सीमसार क्षेत्र कान्तितालमा मोटरबोट सञ्चालनले चराको बासस्थान सङ्कटमा
०७ भदौ २०८१
•
२ मिनेट पाठ
सीमसार क्षेत्र कान्तितालमा मोटरबोट सञ्चालनले चराको बासस्थान सङ्कटमा
सीमसार क्षेत्रका रूपमा रहेको नेपालगञ्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको बासस्थान सङ्कटमा पर्ने जोखिम बढेको छ। तालको स्वरुप परिवर्तन गरेर त्यहाँ मोटरबोट चलाउन प्रयास भएकाले चराको बासस्थान सङ्कटमा परेको संरक्षणकर्मीले बताएका हुन्।




नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं २१ र २२ मा पर्ने २५ बिघा क्षेत्रफलमा फैलिएको तालमा संरक्षित चराका रूपमा रहेको दुर्लभ सारसलगायत परम्परागत र आगन्तुक चराको बासस्थान सङ्कटमा परेको ‘फ्रेन्ड्स फर वाइल्ड लाइफ कन्जरभेसन’का अध्यक्ष आशिष चौधरीले बताए। सो स्थानमा साइबेरिया, थाइल्याण्ड र मलेसियाबाट आगन्तुक चरा आउने गर्छन्।

पक्षी संरक्षण समाज र नेपाल चराविज्ञ एशोसिएसनको विज्ञ टोलीले डेढ घण्टासम्म सर्भे गर्दा ३२ प्रकारका परम्परागत र आगन्तुक चराको बासस्थान रहेको तालमा तीन प्रजातिका कमलका फूल फेला परेको उल्लेख गरेको छ। ‘यसलाई जैविक विविधता र बर्ड पार्कका रूपमा विकास गर्नुपर्छ’, संरक्षणकर्मी चौधरीले भने।

मोटरबोट चल्दा त्यसले पर्यावरणमा नोक्सानी हुने औँल्याउँदै उनले कान्तिताल चराको आहाराको स्रोत भएको बताए। ‘तालमा चराको प्राकृतिक आवास भएकाले त्यहाँ धेरै चरा रमाउँछन्,’ उनले भने।

अध्यक्ष चौधरीले इन्धनबाट चल्ने मोटरबोटले चराको प्राकृतिक बासस्थान नष्ट हुने उल्लेख गर्दै ‘प्राकृतिक सिमसारका रूपमा रहेको तालमा मोटरबोट चलाउन लागेको कुराले आफूलाई चिन्तित बनाएको बताए। 

‘यसले तालबाट आश्रित दुर्लभ चराको प्राकृतिक बासस्थान स्वतः नष्ट हुने निश्चित छ’, उनले भने। मोटरबोट चलाउन अनुमति दिने नेपालगञ्ज उपमहानगरपालिका र चलाउन खोज्ने ठेकेदारको कदमप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको संरक्षणकर्मी चौधरीले बताए।

उक्त तालमा आश्रय लिइरहेका चराको हरेक वर्ष गणना हुँदै आएको छ। दुई वर्षअघि गरिएको गणनाअनुसार पहिलो वर्ष यहाँ २५ प्रजातिका चरा फेला परेका थिए। दोस्रो वर्ष घटेर २२ प्रजातिका चरा फेला परेका छन्। आगामी हिउँद सिजनमा पनि चरा गणना गर्ने संरक्षणकर्मीको योजना छ।

तालमा दुर्लभ पक्षी सारस, अन्य परम्परागत चरा, विभिन्न प्रजातिका सरीसृप, दुर्लभ प्रजातिको मलाहा बिरालो (फिसिङ क्याट) लगायतको बासस्थान छ। यहाँ गर्मीयाममा युरोप, मध्यपूर्वी एसिया, इण्डोनेसियाबाट आएका चराले बासस्थान बनाउँछन् भने जाडोयाममा साइबेरिया, उत्तरी चीनलगायत देशबाट चरा आउँछन्।

बसाइँ सरेर आउने आगन्तुक चराले पनि तालमै बच्चा उत्पादन गर्ने गर्छन्। सारसले पनि कान्तिताललाई प्रजननस्थल बनाउँदै आएको छ। ‘सारसको प्रजननस्थल पनि हो कान्तितालु, अध्यक्ष चौधरीले भने, ‘ताल सारसका लागि बाँके र बर्दियाकै राम्रो बासस्थान मानिन्छ।’ रासस
अर्को समाचार
कान्ति ताल सञ्चालन सम्बन्धी सम्झौता पत्रको ‘अपव्याख्या’ गर्दै ठेकेदार
११ भदौ २०८१
•
४ मिनेट पाठ
कान्ति ताल सञ्चालन सम्बन्धी सम्झौता पत्रको ‘अपव्याख्या’ गर्दै ठेकेदार
‘प्राकृतिक सिमसार’ कान्ति ताल सञ्चालन सम्बन्धी सम्झौता पत्रमा नेपालगन्ज उपमहानगरपालिकाले बोटिङ, माछा पालन र पर्यटनको काम गर्न ठेकेदारलाई १० वर्षका लागि अनुमति दिएको देखिन्छ। २०७८ साउन २७ गते भएको उक्त सम्झौतालाई सोही वर्षको भदौं १ गतेदेखि लागु गरिएको छ।




ठेक्कामा कबोल गरिएको वार्षिक २२ लाख ५१ हजार रुपैयाँ मध्ये ५ प्रतिशतले हुने रकम १ लाख १२ हजार ५ सय ५० रुपैयाँ उपमहानगरपालिकाको खातामा धरौटी रकम ठेकेदारले जम्मा गरेको उल्लेख छ।

सोही सम्झौता पत्रमा उल्लेख गरिएको ‘बोटिङ’ शब्दको अपव्याख्या गरेर अहिले ठेकेदारले प्राकृतिक सिमसारको अस्तित्व मेटाउने गरी मोटर बोट चलाउन खोजेको पाइएको छ।

सम्झौताको ९ नम्बर बुँदामा उपमहानगरपालिकाले साधारण खालको डुंगा अर्थात बोटिङ(इन्धन रहित) सञ्चालन गर्नका लागि सोही अनुसारको भाडा दररेट निर्धारण गरेको पाइएको छ।

सम्झौतामा बोटिङ दर (मुल्य अभिवृद्धि कर सहित) सर्वसाधारणलाई बोटिङ गराउँदा एक फन्को लगाए वापत प्रतिब्यक्ति ५० रुपैयाँ र एक घण्टासम्म बोटिङ गराए वापत प्रतिब्यक्ति १ सय रुपैयाँ मात्र शुल्क लिन पाउने निर्धारण गरिएको छ।

सोही सम्झौतामा हरेक ३/३ वर्षमा उपमहानगरपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम बोटिङ शुल्क परिमार्जन भएमा सोही बमोजिम हुने पनि भनिएको छ। सम्झौतामा उल्लेखित शुल्क, आम्दानी बाहेक अन्य कुनैपनि प्रकारका शुल्क लिन नपाइने स्पष्ट रुपमा लेखिएको छ।

करिव तीन वर्षअघि ठेकेदार र उपमहानगरपालिका कार्यालयबीच कान्ति ताल सञ्चालनका सम्बन्धमा उक्त सम्झौता हुँदा ‘मोटरबोट’ को अवधारणा आएको थिएन। उपमहानगरपालिकाले सम्झौतामा उल्लेख गरेको ‘बोटिङ’ शब्द मोटरबोट नभएर इन्धनरहित डुंगा नै भएको उपमहानगरपालिकाका कर्मचारी बताउँछन्।

तत्कालिन समयमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको हैसियतले सम्झौता पत्रमा हस्ताक्षर गरेका उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख (उपसचिव) गोरखबहादुर थापाले कान्ति ताल सञ्चालन तथा व्यवस्थापनका लागि ठेक्का सम्झौता गर्दा त्यतिबेला मोटर बोटको अवधारणा नआएको र सञ्चालन गर्ने कुरा कल्पना नै नगरिएको बताउँछन्। ठेकेदारले अहिले आएर बोटिङ शब्दको अपव्याख्या गरेर मोटर बोट चलाउन नपाउने उनको भनाइ छ।

‘त्यतिबेला मोटरबोटको अवधारणा नै आएको थिएन, कान्ति तालमा मोटर बोट चलाउने कुराको कल्पना नै गरिएको होईन, सम्झौतामा उल्लेख गरिएको ‘बोटिङ’ भन्नाले इन्धनबाट नचल्ने सामान्य खालको ढुंगालाई भनिएको हो, सोही अनुसार हामीले निर्धारण गरेको शुल्कले पनि प्रष्ट्याउँछ,’ उपसचिव थापाले भने ‘एक सय रुपैयाँ तिरेर सर्वसाधारणलाई एक घण्टासम्म मोटरबोट चढाउन सम्भव होला र ?’

उपमहानगरपालिकाले कान्ति तालको अस्तित्व मेटाउने कुरा कल्पना समेत गर्न नसकिने थापाले बताए। ‘त्यतिबेला सम्झौतामा हस्ताक्षर गर्ने व्यक्ति भएकाले म प्रष्ट्याउन चाहन्छु, सम्झौता पत्रमा उल्लेख भएको शब्दलाई अपव्याख्या गरेर मनपरी गर्ने छुट ठेकेदारलाई छैन,’ उनले थपे। उपमहानगरपालिकाका इन्जिनियर निमेश शर्माले कान्ति तालमा ‘पुर्वाधार निर्माण’ र ‘आय ठेक्का सञ्चालन/व्यवस्थापन’ सम्बन्धी दुई अलग योजनाको ठेक्का गरिएको प्रष्ट्याए। ‘परम्परागत रुपमा रहेको ताललाई वरिपरी घेराबार(पर्खाल), सडकसहितको पुर्वाधार निर्माणको काम भयो,’ त्यसपछि ताल सञ्चालन र व्यवस्थापनका लागि ठेक्का सम्झौता गरिएको होे,’ उनले भने।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ निवासी ठेकेदार फनबहादुर गुरुङले सम्झौता पत्रमा उल्लेख भएको ‘बोटिङ’ शब्द नै मोटर बोट सञ्चालनका लागि पर्याप्त आधार भएको दाबी गर्छन्। ‘त्यतिबेला मोटरबोटको अवधारणा नआएपनि अहिले मोटरबोट बाहेक अरु सामान्य खालका बोट चलाउने कुरै भएन, समय अनुसार चलाउन खोजिएको हो,’ उनले भने ‘हामीले जसरी भएपनि मोटर बोट चलाउँछौं।’ तालमा पानीको अवस्था हेरेर मोटर बोट सञ्चालन गर्ने र त्यसका लागि मोटर बोट खरिद गरिसकेको गुरुङले बताए।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ र २२ मा २५ विघा क्षेत्रफलमा फैलिएको उक्त तालमा मोटर बोट सञ्चालन भएमा ‘प्राकृतिक सिमसार’ क्षेत्रको अस्तित्व नै समाप्त हुने भन्दै संरक्षणकर्मी तथा सरोकारवालाले आपत्ती जनाइरहेका छन्। तालमा दुर्लभ पंक्षी सारशसहित जलअप्सरा, जुरे कोईली, हाँस लगायत विभिन्न प्रजातिका स्वदेशी तथा विदेशी आगन्तुक चराले आश्रय लिइरहेका छन्। यस्तै तालमा विभिन्न प्रजातिका कमलको फुलसहित अन्य वनस्पती तथा जलचर जीव, जन्तुको पनि राम्रो बासस्थान रहेको संरक्षणकर्मी बताउँछन्। कान्ति तालमा मोटर बोटको विकल्प खोज्न संरक्षणकर्मीले आग्रह गर्दै आएका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस