करिडोरले किन थेग्न सकेन बाढी?
१५ असोज २०८१
•
४ मिनेट पाठ
करिडोरले किन थेग्न सकेन बाढी?
सहरी विकास मन्त्रालयमातहतको अधिकार सम्पन्न एकीकृत बागमती विकास समितिले केही समयअघि बागमतीलगायत उपत्यकाका १९ वटा नदीका किनारामा रहेका सडक (करिडोर) हरूले सम्भावित बाढीको सामना गर्न सक्ने क्षमताको विषयमा अध्ययन गर्न विज्ञहरू सम्मिलित एउटा प्राविधिक टोली खटाएको थियो। उक्त टोलीले बागमती कार्ययोजना २०८० को मस्यौदा तयार गरेको थियो। त्यसले करिडोरहरू उच्च जोखिममा रहेको उल्लेख गरेको थियो।




अध्ययन टोलीले उपत्यकाका सबै नदीखोलाको बहाव क्षेत्र झन्डै आधा घटेको, उपत्यकामा खुला क्षेत्र घट्दै गई पानी रिचार्ज हुने अवस्था कम हँुदै गएको, नदीकिनारावरिपरि बस्ती बढ्दै गएको, नदीखोलाको सतह बढ्दै गएको लगायतका कारणबाट उपत्यकाका नदीखोला दायाँबायाँ किनाराका करिडोरहरू बाढीको कारण उच्च जोखिममा रहेको रिपोर्ट बुझाएको थियो।

सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा बागमती सुधार आयोजनाका पूर्वआयोजना प्रमुख रवीन्द्र बोहराले उपत्यकाका करिडोरलाई अब यही अवस्थामा राख्ने हो भने झनै भद्रगोल अवस्थामा पुग्ने बताए। ‘झन्डै एक सय वर्षअघि उपत्यकाका नदीखोलाको बहाव क्षेत्र, पोहोर साल गरिएको हाइड्रोलोजिकल अध्ययनको रिपोर्ट र अहिलेको बाढीलाई हेर्ने हो भने अब उपत्यकाका करिडोरहरूले बाढी थेग्न नसक्ने अवस्थामा पुगेका हुन्,’ बोहराले भने, ‘त्यसैले थप २० मिटर क्षेत्रमा कुनै संरचना नबनाउने गरी सर्वोच्चले गरेको फैसला कार्यान्वयन गर्न अत्यावश्यक छ।’

सर्वोच्चको उक्त फैसला कार्यान्वयन भयो भने उपत्यकाका सबै नदीखोलाको बहाव क्षेत्र बढ्ने, खुला जमिन थपिने, वर्षाको पानी जमिनमुनि रिचार्ज हुने अवस्था बन्छ।’ नदीमुनि थेग्रिँदै गएको बलौटे माटो, बालुवा र फोहोरले नदीको सतह बढाउँदै गएको र यसबाट वर्षा हुनेबित्तिकै पानी ‘ओभरफ्लो’ भई सडकमा पुग्ने गरेको विज्ञहरूको भनाइ छ।

हाल उपत्यकाका १९ वटा नदीका किनारामध्ये बागमती, विष्णुमती धोबीखोलामा करिडोर निर्माण कार्य पूरा भइसकेको छ भने मनोहारा, बल्खु, नक्खु, हनुमन्ते खोलाका करिडोर निर्माणधीन अवस्थामा छन्। सबै करिडोरको लम्बाइ जोड्ने हो भने करिब पाँच सय किलोमिटर हुन आउँछ। काठमाडौं उपत्यका विकास प्राधिकनि पोहोर साल उपत्यकामा खुला क्षेत्र कति छ भन्ने विषयमा अध्ययन गरेको थियो। प्राधिकरणकी प्रमुख विकास आयुक्त जानुका ढकालले प्राधिकरणले गरेको अध्ययनपछि उपत्यकामा खुला क्षेत्र अति नै न्यून देखिएको बताइन्। ‘उपत्यका खु्ला क्षेत्र निकै न्यून देखियो, भएका पनि मिचिएका छन्,’ ढकालले भनिन्, ‘केही संस्थाका नाममा, केही व्यक्तिका नाममा अतिक्रमणमा परेका छन्। यो दुर्भाग्य हो। खुला क्षेत्र जोगाउनुपर्छ।’

यस वर्ष ससाना वर्षा हुँदा पनि उपत्यकाको करिडोर अस्तव्यस्त र जलमग्न भए। यतिसम्म कि करिडोरमा बगेको पानीले गाडी नै बगायो। शुक्रबार र शनिबारको वर्षाले उपत्यकाका करिडोर झनै भद्रगोल अवस्थामा पुगेका छन्। अहिले पनि करिडोरहरूको मर्मत हुन सकेका छैनन्। करिडोरमा भएका क्षतिबारे बागमती विकास समितिका उच्च अधिकारीहरूले सोमबार मुख्य सचिव एकनारायण अर्यालसँग छलफल गरेका थिए।

पछिल्लो समय काठमाडौंमा कंक्रिटको प्रयोग बढ्दै गएको छ। कंक्रिटका घरहरू थपिँदै गएका छन्। यसबाट काठमाडौंको जग्गाले पानी सोस्ने क्षमता घटाउँदै गएको छ। भूमिगत पानीको पुनर्भरण नहुनाले पनि वर्षाबाट आएको पानी जमिनमुनि नपुगी सतहमा बग्ने गरेको विज्ञहरू बताउँछन्। यसबाट पनि सानो वर्षाले पनि काठमाडौंका सडक जलमग्न हुने गरेका छन्।

२०६९ जेठ २५ गते वैज्ञानिक अध्ययनबिनै बागमती नदी र यसका सहायक नदीको बहाव क्षेत्र तोकिएको थियो। अर्थात् नदीपरिपरि उपलब्ध भएको जग्गाका आधारमा बहाव क्षेत्र तोकिएको थियो। त्यतिबेलासम्म नदीका दायाँबायाँ किनारामा रहेको जग्गा अतिक्रमण भइसकेको थियो। त्यसकारण नदीकिनारामा जति जग्गा बचेको थियो, त्यसैका आधारमा बहाव क्षेत्र तोकिएको थियो।

केही समयअघि बागमती विकास समितिले गरेको अध्ययनमा बागमती नदीको उद्गमस्थल बागद्वारदेखि कटुवाल दहसम्म पुग्दा यसको बहाव क्षेत्र २० मिटरबाट सुरु भई ११९.६३ मिटरसम्म हुनुपथ्र्यो। त्यसपछि यसको बहाव क्षेत्र ठाउँ हेरेर कहीँ बढ्ने र कहीँ घट्ने गर्छ। समथर भूभाग भएको ठाउँमा बहाव क्षेत्र बढी चाहिन्छ भने भिरालो भूभागमा बहाव क्षेत्र अलि कम भए पनि पुग्छ।

अध्ययनमा बागमती नदीको सुन्दरीजलदेखि गोकर्ण ब्यारेजसम्म बहाव क्षेत्र ३५.१८ मिटर चौडाइ हुनुपथ्र्यो तर अहिले २० मिटर मात्रै छ। यसैगरी गोकर्ण ब्यारेजदेखि मनोहरा दोभानसम्म ४३ मिटरमा ३० मिटर मात्रै छ।

यसैगरी मनोहरा दोभानदेखि विष्णुमती पुलसम्म ९५.३५ मिटर हुनुपथ्र्यो तर अहिले ६० मिटर मात्रै छ। यसैगरी धोबीखोलादेखि विष्णुमती दोभानसम्म सय मिटर हुनुपथ्र्यो तर ६० मिटर मात्रै छ। यसैगरी नक्खु खोला दोभानदेखि कटुवाल दहसम्म बागमतीको बहाव क्षेत्र ११९.६३ मिटर हुनुपथ्र्यो तर अहिले ८० मिटर मात्र छ।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
३२ मिनेट अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस