चेपाङ समुदायले मनाए छोनाम (न्वागी) पर्व
२२ भदौ २०८१
•
३ मिनेट पाठ
चेपाङ समुदायले मनाए छोनाम (न्वागी) पर्व
चितवनमा चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाएका छन्। चेपाङ समुदायको बाक्लो बसोबास रहेको कालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकामा विभिन्न कार्यक्रम गरी शनिबार छोनाम (न्वागी) पर्व मनाइएको हो।




भदौ महिनालाई चेपाङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन्। यो वर्ष फलेका नयाँ अन्न, फलफूलहरु पितृ तथा देवीदेवतालाई चढाएर मात्रै खाने प्रचलन रहेको छ।

चेपाङ बालबालिकालाई आवासीय शिक्षा दिइरहेको गामबेसी चेपाङ संरक्षण केन्द्र रत्ननगरले पनि ‘न्वागी’ मनाएको छ। गाउँबाट आएका चेपाङका गुरु पान्देहरुले अन्नपातमा पूजापाठ गरेपछि खाना खुवाइएको थियो।

चेपाङका गुरु पान्दे अमृतलाल चेपाङले आज सबै चेपाङ बस्तीहरुमा धूमधामका साथ न्वागी) मनाउने गरिएको बताए। नयाँ अन्न देवतालाई नचढाई खान हुँदैन भन्ने मान्यता रहेको उनले सुनाए। सोही अनुसार चेपाङ झाँक्री (पान्दे) ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि दिएर नयाँ अन्न चढाउने उनले बताए। फलफूल तथा अन्न चढाएपछि खान मिल्ने धार्मिक मान्यता रहेको छ।  

न्वागीमा यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन्। नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खुवाउने चलन छ। कालिका नगरपालिका वडा नम्बर–१० का वडाध्यक्ष नरजंग प्रजाले चेपाङ समुदायमा साउन महिना देवता बाहिर जाने र भदौ लागेपछि भित्रने विश्वास रहेको बताए।

‘खेतमा उत्पादन गरेको घैया धान, खोरियामा उत्पादन गरेको मकै, निवुवा, खुर्सानी, अदुवा, पिँडालु, काँचो खुर्सानी लगायतका अन्नपात र फलफूल देवतालाई नचढाएसम्म नखाने प्रचलन छ, त्यसको उपयुक्त समय नै भदौ महिनाको पूर्णिमा हो’, अध्यक्ष प्रजाले भने ‘देवतालाई प्रसाद रुपी अन्न चढाएपछि हामीले खान्छौं।’ झाँक्रीले रातभरि फलाकेपछि अन्न बाली खान मिल्ने विश्वास रहेको उनले बताए।

विशेष गरेर न्वागी पर्व भदौको पूर्णिमामा मनाउने गरिन्छ। तर, राष्ट्रिय चेपाङ संघले राष्ट्रिय पर्वको रुपमा भदौ २२ मा मनाउने गर्दछ। पछिल्लो समय चेपाङहरुले धर्म परिवर्तन गर्दै गएका कारण आफ्नो संस्कृति लोप हुने खतरामा भएको समेत अध्यक्ष प्रजाले बताए।

‘हामीले चेपाङको इतिहास बिर्सन हुँदैन। यो पर्व हाम्रो संस्कृति हो। यो बिर्सने हो भने हामी चेपाङ नै बिर्सने हो’, उनले भने ‘यो संस्कृति कहिल्यै पनि हराउन दिनु हुँदैन अहिले क्रिश्चियन भनेर हिँडेका छन्। त्यस्तो गर्नुहुँदैन।’

भदौ महिनालाई चेपाङ समुदायले शुभ महिनाको रुपमा लिन्छन्। चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले चेपाङ समुदायका युवा पुस्ताहरुले आफ्नो चाडपर्व, संस्कृति बिर्सँदै गएकाले केन्द्रमा आश्रित बालबालिकाहरुलाई पर्वको जर्गेना गर्न पान्दे बोलाएर पर्व मनाइएको बताए।

उनले विगतदेखि नै यसरी केन्द्रमा न्वागी मनाउने गरिएको सुनाए। केन्द्रमा हाल १५० जना चेपाङ बालबालिकाहरु आवासीय रुपमा अध्ययन गरिरहेका छन्।

चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष यस पर्व मनाउने गरिन्छ। राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन्।

सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार छ सय ३७ सङ्ख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन्। यसैगरी मकवानपुरमा २३ हजार छ सय ५०, धादिङमा १७ हजार एक सय ६० र गोरखामा चार हजार दुई सय ६८ जना चेपाङको बसोबास छ। 
अर्को समाचार
चेपाङ समुदायले मनाए न्वागी
२३ भदौ २०८३
•
३ मिनेट पाठ
चेपाङ समुदायले मनाए न्वागी
फाइल तस्बिर
चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन्।




भोटेकोशी बाढी पहिरोका कारण देशलाई पीडा परेको भन्दै सो समुदायले आ–आफ्नो घरमा गच्छेअनुसार चाढ मनाए। विगतका वर्षहरुमा भने न्वागी सामूहिक रुपमा एकजुट भएर मनाइन्थ्यो।

चेपाङ समुदायले न्गागीलाई आफ्नो प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व मान्दै आएको छ। हरेक वर्ष भदौ २२ गते विशेष रूपमा मनाइने न्वागी यस वर्ष तडकभडक र औपचारिक कार्यक्रम नगरी परिवार र आफन्तबीच परम्परागत विधिअनुसार मनाइएको नेपाल चेपाङ सङ्घले जनाएको छ।

सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले विगतका वर्षमा सामूहिक न्वागी मनाइने गरे पनि यस वर्ष देशको अवस्थालाई ध्यानमा राख्दै औपचाचिरक कार्यक्रमको आयोजना नगरिएको बताए।

उनले भने, ‘तडकभडक नगरी यसवर्ष न्वागी आ–आफ्नो घरमा मनायौँ। देशमा भएको घटनाले गर्दा हामीले सामूहिक कार्यक्रम गरेनौँ।’

उनका अनुसार न्वागीको धार्मिक तथा सांस्कृतिक विधि भने घरघरमै निरन्तरता दिइएको हो। चेपाङ समुदायका लागि भदौ महिना विशेष मानिने र भदौभरि नै आफ्नो अनुकूल समयमा न्वागी मनाउने चलन छ।

यो समुदायमा नयाँ अन्नबाली र फलफूल पाक्न थालेपछि प्रकृति, भूमि र पितृलाई चढाएर मात्र उपभोग गर्ने परम्परासँग न्वागी जोडिएको छ।

पाखापखेरामा लगाइएका मकै, घैया धानलगायत नयाँ अन्नबाली तथा विभिन्न फलफूल पाक्ने यही समयमा घरघरमा धार्मिक तथा सांस्कृतिक विधि सुरु हुने गर्छन्।

न्वागीको अघिल्लो रात चेपाङ समुदायका झाँक्री (पान्दे) ले फलाक्ने, जाग्राम बसेर पूजा गर्ने, पितृको स्मरण गर्ने र पितृ बोलाउने परम्परा छ।

त्यसपछि नयाँ उब्जनी भएका अन्न तथा फलफूल पितृ र देवतालाई चढाइन्छ। पूजापछि पान्देले आशीर्वाद दिने चलन छ।

न्वागीमा घैया आवश्यक पर्ने र त्यसबाहेक गाभा, पिँडालु, घिरौँला, निबुवा, कागतीलगायत नयाँ उब्जनी भएका फलफूल तथा तरकारी चढाइने गरिन्छ। नयाँ अन्नबाली भूमि र पितृलाई अर्पण गरेपछि मात्र खाने परम्परा छ।

सङ्घका महासचिव सन्तबहादुर चेपाङले यस वर्ष कुनै औपचारिक कार्यक्रम नगरिएको र घरघरमै न्वागी मनाइएको बताए।

उनले भने,‘यसपालि हामीले सामूहिक कार्यक्रम गरेनौँ । आ–आफ्नो घरमा आफन्त भेटघाट गरेर मिठोमसिनो खाँदै न्वागी मनाइरहेका छौँ।’

उनका अनुसार न्वागी चेपाङ समुदायको परम्परागत पर्व भएकाले मनाउनैपर्ने भए पनि देशलाई आपत परेका बेलामा गत वर्ष जस्तो यसवर्ष उत्साहका साथ नमनाइएको बताए।

न्वागीमा नयाँ धान, चामल तथा फलफूल भूमि पूजा गरी पितृलाई चढाएपछि मात्र खान मिल्ने परम्परा छ।

सदस्य दीपा चेपाङले यस वर्षका लागि तय गरिएको सामूहिक कार्यक्रम बाढीका कारण हुन नसकेको बताउँदै घरघरमै विधिपूर्वक न्वागी मनाइएको जानकारी दिए।

इच्छाकामना गाउँपालिका–२ मायाटारका शिक्षक पदमबहादुर प्रजाले पनि यस वर्ष उत्साहका साथ न्वागी मनाउने वातावरण नरहेको बताए।

न्वागी चेपाङ समुदायको मुख्य चाड भएकाले यसको निरन्तरता र भावी पुस्तामा यसको महत्व हस्तान्तरण गर्न पर्व मनाउन आवश्यक रहेको छ।

चेपाङ समुदाय प्रकृति र धर्तीपूजक समुदाय हुन्। घैया धान, मकै, पिँडालु, गाभा, फलफूललगायत नयाँ उब्जनी पाकेपछि भूमि र पितृलाई चढाएर खाने परम्परा चेपाङ्ग समुदायमा पाइन्छ।

भदौभरिनै अनुकूल समयमा न्वागी मनाउने चलन छ। ‘भदौको बिस बाइस’ भन्ने परम्पराअनुसार भदौ २२ लाई न्वागीको मुख्य दिनका रूपमा मान्ने गरिएको पाइन्छ।

नयाँ पुस्तामा न्वागीको महत्व क्रमशः घट्दै गएको र समुदायभित्र धर्म परिवर्तनका कारण मौलिक धर्म र संस्कृति लोप हुने अवस्था देखिन थालेको भन्दै समुदाय एकजुट भएर आफ्नो धर्म, संस्कृति र परम्परा जोगाउनुपर्नेमा जोड दिए।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस