यी कर्मचारीले पाए उत्कृष्ट निजामती सेवा पुरस्कार
२२ भदौ २०८१
•
४ मिनेट पाठ
यी कर्मचारीले पाए उत्कृष्ट निजामती सेवा पुरस्कार
फाइल तस्वीर
सरकारले २१औं निजामती सेवा दिवस, २०८१ को अवसरमा विभिन्न १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ।




सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती सेवा नियमावली २०५० अनुसार ती कर्मचारीलाई सम्मान गरिनेछ। सो पुरस्कार २०८२ को २२ औं निजामती सेवा दिवसको अवसरमा प्रदान गरिनेछ। सरकारले वर्षभरि सम्पादन गरेको कामका आधारमा निजामती कर्मचारीको नाम छनोट गरी पुरस्कृत गर्दै आएको छ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारीमा सार्वजनिक खरिद अनुगमन कार्यालय केशरमहलमा कार्यरत सुपरिटेन्डेट इञ्जिनियर रामचन्द्र दैगाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशमा कार्यरत प्रदेश सचिव शङ्करबहादुर केसी रहेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा कार्यरत उपसचिव राजुप्रसाद गुरागार्ईं, कागेश्वरी मनहरा नगरपालिका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आगोगमा कार्यरत उपसचिव चुडाराज न्यौपाने, गृह मन्त्रालयमा कार्यरत उपसचिव कृष्ण सापकोटाले उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेका छन्।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उपसचिव चीरञ्जीवी नेपाल, नापी कार्यालय खाँखबारीमा कार्यरत सर्वेक्षक आशा राई, कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय सुनसरीमा कार्यरत दरोगा बुनु राना, समशितोष्ण बागवानी केन्द्र मार्फा मुस्ताङमा कार्यरत निलबहादुर पुर्जा मगरलाई उत्कृष्ट निजामती सेवा पुरस्कार दिइनेछ।

त्यस्तै, विभिन्न कार्यालयमा कार्यरत ३० कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गरिएको छ। मन्त्रालयका अनुसार, सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका आयोजना निर्देशक मित्र बराल, शिक्षा विकास तथा समन्वय एकाइ धनकुटामा कार्यरत एकाइ प्रमुख मोहन राई, कोलेनिका बर्दियाका प्रमुख कोष नियन्त्रक शिवप्रसाद चौधरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारका उपसचिव आनन्द पौडेललाई प्रदान गरिनेछ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ कैलालीका सिडिइ रमेश थिङ, क्वारेन्टाइन कार्यालय नेपालगञ्जमा कार्यरत वरिष्ठ बाली संरक्षण अधिकृत काफिल अहमद, सडक विभाग काठमाडौंमा कार्यरत सिडिइ श्यामकुमार यादव र वनस्पति अनुसन्धान केन्द्र कैलालीमा कार्यरत वरिष्ठ वैज्ञानिक अधिकृत गङ्गादत्त भट्टलाई निजामती सेवा पुरस्कार प्रदान गरिनेछ।

यसैगरी नेपाली दूतावास बेइजिङमा कार्यरत उपसचिव (काउन्सेलर) सविता नकर्मी, भीमफेदी गाउँपालिका मकवानपुरमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, आन्तरिक राजश्व कार्यालय बानेश्वरमा कार्यरत कर अधिकृत वेदप्रसाद खनाल, लोक सेवा आयोग कमलपोखरीमा कार्यरत शाखा अधिकृत प्रेमकुमार पोखेरललाई पनि उक्त पुरस्कार दिइनेछ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत शाखा अधिकृत शतलसिंह उखेडा, उच्च अदालत तुलसीपुरमा कार्यरत इजलाश अधिकृत कृष्णप्रसाद पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा कार्यरत खाद्य अनुसन्धान अधिकृत सुशिला सिंह, जिल्ला सहकारी वकिल कार्यालय हुम्लामा कार्यरत सहायक जिल्ला न्यायाधिवक्ता शिलुकमा लिंथेप, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यरत शाखा अधिकृत उदयप्रकाश लिम्बू, महालेखा परीक्षकको कार्यालय अनामनगरमा कार्यरत लेखापरीक्षण अधिकारी कृष्णबहादुर खत्रीलाई पनि उक्त पुरस्कार प्रदान गरिनेछ।

यसैगरी जिल्ला प्रशासन कार्यालय दार्चुलामा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउद, धरमपानी स्वास्थ्य चौकी प्युठानमा कार्यरत सिनियर अनमी (छैटौं) राममाया गुरुङ, सङ्घीय संसद् सचिवालय सिंहदरबारमा कार्यरत सिनियर अहेव (छैटौ) पुष्पराज रिजाल र राष्ट्रिय किताबखाना (निजामती) हरिहरभवनमा कार्यरत नायब सुब्बा रोशनी नेपाललाई निजामती सेवा पुरस्कार प्रदान गरिनेछ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय टङ्गालमा कार्यरत नायब सुब्बा राजेद्रप्रसाद ढुङ्गाना, राष्ट्रपति कार्यालयमा कार्यरत नायब सुब्बा प्रतिभा काफ्ले, जिल्ला निर्वाचन कार्यालय सिरहामा कार्यरत कम्प्युटर अपरेटर गणपैत यादव, हुम्ला जिल्ला अदालतमा कार्यरत नायब सुब्बा छत्तबहादुर बोगटी,  कैलाली जिल्ला अदालतमा कार्यरत डिट्ठा हिरालाल सुनार, युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा कार्यरत हल्का सवारी चालक मानबहादुर दराई, अर्थ मन्त्रालयमा कार्यरत कार्यालय सहयोगी जनक महत र सडक विभाग काठमाडौमा कार्यरत कार्यालय सहयोगी टहदबहादुर जिरेललाई निजामती सेवा पुरस्कार प्रदान गरिनेछ।

-रासस 
अर्को समाचार
संसदमा बिजनेसविहीन अवस्था आउने संकेत
०१ फागुन २०८१
•
५ मिनेट पाठ
संसदमा बिजनेसविहीन अवस्था आउने संकेत
संघीय संसदलाई फागुन महिनामा बिजनेसविहीन अवस्था आउने सम्भावना देखिन थालेको छ। संसद अधिवेशन सुरु भएको एक महिनापछि बिजनेसविहीन अवस्था आउने भएकाले फागुन १५ सम्म ६ वटा मात्र बैठक राख्ने तयारी भएको छ। माघ १८ देखि ३० सम्मको कार्यतालिका सकिएपछि फागुन १५ सम्मको कार्यतालिका सार्वजनिक गरिँदै छ।




संसद सचिवालयले कार्यसूची अभाव हुन सक्ने पूर्वसंकेत गरेपछि सभामुख देवराज घिमिरेले मंगलबारको संसद बैठकको अन्तिम समयमा बैठकबाटै भनेका छन्, ‘संघीय संसदको बैठक नचलेको दिनमा विषयगत समितिका कामकारबाही अघि बढाउन म समितिका सभापति र माननीय सदस्यको ध्यानाकर्षण गराउँछु।’

संसद मुख्यगरी कानुन निर्माण गर्ने थलो हो, तर उल्लेख्य कानुन निर्माण नभईकन अधिवेशन अन्त्य हुने गरेकाले यस अधिवेशनलाई पनि कानुन निर्माणमा चुनौती देखिँदै आएको छ। चुनौतीको महसुस गर्दै संसदको पहिलो बैठक बसेको दिनमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि कानुन निर्माण नभई विधिको शासन नहुने बताएका थिए। ‘मुलुकमा विधिको शासन हुनुपर्छ। सबै काम कानुनद्वारा निर्देशित हुनुपर्दछ। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो।’

उनको यो भनाइले संसदलाई कानुन निर्माण गर्न उत्प्रेरणा दिएको सांसदहरूको भनाइ छ, तर सरकारले पर्याप्त मात्रामा विधेयक दर्ता नगरेको अवस्था र भएका विधेयकलाई पनि शीघ्र पारित गर्ने अवस्था नदेखिएकाले बिजनेसविहीन हुनसक्ने अवस्था आउने संसद सचिवालयका अधिकारीको भनाइ छ।

सभामुख घिमिरेले बुधबार राजनीतिक दलका प्रमुख सचेतकसँग फागुन १५ सम्म कार्यसूचीमा राख्ने विषयमा अन्तिम टुंगो लगाउन छलफल गरेका थिए। सभामुखले संसद सचिवालयको सहयोगमा बनाएको फागुन १५ सम्म ६ वटा बैठक राख्ने कार्यतालिका प्रमुख सचेतकसमक्ष छलफलका लागि प्रस्तुत गरेका थिए, सभामुखले प्रस्ताव गरेकै कार्यतालिकामा सहमति जुटेको छ। विधेयकको अवस्था हेर्दा ६ वटा बैठकभन्दा बढी राख्ने अवस्था नदेखिएको प्रमुख सचेतकहरूको भनाइ छ।

फागुन १५ सम्ममा ६ वटा बैठक राख्ने र त्यसलाई पुग्ने गरी विषय राखिने ६ सत्तारुढ दल कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए। तर फागुन १५ देखि मसान्तसम्ममा भने कार्यसूचीमा राख्ने विषयको अभाव हुन सक्ने उनले संकेत गरेका छन्। कांग्रेस प्रमुख सचेतक घिमिरेले अध्यादेशलाई कार्यसूचीमा राख्ने विषय फागुन १५ सम्म नरहेको स्वीकार गर्दै भने, ‘अबका दुई हप्ताभित्र संसदीय समितिले केही विधेयक पारित गर्लान् भन्ने आशा छ।’

यसबाट अब समितिमा रहेका विधेयकलाई टुंगो नलागेमा संसद बैठकको कार्यसूचीमा राख्ने विषयको अभाव हुनसक्ने संकेत देखिएको छ। प्रतिनिधिसभाको बैठक बसेको १० दिनभित्र सुरक्षित कारोबार र विधायनसम्बन्धी विधेयक पारित भएका छन् भने राष्ट्रियसभातर्फ मिडिया काउन्सिल विधेयक पारित भएको छ।

अर्थ समितिले पारित गरेको बैंकिङ कसुर तथा सजाय विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेस मात्र भएको छ। यो विधेयक पारित गर्ने चरणमा छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहेको विद्युतीय व्यापारसम्बन्धी विधेयक समितिबाट पारित भई विधेयक प्रतिवेदन माघ २७ गते संसद बैठकमा पेस भएको छ।

यो विधेयक पनि पारित प्रक्रियामा छ। राज्य व्यवस्था समितिले पारित गरेर सदनमा पेस गरेको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक प्रतिवेदन र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी विधेयक प्रतिवेदन पारितको चरणमा छ।

भ्रष्टाचार विधेयक प्रतिवेदन माघ २४ गते पेस भएको थियो भने संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रतिवेदन जेठ २२ गते पेस भएको थियो। अर्थ समितिमा रहेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक छलफलमा रहे पनि यससम्बन्धी अध्यादेश ल्याएकाले यो विधेयकलाई २७ गतेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले फिर्ता लिएका थिए।

प्रतिनिधिसभामा हालै दर्ता भएका नागरिकता विधेयक (दोस्रो संशोधन) विधेयक २०८१, नेपाल प्रहरी विधेयक २०८१, सशस्त्र प्रहरी बल नेपाल विधेयक २०८१ २७ गते पेस भएका छन्। यी विधेयकमाथि सैद्धान्तिक छलफल र संशोधनको समय सकिएपछि समितिमा पठाइने छ।

समितिहरूमा रहेर पारित हुन बाँकी विधेयकमा अर्थ समितिमा धितो पत्र ऐन संशोधन विधेयक, भन्सार विधेयक र बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा विधेयक र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको संघीय निजामती सेवा विधेयक, अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक र निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८०, कानुन, न्याय तथा मानव अधिकार समितिमा रहेका केही नेपाल ऐन संशोधन विधेयक, पूर्वाधार विकास समितिमा रहेको जलस्रोत विधेयक र विद्युत् विधेयक पारित हुन बाँकी छन्।

राष्ट्रियसभा बैठकमा माघ २० गते विधायन व्यवस्थापन समितिबाट पारित भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ को विधेयक प्रतिवेदन पेस भएको छ भने माघ २४ गते हालै दर्ता भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक २०८१ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१ पेस भएका छन्।

माघ २७ गते सामाजिक सञ्जाल विधेयक २०८१ पेस भएको छ भने सोही दिन पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक २०८१ स्वीकृत भई संशोधनको समय पनि सकिएको छ। माघ २८ गते प्रतिनिधिसभाले पारित गरेर सन्देश पठाएको विधायनसम्बन्धी विधेयक टेबुल भएको छ भने सोही दिन मिडिया काउन्सिल विधेयक पारित भएको थियो। मिडिया काउन्सिल विधेयक सन्देशसहित प्रतिनिधिसभामा माघ २९ गते टेबुल गरिएको छ।

समितिहरूलाई कानुन निर्माणको दबाब परेपछि बुधबार राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल गरेको थियो भने शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गरेको थियो। राष्ट्रियसभातर्फ नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल भएको थियो।
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस