आम्दानी गरेको बताए।

घरघरमा आम्दानी:

स्याउ सिजनमा सानो तिनो आम्दानी नभएको जुम्लामा घर कमै छन्। स्याउ रोपेका हरेक घरले यसबेला १० हजारदेखि १० लाख रुपैयाँसम्मको आम्दानी गर्ने गरेका छन्।

कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा जनगणना २०७८ अनुसार १ लाख १९ हजार ३ सय ७७ जनसंख्या छ। ३८ हजार ४ सय ८६ हेक्टर ख्यातियोग्य जमिनमा दुई हजार ६ सय ६७ हेक्टर स्याउ खेती छ।

कृषिले २०६४ सालमा एक घर एक बगैँचाको अवधारणा ल्याएपछि जग्गा हुने धेरैजसोकोका घरमा स्याउबाट आम्दानी हुने गरेको छ। यस्तै कृषि विकास कार्यालय जुम्लाले आर्थिक वर्ष २०८०-०८१ मा कृषक प्रोत्साहन कार्यक्रम १६ वटा, ११ मध्ये ६ वटा सम्झौता भई काम सकेको छ। व्यवसायिक फलफूल प्रवर्धन कार्यक्रम १८ वटा छन्।

कार्यालय प्रमुख वालाकराम देवकोटाका अनुसार, सिँचाइमा २६ वटा ४ हजार ८ सय मिटर आरसिसि क्यानल निर्माण, २२ वटा आरसीसी ट्यांकी निर्माण, १ सय १५ वटा हिउँदे बगैँचा काँटछाँट अभियान, ६ जना प्रांगारिक सिँचाइ गर्ने किसानलाई साना सिँचाई, ६ वटा समूहलाई सामग्री वितरण, तातोपानी गाउँपालिका-५ मा स्याउवालीमा कृषक पाठशाला स्थापना गरिएको छ। भने पातारासी-३ छुमचौरमा मार्सीधानको ब्लग स्थापना गरिएको छ।

कार्यालय प्रमुख देवकोटाका अनुसार उच्च घनत्वका स्याउका बिरुवा खरिद गर्न भने टेण्डर परेन। ५० प्रतिशत अनुदानमा २० लाख बजेटको उच्च घनत्व जातका स्याउका बिरुवा आयत गर्ने कार्यक्रममा २ पटक सूचना प्रकाशन गर्दा पनि टेण्डर नपरेपछि काम हुन सकेको छैन।

स्याउ कृषक रामसिंह रावलले कृषिमा अनुसन्धान शून्य भएकाले यसमा जोड दिनुपर्ने बताए। योजना छनौटमा ध्यान दिनुपर्नेमा जोड दिए। स्याउ किसान गोपाल रोकायाले किसानलाई आएका कार्यक्रमहरु फ्रिज नजाने गरि काम गर्न सुझाव दिए। स्थानीय तहले पनि कृषि क्षेत्रमा बजेट प्राथमिकता दिनुपर्ने किसान बताउँछन्।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
६ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस