सुकुम्वासी बस्तीका बाढी पीडितको गुनासोः मेयर बालेनले वास्तै गरेनन्
१४ असोज २०८१
•
३ मिनेट पाठ
सुकुम्वासी बस्तीका बाढी पीडितको गुनासोः मेयर बालेनले वास्तै गरेनन्
काठमाडौंका सुकुम्वासी बस्तीका बाढी पीडितहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको आलोचना गरेका छन्।




सोमबार बिहान काठमाडौंका थापाथलीस्थित सुकुम्वासी बस्तीमा बाढीको पीडाले टोलाइरहेका नागरिकहरुले आफूहरुलाई पीडा पर्दा पनि काठमाडौं महानगरपालिकाका वास्ता नगरेको भन्दै पीडा पोखेका हुन्।

उनीहरुले हालसम्म स्थानीय वडाले खानाको व्यवस्था गरे पनि अरु केही पनि सहयोग कसैबाट नभएको गुनासो गरे। काठमाडौं महानगरपालिकाले गरिवलाई उठिवास लगाउने काम मात्रै गरिरहेको उल्लेख गर्दै स्थानीय दलमर्दन कामीले सरकारले आफूहरुको पीडालाई तत्काल सम्बोधन गर्नुपर्ने बताए। कतैबाट पनि केही सहयोग नआएको अवस्थामा आफूहरुको खाने, बस्ने लगायतका व्यवस्था सरकारले गर्नुपर्ने उनको भनाई थियो।

कामीले भने, ‘अहिले त्यस्तो कसैले सहयोग गरेको अवस्थजा छैन। काठमाडौं महानगरपालिकालाई हामीले देख्न पाएका छैनौं। अर्को कुरा यहाँका वडा समितिले खाना भने खुवाई राखेको अवस्था छ। अरु खासै अहिलेसम्म कुनै संघ, संस्थाहरु, व्यक्तिहरु हामीसँग आधिकारिक रुपमा आएर यसो गरौं भन्नुभएको छैन। वडा नम्बर ११ ले हाम्रा दाजुभाई दिदीबहिनीहरुलाई खाना खुवाउने काम गरेको छ। त्यस बाहेक अरु केही पनि सहयोग आएको अवस्था छैन। यही माथि पुलमा आएर बालेन साहले हे प्रभु यो बस्ती सबै भत्काईदिओस् भनेर कामना गर्नुभयो रे भन्ने पनि सुनियो। यो खालको चरित्र पनि छ। यहाँ सामन्तीहरुलाई कसरी गरिवहरुलाई उठाउ भन्ने भईनै राखेको र त्यसमा पनि फेरी यो बाढी आयो। यस पनि दुख त दियो गरिवहरुलाई । जनताको प्रतिनिधि भनेको सरकार हो। सरकार हाम्रो अभिभावक हो। जनताको अभिभावक हो। सरकार नै यसको प्रमुख भएको हुनाले सरकारले नै यसको व्यवस्थापन गर्नुपर्छ। जहाँसम्म यो सुकुम्वासी बस्तीको व्यवस्थापन कसरी गर्ने भन्ने विषय यो सरकारको हातको कुरा हो । सरकार नै जिम्मेवार हुनुपर्छ भन्नेकुरा हो। ’

पीडितहरुले सरकारले सेवा सुविधा दिने कुरा सुनिएपनि हालसम्म नपाएको पनि बताएका छन्। वडाले खाना खुवाउने काम गरेको भएपनि अन्य सुविधा केही पनि नपाउँदा समस्या भएको उनीहरुको भनाई थियो। सरकारले आफूहरुको खाने, बस्ने, शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था मिलाए सो सुकुम्वासी बस्ती छोड्न आफूहरु तयार रहेको स्थानीय हरिमाया जिम्बाले बताए।

उनले भने, ‘यहाँ बसेको झण्डै २० वर्ष भयो। यस पटकको बाढीले झण्डै बगाईदियो। यो वडाले माथि गुजेश्वरी स्कुल ठूलो छ। सबै जनालाई त्यहाँ लगेर खानाको व्यवस्था छ। अव आर्मी, सशस्त्र प्रहरीहरुले धेरै साथ दिएका छन। नत्र भने हामी कतिको ज्यान जान्थ्यो होला। यस्तो अवस्थामा सरकार आउनुपर्ने हो । हरेक पत्रपत्रिका मिडियाहरुमा यो वा त्यो भनेको छ। तर सरकारी निकायबाट हामीलाई केही सूचना आएको छैन। बालेन समेत यहाँ आएर के छ त सेवा सुविधा भन्ने बारेमा कुरा गरेको छैन। सरकारी टोली आए हामी पनि सधैं खोलाको किनारामा बस्ने भन्ने होइन। यस्तो अवस्था वस्तु भनेको हाम्रो बाध्यता हो। हिउँदमा खोलाको गन्ध आउँछ, वर्षाभरी खोलाको डर हुन्छ। हामी बाध्यतावस बसेका हौ। सरकारले गाँस, बास, शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नुपर्छ।’

अविरल वर्षासँगै काठमाडौं उपत्यकाका खोला किनाराका बस्तीहरुमा पनि ठूलो जनधनको क्षति भएको छ । तर पीडितलाई राहत दिने काममा भने सरकारले कुनै चासो नदिएको पीडितहरुको गुनासो छ । उनीहरुले तत्काल राहतका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् । 
अर्को समाचार
महानगर विवादः लहरो तान्दै बालेन, पहरो भस्काउँदै वडाध्यक्ष
०५ जेष्ठ २०८२
•
४ मिनेट पाठ
महानगर विवादः लहरो तान्दै बालेन, पहरो भस्काउँदै वडाध्यक्ष
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका ४ संयोजकलाई जिम्मेवारीबाट हटाएर उनले उपनियम १ बमोजिम नयाँ संयोजक तोकेको महानगरले जनाएको छ ।




वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धरलाई सूचना प्रविधि समितिबाट हटाइएको छ । उनको जिम्मेवारी वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई दिइएको छ । योसँगै प्रजापति महानगरको प्रवक्ता पनि बनेका छन् ।

यस्तै, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीलाई सुशासन समितिबाट हटाइएको छ। तिवारीको ठाउँमा वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ। वडा नम्बर ८ का अध्यक्ष आशामान संगतलाई सम्पदा तथा पर्यटन समितिबाट हटाइएको छ। उनको ठाउँमा वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारीलाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी वडा नम्बर २३ का अध्यक्ष महाराजा महर्जनलाई विधायन समितिबाट हटाइएको छ। उनको ठाउँमा वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठलाई जिम्मेवारी तोकीएको छ।  

सूचना प्रविधि समितबाट हटाइएका नविन मानन्धर मेयर साहले मन नपरेपछि आफूलाई जिम्मेवारीबाट हटाएको बताउँछन्।

मानन्धर भन्छन्,‘समितिको संयोजकबाट हटाइएको हो। प्रवक्ताबाट हटाइएको छैन। मेयर ज्युलाई मन परेन होला हटाउनुभयो। यसअघि उहाँले स्पष्टिकरण पनि सोध्नु भएन। एक्कासी तपाईलाई जिम्मेवारीबाट हटाइयो भनेर पत्र आयो।’

यसको बारेमा छलफल गरिने उनले बताए। मेयरले प्रतिशोध साँधेर जिम्मेवारीबाट हटाएको मानन्धरको दाबी छ। यो विषय नियमसंगत छ वा छैन भन्ने विषयमा छलफल गरिने उनले बताए। प्रवक्ताबाट भने आफू नहटेको मानन्धर बताउँछन्।

‘प्रवक्ताबाट हट्नका लागि कार्यपालिकाको बैठक बस्नुपर्छ। कार्यपालिकाको बैठकमा बहुमतले निर्णय बसेपछि मात्र प्रवक्ताबाट हट्ने भन्ने हुन्छ, उनले भने, मेयरले प्रवक्ता हटाउने भन्ने हुँदैन।’

कार्यपालिकाको बैठकको माग गर्दा आफूहरुलाई जिम्मेवारीबाट हटाइएको मानन्धर बताउँछन्। पाँच महिनादेखि कार्यपालिकाको बैठक नबसेको र बस्नका लागि आग्रह गर्दा आफूहरुलाई जिम्मेवारीबाट हटाइएको उनी बताउँछन्।  

सम्पदा तथा पर्यटन समितिको संयोजकबाट हटाइएका वडा नम्बर ८ का अध्यक्ष आशामान संगत मेयरसँग कार्यपालिकाको बैठक माग्दा जिम्मेवारी नै खोसिएको बताउँछन्।  संगत भन्छन्, ‘हामीले मेयरसँग कार्यपालिकाको बैठक माग्यौं, उहाँलाई मन परेन उहाँले हामीलाई निकाल्नुभयो। त्यो विधिसंगत होइन्।’

मेयरले जिम्मेवारीबाट हटाइएको पत्रमा हटाउनुको कारण पनि नलेखिएकोले किन हटाएको भन्ने कुरा थाहा नभएको उनी बताउँछन्। ‘मेयरले पठाउनुभएको पत्र मेरो हातमा परेको छ। पत्रमा जिम्मेवारीबाट हटाइएको भन्ने मात्र लेखिएको छ। किन हटाइएको त्यसको कारण पत्रमा उल्लेख गरिएको छैन,’ उनले भने।

जिम्मेवारीबाट हटाइएको बिषयमा आफूहरु छलफलमा रहेको उनले बताए। नियम कानुन अनुसार चल्नुपर्ने र त्यो विषय सबैले मान्नुपर्ने उनी बताउँछन्।

सुशासन समिति संयोजकको जिम्मेवारी पाएका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की जिम्मेवारी दिएको तर काम गर्ने नगर्ने निर्णय गर्नै बाँकी रहेको बताउँछन्।

कार्की भन्छन्,‘मेयर ज्युले जिम्मेवारी दिनुभएको छ। तर पार्टीले के भन्छ भन्ने कुरा छ। पार्टीले संयोजक भएर काम नगर भन्यो भने त गर्दिन। त्यसका लागि की पार्टीसँगै नै बिद्रोह गर्नुपर्यो। पार्टीसँग छलफल गरेर निर्णय गर्छु।’

प्रमुख प्रशासकीय अधिकृतलाई लिएर र मेयर र केन्द्र सरकारबीच टकराब भएको उनी बताउँछन्। उक्त टकराबले आजको अवस्था सिर्जना भएको उनको भनाइ छ।

यता मेयर बालेन शाहको सचिवालयले भने समिति संयोजकको जिम्मेवारी हेरफेर गर्नु सामान्य कुरा भएको बताएको छ। सचिवालयका एक सदस्यले भने, ‘उहाँहरु समितिको संयोजक हुनुभएको तीन वर्ष भयो। अरुलाई पनि अवसर दिउँ भन्ने कुरा हो। त्यसैले परिवर्तन गरिएको हो। यसलाई त्यस्तो ठुलो बनाउनुपर्ने कुरा छैन।’

महानगरको वडाध्यक्षहरु परिवार भएको हुँदा परिवारभित्र प्रतिशोध नराखिएको पनि सचिवालय बताउँछ। सबैलाई समान अवसर दिनका लागि जिम्मेवारी हेरफेर गरेको सचिवालयको भनाइ छ।

त्यस्तै मेयर बालेन साहले दिएको समिति संयोजकको जिम्मेवारीलाई ३ जना वडाध्यक्षले भने अस्वीकार गरेका छन् ।

आइतबार मेयरलाई संयुक्त निवेदन दिँदै उनीहरूले विषयगत समितिको संयोजक पदमा रहन, तोकिएका जिम्मेवारी कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्थामा उपयुक्त नदेखिने बताएका छन्।

सुशासन समितिको संयोजक तोकेका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सूचना प्रविधि समितिका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति र सम्पदा तथा पर्यटन समिति संयोजक तोकिएका वडाध्यक्ष २४ का अध्यक्ष विनोद राज भण्डारीले जिम्मेवारीमा बस्न अस्वीकार गरेका हुन् ।

राष्ट्रिय  स्वतन्त्र पार्टी रास्वपाबाट वडा अध्यक्ष जितेकी रोजिना श्रेष्ठ भने अझै मौन छिन्। श्रेष्ठलाई मेयर शाहले विधायन समिति संयोजकको जिम्मेवारी दिएका छन्। दिइएको जिम्मेवारीको बारेमा उनले कुनै प्रतिक्रिया दिएकी छैनन्।  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस