जुम्लाको गुठिचौर गाउँपालिका-४ उखाडी गाउँका रामाकान्त पाण्डेको स्याउ बगैंचा अहिले राताम्य भएको छ। उनका करिब ८ सय बोट मध्ये ४ सयमा स्याउ फलेका छन्। स्याउ पाकेसँगै बारी राताम्य बनेका छन्। जसले पाण्डेको मुहारमा चमक थपिदिएको छ।
"स्याउले कलर दिइसकेको छ," उनले उत्साहित हुँदै सुनाए। पाण्डेले २०५३ सालमा मष्ठ माणु कृषि तथा स्याउ फार्म स्थापना गरी स्याउ खेती सुरु गरेका थिए।
यस्तै, सिँजा गाउँपालिका-५ गोरागाउँका रामसिंह रावलको बगैंचामा झन्डै ७ सय स्याउका बिरुवा राेपेका थिए।, जसमा हाल ३ सय बाेटले फल दिन थालेका छन्।
राता हुँदै जुम्ली स्याउ । तस्बिर गाेल्डेन/नागरिकउनले गत वर्ष स्याउ बेचेर पाँच लाख रुपैयाँ आम्दानी गरेका थिए। यस वर्ष ८ लाख रुपैयाँसम्म आम्दानी गर्ने उनको लक्ष्य छ। "स्याउ पाक्न लागेसँगै जुम्लाका गाउँहरू राताम्य भएका छन्। स्याउ जुम्लाको आम्दानीको प्रमुख स्रोत हो," रावलले सुनाए।
राता भइसकेका जुम्ली स्याउ । तस्बिर गाेल्डेन/नागरिकजुम्लाको एक नगरपालिका र सात गाउँपालिकाका ६० वटा वडामा स्याउ फल्ने गर्छ। यहाँ रेड, रोयल, र गोल्डेन जातका स्याउ फल्छन्। स्याउ पाक्न थालेपछि बगैंचामा व्यापारीहरूको चहलपहल बढेको छ। किसानहरू स्याउ टिप्न व्यस्त छन् भने व्यापारीहरू स्याउ खरिद गर्न बगैँचामै पुग्न थालेका छन्।
जुम्लाको प्रमुख आम्दानीको स्रोत मानिएको स्याउ जिल्ला बाहिर निर्यातका लागि स्थानीय तहले सिफारिस दिन सुरु गरिसकेका छन्।
कृषि विकास कार्यालयले भदौको पहिलो सातासम्म स्याउ नटिप्न सूचना जारी गरेको थियो, तर केही किसानहरूले सुर्खेत र नेपालगन्जसम्म स्याउ पठाइसकेका छन्।
तिला-७ की लक्ष्मी रोकायाले प्रतिकेजी ७० रुपैयाँमा स्याउ बेचेको बताइन्। "यो पटक स्याउले छिटो कलर दिएको छ, उत्पादन पनि ठिकै भयो र मूल्य पनि राम्रो पाइयो," उनले खुसी व्यक्त गरिन्।
जिल्ला कृषि विकास कार्यालयका अनुसार, यस पटक ३ हजार ९ सय हेक्टरमा स्याउ रोपिएको छ, र १९ हजार घरधुरीमा स्याउ बगैंचा छन्। यो वर्ष १५ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ। जसमा ८ हजार मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात हुने अपेक्षा गरिएको छ। यसबाट ४० करोड रुपैयाँ आम्दानी हुने देखिएको छ।
कृषि कार्यालयका प्रमुख बालकराम देवकोटाका अनुसार, जुम्ली स्याउ सुर्खेत, नेपालगन्ज, बुटवल, भैरहवा, काठमाडौं लगायतका सहरहरूमा निर्यात हुँदै आएको छ।
यद्यपि, स्याउको भण्डारण र बजार व्यवस्थापनमा राज्यले चासो नदेखाएको किसानहरूको गुनासो छ। स्याउ ढुवानी गर्ने कर्णाली राजमार्ग हिलाम्मे र धुलाम्मे हुने भएकाले निर्यात गर्न कठिन भइरहेको व्यापारीहरु बताउँछन्।
जुम्ली स्याउलाई कुनै केमिकल प्रयोग नगरी उत्पादन गरिने भएकाले अर्ग्यानिक स्याउ पनि भनिन्छ। पछिल्लो समयमा जुम्लाले स्याउका बिरुवा र दाना बेच्न थालेको छ। जसले यहाँको अर्थतन्त्रमा योगदान पुर्याइरहेको छ।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...