बागलुङमा ९ वर्षपछि हनुमान नाच देखाइँदै
१० भदौ २०८१
•
५ मिनेट पाठ
बागलुङमा ९ वर्षपछि हनुमान नाच देखाइँदै
फाइल तस्बिर: बागलुङमा नाचिने हनुमान नाच ।
बागलुङमा ९ वर्षपछि हनुमान नाच देखाइने भएको छ। हनुमान नाच संरक्षण परिषद्ले आगामी मंगलबार विधिवत् पूजाआजा गरी हनुमान नाच देखाउन सुरु गर्ने जनाएको छ।




भाद्र ११ गतेबाट सुरु गरेर आगामी चैतमा हनुमान नाचको समापन गर्ने योजनामा रहेको हनुमान नाच संरक्षण परिषद् बागलुङका मूल कजी ईश्वरप्रसाद श्रेष्ठले बताए। ‘भदौको पहिलो मंगलबार नै निकाल्नुपर्ने हो, त्यो दिन गाईजात्रा परेका कारण निकाल्न सकिएन,’उनी भन्छन्,‘११ गतेबाट हामी विधिवत् सरुवा गर्दैछौं। चैतमा पुगेर समाप्त गर्ने सोचमा छौँ।’

आधिकारिक रुपमा ९ वर्षपछि बागलुङमा हनुमान नाच देखाउन थालिएको हो। बिचमा कोरोना लगायतका समस्याले गर्दा समस्या भएको उनले जानकारी दिए। ‘हनुमान नाच संरक्षण परिषद्को कार्यकाल पाँच वर्षको हुन्छ, एक कार्यकालमा कम्तीमा एक पटक हनुमान नाच निकाल्नुपर्छ भन्ने मान्यता हो,’उनले भने,‘यो फेरी बिजोर वर्षमा निकाल्नुपर्ने भएका कारण कोरोनाले पनि समस्या पा¥यो। ९ वर्षपछि निकाल्दैछौं।’ तीन वा पाँच वर्षमा निकालिँदै आएको आएको हनुमान नाच निकाल्न ढिलाई भएको हो।

शिरमा श्रीराम लेखिएको पट्टी, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्च जोडेर हनुमान जस्तै देखिने एक हुल मानिसहरूको दुई दुई जनाको जाडी बनाएर सङ्गीतको तालमा नाच्नुलाई हनुमान नाच भनिन्छ। हनुमान नाच नेवार समुदायमा प्रचलित सांस्कृतिक नाच हो। मल्ल राजाको पालामा भक्तपुरबाट सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायले नाच्ने गरेका छन्। पुर्खाले आफ्नो उद्गमस्थलबाट लिएर आएको धार्मिक संस्कार अनुसार नाच्ने गर्छन्। जनशक्तिको हिसाबले धेरै जना कलाकार आवश्यक पर्ने र आर्थिक रुपमा पनि खर्चिलो हुने गरेको हनुमान नाच जोगाउनका लागि कठिन पर्दै गएको मूल कजी श्रेष्ठको भनाई छ।

‘१३ जोडी त कलाकार नै हुन्छन्, कसैलाई केही अप्ठ्यारो पर्दा उसको ठाउँ लिने थप कलाकार तयारी अवस्थामा राख्नुप¥यो,’उनले भने,‘महिनौँसम्म अभ्यास गर्नुपर्छ। आर्थिक रुपमा र कलाकार जोहो गर्न पनि कठिन हुने गरेको छ।’ हनुमान नाचमा कलाकार बनेर सहभागी हुन सजिलो छैन। कडा अनुशासन र आचार संहिता पालना गरेर मात्रै कलाकार बन्न पाइन्छ। हनुमान नाचमा सहभागी हुने कलाकारलाई शपथ खुवाएर मात्रै सहभागी गराउने मूल कजी श्रेष्ठ बताउँछन्।

‘हनुमान बनेर नाच्ने र यसमा सहभागी हुने सबै कलाकार अनुशासनमा बस्नुपर्ने हुन्छ, हनुमानको भूमिकामा रहने भएकाले यो अवधिभर शारीरिक संसर्गबाट टाढा हुनुपर्छ,’उनी भन्छन्,‘कलाकार मात्र होइन यसमा सहभागी सबैलाई यो कुरा लागु हुन्छ। घरमा जुठो सुत्केरो परेको बेला श्रीमती रजस्वला भएको बेलामा पनि यसमा सहभागी हुन मिल्दैन।’ यो नेवार समुदायको परम्परा, संस्कृति, धार्मिक मूल्य मान्यतामा आधारित नाच हो।

धार्मिक, सांस्कृतिक र चारित्रिक रुपमा ठिक ठाउँमा राख्न पनि यसले सघाउ पुग्ने विश्वासले यो नाचमा सहभागी हुन्छन्। यसले मनोरञ्जनसँगै शारीरिक व्यायाम पनि हुन्छ। हनुमान नाच संरक्षण परिषद् बागलुङका प्रथम उपाध्यक्ष युवराज राज भण्डारी भन्छन्,‘यो नाच देखाउने समयमा हामी करिब एक महिना त तालिम नै गर्छौं, लामो अभ्यास नगरी नाच्न सकिँदैन।’ यस पटक पनि एक महिनादेखि हनुमान नाचको तयारी चलिरहेको छ। तीन सय वर्ष अगाडि देशका विभिन्न ठाउँबाट बागलुङ आएका नेवार समुदायले आफूसँगै लिएर आएको संस्कृतिको रुपमा हनुमान नाच रहेको लोकसंस्कृतिका अध्येता साहित्यकार प्रेम छोटा बताउँछन्।

‘झण्डै तीन सय वर्ष अगाडि देशका विभिन्न ठाउँ भक्तपुर, बनेपा, ठिमी लगायतका ठाउँबाट बागलुङ आएको नेवार समुदायले सँगै लिएर आएको परम्परागत संस्कृति हो हनुमान नाच,’उनी भन्छन्,‘लोकसंस्कृति भनेको मानिस एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण हुँदा सँगै जाने चिज हो।’ यो हनुमान नाच अहिले बागलुङमा जीवित रहँदा अन्यत्र लोप भैसकेको उनले बताए। ‘अहिले भक्तपुर बनेपामा यो देख्न पाइँदैन,’उनले भने,‘बागलुङमा अहिलेसम्म पनि जोगाएर राख्न सकिएको छ। यो सबैका लागि गौरवको विषय पनि हो।’

नेवार समुदायहरू शक्तिमा आश्रित हुने भएकाले पनि शक्तिको रुपमा हनुमानलाई खुसी बनाउन यस्तो गरिएको उनको विश्लेषण छ। ‘हनुमानलाई पूजा ग¥यो र खुसी बनायो भने कुनै पनि खालको बिघ्न बाधा आउँदैन भनेर शक्तिको प्रतीक मानेर यो चलन चलाएको पाइन्छ,’उनले भने। हनुमान नाच देखाउनका लागि करिब ५०÷६० जना प्रत्यक्ष सहभागी हुनुपर्ने हुन्छ।  ‘२६ जना त नाच्ने मात्रै हुन्छन्,’उनले भने,‘त्यसमा बाजा बजाउने र अन्य सहयोगीहरू गरेर झण्डै ५०÷६० जनाको आवश्यकता पर्छ। धेरैको संख्या आवश्यक पर्ने भएकाले पनि यसलाई सञ्चालन गर्न चुनौती छ।’

रोगव्याधी र महामारी नआओस्, अनिकाल नपरोस् भनेर हनुमान नाच नचाउने उनको भनाई छ। 

हनुमान नचाउँदा विभिन्न ताल छ। कलाकारले बाजाको तालमा एक अर्काले लट्टी ठोक्नुपर्ने हुन्छ। विभिन्न प्रकारका ताल छोपेर नाच्नु पर्छ। देवालय, सलामी, छ ताल, बाह्र ताल, २४ ताल, लङ्का पार गर्ने पद्धति लगायतका नाचले निकै रमाइलो बनाउँछ। हनुमान नाचमा संलग्न पूजारतले सेता गन्जी  र कछाड बाँध्ने गर्छन्। नाच्नेहरू ‘हनुमानको स्वरूप’मा उत्रिन्छन्। विभिन्न तालमा बाजा बजाउँदा अन्य व्यक्तिहरूको पनि शरीरमा कम्पन पनि हुने गर्छ। उनी भन्छन्,‘वीर चढ्ने भनिन्छ, तालमा बाजा बजाउँदा नाच्नेलाई मात्र होइन बाहिर बसेर हेर्ने मानिसहरूको पनि शरीर कम्पन हुन्छ।’ त्यति बेला पूजारी धूप सुँघाएपछि ठिक हुन्छ। प्रचलन अनुसार यो नाच भदौ महिनाको शनिबार, मंगलबार र बिहीबार देखाउन चलन हो।

२०१६ सालमा राजा महेन्द्र बागलुङ आउँदा पहिलो पटक हनुमान नाच आफ्नो समय भन्दा फरक समयमा देखाउन थालिएको थियो। हनुमानले खुट्टामा घलङ (बझाउने मुजुरा) बाँधेर नाच्छन्। दुई पण्डितहरूले धूप बालेर विधिवत् पूजा गर्ने गर्दछन्। निधारमा रातो टीका र माला पनि लगाउँछन्। नेवार परम्परासँग जोडिएको संस्कृति भए पनि यसमा अन्य समुदायलाई पनि सहभागी गराउने गरिएको हनुमान नाच संरक्षण परिषद्का सचिव जय राज भण्डारी बताउँछन्। ‘नेवारी संस्कार भए पनि अन्य जातिका पनि युवाहरू सहभागी हुन्छ,’उनले भने,‘विगतमा खड्का, क्षेत्री युवाहरू सहभागी थिए। यसपालि एक  जना मगर भाइ हामीसँगै सहभागी हुनुहुन्छ।’

बागलुङका नेवार युवाहरूको संस्था नेवा ल्याम पुचःको अगुवाइमा यस पटक हनुमान नाचलाई प्रस्तुत गर्ने वातावरण सिर्जना गरिएको उनी बताउँछन्। नेवारी संस्कृति र चाडबाडहरू केही खर्चिलो भएको र बसाइँ सराइले गर्दा पनि सबै प्रकारका संस्कृतिहरू जोगाउन कठिन हुँदै गएको नेपाल भाषा मंका खलः बागलुङका सचिव सुदिप राज भण्डारी बताउँछन्। ‘हाम्रा परम्परा र संस्कारहरू केही खर्चिलो पनि छन्, पछिल्लो समयमा त बसाइँ सरेर जाने ठूलो संख्याले पनि अप्ठ्यारो पारेको छ,’उनी भन्छन्,‘कतिपय हाम्रा परम्परागत संस्कृतिहरू हराएर गएका पनि छन्। हामी त्यसको खोजी गरिरहेका छौँ तर भने जस्तो उपलब्धि भएको छैन।’

हनुमान नाचलाई जीवन्त राख्नका लागि यस पटक डकुमेन्ट्री बनाउने तयारी रहेको उनले बताए। हनुमान नाचमा भारतीय र तिब्बती संस्कृतिको मिश्रणको रुपमा रहेको काजी गाउँले श्रेष्ठ बताउँछन्। 
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस