बर्थिङ सेन्टर नहुँदा अझै घरमा हुन्छन् सुत्केरी
१५ असोज २०८१
•
४ मिनेट पाठ
बर्थिङ सेन्टर नहुँदा अझै  घरमा हुन्छन् सुत्केरी
जुम्लाका अधिकांश दुर्गम क्षेत्रका गर्भवतीहरु नजिकै प्रसूति सेवासहितको स्वास्थ्यसंस्था नहुँदा घरमै सुत्केरी हुने गरेका छन्। उनीहरू महिला स्वास्थ्य स्वयम्‌सेविका र सुँडेनीको भरमा सुत्केरी हुने गरेका छन्। जुम्लाको गुठिचौर, पातारासी, तिला, कनकासुन्दरी गाउँपालिकाका लेकाली क्षेत्रका महिलाहरुले सहजै रुपमा प्रसूति सेवा नपाइरहेको दुखेसो गरेका छन्।




जुम्लाको कनकासुन्दरी गाउँपालिका-४ लेकपोर गाउँकी देबु बुढा गत वर्ष घरमै सुत्केरी भइन्। बर्थिङ सेन्टर पुग्न तीन घण्टाको पैदल जानुपर्ने भएकाले उनीसँग घरमै सुत्केरी हुनुको विकल्प थिएन। घरमा सुत्केरी हुँदा साल अड्कियो। उनलाई बर्थिङ सेन्टरसम्म बोकेर लिएर साल निकालिएको थियो।

गर्भवतीलाई नियमित चेकजाँच गराउने र अनिवार्य सुत्केरी स्वास्थ्यसंस्थामै गराउनुपर्ने सरकारी मान्यता भए पनि दुगर्मका बस्तीहरुमा लागु हुन सकेको छैन। सोही गाउँकी पानसा बुढालाई दुई वर्षअघि सुत्केरी व्यथाले च्याप्यो। डोकोमा बोकेर लैजाँदा बाटोमै सुत्केरी हुन सक्ने देखिएपछि परिवारले पनि घरमै सुत्केरी हुन दिए। फलस्वरुप उनको सालनाल निस्केन। उनको गाउँदेखि बर्थिङ सेन्टर पुग्न तीन घण्टा लाग्छ। न बर्थिङ सेन्टरसम्मै सडक पुगेको छ, नत नजिकै बर्थिङ सेन्टर छ।

स्वास्थ्य संस्थामा बच्चा जन्माउन रहर मानेका गर्भवतीहरु पनि जान पाइराखेका छैनन्। कतिपय गर्भवती बाटोमै सुत्केरी भएर फर्काउन बाध्य भएको स्थानीयले दुखेसो पोखेका छन्। ‘दुर्गममा स्वास्थ्यजाँच गराउनेदेखि स्वास्थ्यसंस्थामै सुत्केरी गराउनुपर्ने ज्ञान छ,’ पानसाले भनिन्, ‘भौगोलिक विकटता र यातायातको सहज पहुँच नहुँदा घरमै सुत्केरी हुनुपरेको अवस्था छ।’

कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखाका अनुसार लेकपोर गाउँबाट मात्रै बर्सेनि २० देखि २२ महिला सुत्केरी हुने गरेका छन्। तीमध्ये अधिकांश गर्भवतीहरु घरमै सुत्केरी हुने गरेका हुन्। ‘पायक पर्ने स्वास्थ्यसंस्थामा प्रसूति सेवा छैन,’ पानसाले भनिन्, ‘टाढा स्थापना भएका बर्थिङ सेन्टरहरुको अवस्था समेत बुझ्न पाइरहेका छैनौं। हामी त जोखिम हिसाबले सुत्केरी भइरहेको छौं।’

दुर्गममा अहिले पनि हरेक चुनावमा सुरक्षित सुत्केरीको एजेण्डा प्राथमिकताका साथ उठ्ने गरेको छ। ‘जब उनीहरु जितेर जान्छन्, तब दुर्गमका गर्भवती सुत्केरीहरुको एजेण्डाले मान्यता पाउँदैन। यो बिडम्वना दुर्गमका गर्भवती सुत्केरीहरुले भोगिरहेका छन्,’स्थानीय रमी बुढाले सुनाइन्।

अहिले घरदैलोको सरकार छ। नीति कार्यक्रम र बजेट उसैले बनाइरहेको हुन्छ। रमीले भनिन्, ‘ग्रामीण क्षेत्रका महिलाका समस्याहरु ज्युँका त्युँ छन्। स्वास्थ्यसंस्थामा जान नसकेर कालसँग पौठेजोरी खेलिरहेको अवस्था छ। ’उनको गाउँमा सडक नजोडिएकोले एम्बुलेन्स जाने कुरै भएन तर सुत्केरी, बिरामी बोक्ने राम्रो स्टेचर समेत छैन। हिउँदको चिसो समयमा सबै पुरुष व्यापारको सिलासिलामा तराइतिर झर्दा महिलाहरु निकै जोखिमका साथ सुत्केरी भइरहेका हुन्छन्। हिउँदमा घरमा सुत्केरी हुन नसक्ने अवस्थामा महिलाहरुले मात्रै बोकेर गर्भवती सुत्केरी गराउन स्वास्थ्य संस्थामा लैजाने गरेको दुःख उनीहरु सुनाइरहेका छन्।

‘भाषणमा सबै सरकारी सेवा गाउँबस्तीसम्मै पुगेको देखिन्छ,’ टोल सुधार समितिका सदस्य पार्वती बुढाले भनिन्, ‘व्यवहारमा सेवा नपाएर बिरामी सुत्केरीहरु गाउँमै छटपटाइरहेका छन्।’

सरकारले घरमा सुत्केरी हुने दर शून्यमा झार्ने अभियान चलाएको छ। नियमित ४ पटक गर्भजाँच गर्नुपर्ने र त्यो वापत ७ सय रुपैयाँ समेत दिने व्यवस्था गरेको छ। सुत्केरी स्वास्थ्य संस्थामा गराएबापत्त तीन हजार रुपैयाँ यातायात खर्च स्वरुप पाउने प्रावधान पनि छ। तर लेकपोर गाउँका गर्भवतीहरु न नियमित गर्भजाँच गर्न पाइरहेका छन् न त स्वास्थ्य संस्थामा सुत्केरी हुन नै पाइरहेका छन्।

उसो त सरकारले पाउने सबै सेवाबाट उनीहरु वञ्चित भइरहेका छन्। नियमित काममा खटिरहनुपर्ने, अपरिपक्व उमेरमा विवाह गर्ने, सानै उमेरमै बच्चा जन्माउने दुर्गममा भइरहन्छन्। सानै उमेरमा विवाह गर्दा स्वास्थ्य समस्या देखापर्छ नै। त्योभन्दा खतरा आमा र बच्चाको अवस्था निकै जोखिममा हुने गरेको छ। घर नजिकै बर्थिङ सेन्टर स्थापना गरेर सुरक्षित रुपमा स्वास्थ्य संस्थामा सुत्केरी हुन पाउने अधिकार सुनिश्चित गर्न उनीहरुले माग गरेका छन्। स्वास्थ्य शाखा सहसंयोजक छाया घर्तीले लेकपोर गाउँमा बर्थिङ सेन्टरको आवश्यकता भएको बताइन्। उनका अनुसार पालिकाले गर्भवतीहरुका लागि एम्बुलेन्स सेवा दिइरहेको छ। पालिकाभित्र ५ वटा बर्थिङ सेन्टर छन्। तर लेकपोर गाउँका महिलाहरु सबै सेवाबाट बञ्चित नै छन्।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
६ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस