राजनीतिक दबाब सिर्जना गरी इन्जिनियरिङ सेवाका वरिष्ठ सहसचिवहरू इन्जिनियर सचिवको दरबन्दी बढाउन सक्रिय भएर लागेका छन्। प्रशासन सेवा, न्याय सेवा र इन्जिनियरिङ सेवाबीच ठुलो भेदभाव भएको भन्दै उनीहरू सबैलाई समान अवसरको व्यवस्था हुनुपर्ने भन्दै दरबन्दी बढाउने कसरतमा लागेका हुन्। इन्जिनियरिङ सेवामा सचिवको दरबन्दी ११ बाट कम्तीमा १३ पुर्याउन उनीहरूले राजनीतिक भेटघाटलाई तीव्रता दिएका हुन्।
वरिष्ठ सहसचिवहरू प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय विष्णु पौडेल र प्रकाशमान सिंह, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का तथा विभिन्न पार्टीका शीर्ष नेताहरूसँग भेटघाट गरिसकेका छन्।
यसैगरी नेपाली कांग्रेसका नेताहरू पूर्णबहादुर खड्का र गगन थापा, एमालेका नेता शंकर पोखरेल तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेसँग भेटघाट गरिसकेका छन्। उनीहरूले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्रसमेत बुझाइसकेका छन्।
यसैबाहेक उनीहरूले अन्य पार्टीका नेताहरूसँग पनि भेटघाट गरिसकेका छन्। भेटघाट गत असारदेखि सुरु भई हालसम्म जारी छ। नीति, नियम, नियमावली, मापदण्ड र कार्यविधिको मस्यौदा बनाउने ठाउँमा प्रशासन सेवा र न्याय सेवाका कर्मचारीहरू आफै बस्ने हुँदा निजामती क्षेत्रमा इन्जिनियरिङ सेवाका कर्मचारीभन्दा प्रशासन सेवा र न्याय सेवाका कर्मचारीहरू सुरुदेखि नै हाबी हुँदै आएका छन्।
सहसचिवबाट सचिवमा बढुवा हुँदा प्रशासन सेवामा १० सहसचिवबराबर एक जना सचिवमा बढुवा हुने व्यवस्था छ। यसैगरी न्याय सेवामा नौ सहसचिवबराबर एक जना सचिवमा बढुवा हुने व्यवस्था छ। तर इन्जिनियरिङ सेवामा भने १७ सहसचिवबराबर एक जना सचिवमा बढुवा हुन सक्ने व्यवस्था छ। यस्तो व्यवस्थाले गर्दा इन्जिनियरिङ सेवाका सहसचिवहरूलाई सचिवमा बढुवा हुन कम्तीमा १२ देखि १७ वर्ष लाग्छ।
प्रशासन सेवामा सहसचिवबाट सचिवमा बढुवा हुन १० देखि १२ वर्ष मात्र लाग्छ । न्याय सेवामा अझै चाँडै बढुवाको अवसर मिल्छ। यसको मुख्य कारण हो, सचिव पदमा इन्जिनियरिङ सेवाको दरबन्दी कम हुनु। प्रशासन सेवामा इन्जिनियरिङको तुलनामा धेरै बढी दरबन्दी छ। अहिलकी मुख्य सचिव लीलादेवी गड्तौला २०७० सालमा सहसचिवमा बढुवा भएकी हुन्। ११ वर्षमै उनी सहसचिवबाट सचिवमा बढुवा हुँदै मुख्यसचिवसम्म भएकी छन्।
तर इन्जिनियरिङ सेवामा २०६३ सालमा सहसचिव भएका कर्मचारीहरू अझै सचिव हुन पाएका छैनन्। त्यसैले ‘जुनियर’ मुख्य सचिवको अन्डरमा ‘सिनियर’ इन्जिनियर सहसचिवले काम गर्नुपरेको एक इन्जिनियर सहसचिवले गुनासो पोखे।
राजनीतिक भेटघाट तीव्र पारेका एक सहसचिवले भने, ‘हामीले गरेको राजनीतिक भेटघाट र लबिङमा प्रधानमन्त्री, मन्त्रीलगायत सबै पार्टीका नेताहरूले त्यस्तो व्यवस्थालाई सच्याउने भन्नुभएको छ। कहिले सच्याउनुहुन्छ, त्यो भने हेर्न बाँकी छ।’
अहिले सचिवको कुल दरबन्दी ७० छ। त्यसमा इन्जिनियरिङ सेवाको दरबन्दी नौ मात्र छ। पहिले इन्जिनियरिङ सेवाको दरबन्दी ११ थियो, त्यसमा पनि कटाएर नौ बनाइएको छ। प्रशासन सेवा र न्याय सेवाका सचिव तथा वरिष्ठ सहसचिवहरूले फेरि इन्जिनियरिङ सेवामा सचिवको दरबन्दी कटाउन सक्ने डर इन्जिनियरिङ सेवाका सहसचिवहरूलाई छ।
यतिबेला सविचको दरबन्दी संख्या घटाउन तयारी भएको छ। यसमा फेरि इन्जिनियरिङ सेवा मारमा पर्न सक्ने आशंका उनीहरूलाई छ। त्यसैले उनीहरूले यो अभियान तीव्र बनाएका हुन् । इन्जिनियर सेवाको दरबन्दी राख्नैपर्ने ठाउँमा समेत प्रशासन सेवाको दरबन्दी राखिएको, त्यसैले परिणाम राम्रो दिन नसकेको उनीहरूको भनाइ छ।
त्यसैले इन्जिनियरिङ सेवाको दरबन्दी कम्तीमा १३ देखि १४ सम्म पुर्याउनुपर्ने उनीहरूको माग छ।सार्वजनिक खरिद अनुमगन कार्यालय (पिपिएमओ), सूचना तथा सञ्चार मन्त्रालय, लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयमा सचिवको दरबन्दी इन्जिनियरिङ सेवाको हुनुपर्ने उनीहरूको माग छ। यस अभियानमा मधु भेटवाल, सुशीलबाबु ढकाललगायत वरिष्ठ सहसचिवहरूले अगुवाइ गरिरहेका छन्।
इन्जिनियरिङ सेवामा सचिवको दरबन्दी बढाउन संघीय निजामती सेवा ऐन संशोधन गरिरहनुनपर्ने, निजामती सेवा नियमावली संशोधन गरे पुग्ने उनीहरूको तर्क छ। ऐन संशोधन गर्नुनपरे मन्त्रिपरिषद्ले नै नियमावली संशोधन गर्न सक्छ । ऐनमा विभिन्न सेवाको व्यवस्था छ भने सहसचिवबाट सचिवमा बढुवा प्रणालीको विषयमा नियमावलीमा व्याख्या गरिएको छ।
‘देशले निर्माण र उत्पादन खोजिरहेको छ। निर्माण र उत्पादनमा संलग्न इन्जिनियरिङलाई मर्कामा पार्ने हो भने देशले कसरी विकासको अभियानमा फड्को मार्छ ?’
यस अभियानमा लागेको एक इन्जिनियर सहसचिवले भने। भिजन नेपाल २०२४ मा पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको भन्दै यस अभियानको अगुवाइ गरिरहेका सुशीलबाबु ढकालले भने, ‘त्यसैले विकास निर्माण र उत्पादनमा संलग्न प्राविधिक कर्मचारीहरूलाई राज्यले स्पेस दिओस् भन्ने हाम्रो माग हो।’
राष्ट्रिय किताबखानाका अनुसार यतिबेला इन्जिनियरिङ सेवामा सहसचिवहरूको दरबन्दी एक सय ५३ छन्। इन्जिनियर समूहमा सचिवको दरबन्दी थप हुँदा आधुनिक प्रविधि अनुसरण गर्न सहज हुने र यसबाट निर्माण कार्यकुशलता, कार्यदक्षतामा सुधार भई र सेवा प्रवाह प्रभावकारी हुने उनीहरूको तर्क छ।
यसैगरी अनुगमन, विकास नीति र गुरुयोजनाको निर्माण प्रभावकारी हुने, पूर्वाधारको दिगोपनाका लागि आवश्यक नीति निर्माण र कार्यान्वयनमा ध्यान केन्द्रित हुने, पूर्वाधारमा हुने लगानी सुरक्षित हुने, विकास प्रशासनका समस्या र समस्या समाधान गर्न सहज हुन तर्क उनीहरूले राखेका छन्।