जुम्लाको पातारासी गाउँपालिका ४ स्थित लुम काठेपुलबाट खसेर बेपत्ता भएका हरिकृष्ण बुढाको शव फेला परेको छ।
बुधवार लुमकाठेपुलबाट खसेर बेपत्ता भएका बुढाको शव आइतबार पाँच दिन पछि फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले बताए।
प्रहरीका अनुसार २८ वर्षीय बुढाको शव भेटिएसँगै आफन्तबाट सनाखत भइसकेको छ।प्रहरी चौकी डिल्लिचौरबाट प्रहरी सहायक निरीक्षक कबिराम जैसीको कमाण्डमा खटिएको प्रहरी टोली र आफन्तहरूले खोजतलास गर्दै जाने क्रममा घटना स्थलको लुम पुलबाट करिब १३/१४ किलोमिटर तल उर्थुभन्दा माथि शव भेटिएको चन्दले बताए।
उनले भने,पातारासी गाउँपालिका ६ साँग भन्ने स्थानको बिच नदीमा तार जालीमा निज मृतकको पाइन्ट अड्किएको अवस्थामा फेला परेको थियो। बेपत्ता भएकै दिनदेखि सुरक्षा टोलीले खोजी कार्य जारी राखेको थियो। बुधवार बिहानै ८ बजे लासीबाट तल्फी जानेक्रममा १ प १८२० नम्बरको मोटरसाइकल लुमको काठे पुलबाट जवा नदीमा खसेको थियो।