जुम्लाको पातारासी–६ उर्थु गाउँका सुकबहादुर विष्टले बिहीबार बेचेको ३५ क्विन्टल स्याउ बाटोमै अलपत्र परेको छ। बगैंचामै ७० रुपैयाँ किलोमा बेचेर भरेको स्याउ बोकेको ट्रक कर्णाली राजमार्ग पहिरोले अवरुद्ध भएपछि बाटोमै अलपत्र परेको हो ।
‘गगनेखोलामा पहिरोले सडकको निसाना नै नरहने गरेर बगाएको खबर सुन्दैछु,’ उनले भने,‘कहिले सडक खुल्ने हो । कहिले स्याउ बजारसम्म पुग्ने हो भन्ने चिन्ता छ ।’उनको स्याउ व्यापारीले बजारमा बेचेर मात्र रुपैयाँ दिने भनेका छन् । उनका अनुसार सडकमा पहिरो जाने बित्तिकै स्याउको मूल्य पनि किलोमा १० रुपैया घटेको छ । ७ सय बोट स्याउको बगैंचा भएका पातारासी–६ कै भीमबहादुर विष्टले ४५ क्विन्टल स्याउ पठाएका छन् ।
बुधवार देखीको वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएपछि उनले पठाएका गाडी पनि बाटोमै रोकिएका छन् । ‘१० क्विन्टल अलि पहिला पठाएकोले बजारसम्म पुगिसकेको छ,’ भीमबहादुरले भने,‘एक दिनअघि मात्र पठाएको ३५ क्विन्टल स्याउ बाटोमै अलपत्र परेको छ ।’उनका अनुसार तीन दिनसम्म पनि सडक नखुले स्याउ कुहिन्छन् ।
उनले आफ्नो गाउँ उर्थुको ७५ प्रतिशत स्याउ बाटोमै रोकिएको बताए । उर्थुबाट लिइएका ३० गाडी स्याउ बाटोमै रोकिएको किसानहरूले बताएका छन् । यहाँका सयौं किसानले पठाएको स्याउ सडकमा रोकिएको छ ।यो पटक जुम्लामा १५ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएकोमा १० हजार मेट्रिक टन निर्यात हुने प्रक्षेपण गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले हरेक वर्ष सडकले जुम्ली किसानलाई धोका दिँदै आएको बताए । स्याउ बेचेर किसानले ४० करोड जुम्ला भित्र्याउने लक्ष्य राखिएको बताए ।जुम्लामा चार हजार ५ सय हेक्टर क्षेत्रफलमा स्याउ रोपिएको छ । यस्तै जुम्ला तातोपानी (२ डागीबाडा गाउँकी स्याउ व्यापारी जयलक्ष्मी डागीँले बगैंचाबाट टिपेर राखेको स्याउ सडक बन्द भएपछि थन्किएको बताइन् । उनले भनिन्,‘एक दुई दिनमा सडक खुलेत ठिकै होला । नखुल्ने हो भने स्याउ कुहिएर खेर जाने निश्चित छ ।
’२२ वर्षदेखि स्याउको व्यापार गर्दै आइरहेकी उनले जुम्ली स्याउको आफ्नै खाले पहिचान भए पनि सडक राम्रो नहुँदा बर्सेनि किसानले क्षति बेहोरिरहेको दुखेसो पोखिन् । उनले भनिन्,‘बजारमा जुम्ली स्याउको माग अधिक छ । सरकार सडक बनाइदिँदैन । हरेक गाडीबाट १० प्रतिशत स्याउ त हल्लिएरै कुहिने गरेको छ।यस्तै जुम्ला गुठिचौर गाउँपालिका ५ देपालगाउँका स्याउ व्यापारी केशवराज गिरीले आफूले पठाएको स्याउ पनि कालिकोटमै अलपत्र परेको गुनासो गर्छन्।
यता ’जिल्ला प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले कालिकोट खण्डमा मात्रै २२ वटा स्याउका गाडी रोकिएको बताए । पहिरो पन्छाउने काम भइरहे पनि अझै कति समय लाग्ने भन्ने एकिन नभएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले बताए । कर्णाली राजमार्गमा गएको पहिरोले जुम्लाका स्याउ किसानलाई निकै असर परेको भन्दै छिटोभन्दा छिटो सडक खुलाउन पहल गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको ध्यानाकर्षण गरिएको छ ।
हिमा–१ का वडाध्यक्ष रतबहादुर शाहीले अहिले काम भइरहेको र सरकारले प्राथमिकताका साथ पहिरो पन्छाउने कार्य अघि बढाइदिन आग्रह गरेको बताए।२ सय ३२ किमी लामो कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक वर्षा लागेपछि बेला बेलामा पहिरोले अवरुद्ध हुँदै आएको छ । गत असारयता मात्र यो राजमार्ग ४१ दिन अवरुद्ध भइसकेको छ ।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...