सुनसरीमा एक पुरुषको हत्या
०४ भदौ २०८१
•
१ मिनेट पाठ
सुनसरीमा एक पुरुषको हत्या
सुनसरी गढी गाउँपालिकाका एक पुरुषको घाटी रेटेर हत्या गरिएको छ।




गढी वडा नं. ६ का ४६ वर्षे ज्ञानचन्द ऋषिदेवको हत्या भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।

ऋषिदेवको घाटी रेटेर हत्या गरेको अवस्थामा गढी वडा नं. २ मा सोमबार शव फेला परेको हो।

हत्या गरेर शरीर एक स्थानमा फ्याँकिएको र टाउको केही पर फ्याँकिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक मोहन पोखरेलले बताए। हत्यामा संलग्न भएको आशंकामा एक जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको र अन्यको खोजी भइरहेको छ। 
अर्को समाचार
सासुको योजनामा ज्वाईंको हत्या, २५ सयको लोभमा हत्या
२६ असार २०७७
•
२ मिनेट पाठ
सासुको योजनामा ज्वाईंको हत्या, २५ सयको लोभमा हत्या
आफ्नै सासुको योजनामा सुनसरीमा एक पुरुषको हत्या भएको खुलेको छ । सुनसरी देवानगञ्ज वडा नं. ७ का २५ वर्षे मिथुनकुमार उरावको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । मिथुनको शव असार ६ गते गढी गाउँपालिका वडा नंं. ६ को खोला किनारामा भेटिएको थियो । 




प्रहरीले हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई बुधबार पक्राउ गरि मुद्दा चलाएको छ। प्रहरीले गढी गाउँपालिका वडा नं. ६ का मृतकका ससुरा रामदेव उराँव, सासु छवनीदेवी उराँव, ससुराली घरका छिमेकी अजयकुमार उराँव, अरविनकुमार उराँव र पत्नी प्रमिला उराँवलाई पक्राउ गरि मुद्दा चलाएको हो । पक्राउ परेकालाई कर्तब्य सम्बन्धी ज्यान मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनायो । 

घटना विवरण अनुसार असार ३ गते मिथुन श्रीमतीसहित गढी वडा नं. ६ मा ससुराली घर रामदेव उराँवमा जान्छन् । मिथुनकी सासु छवनीदेवीले ‘मेरो ज्वाईले छोरीलाई धेरै कुटपिट गरेर दुःख दिने भएकाले गर्दा ठिक पार्नुछ । मेरो घरमा ज्वाइ आएका छन्’ भनी सोही ठाउँका ३५ वर्षे अरबिनकुमार उरावसँग सल्लाह गरिन् । सोही दिन मृतककी श्रीमती प्रमिला आफ्नो श्रीमानलाई छोडेर साँझ ७ बजे तिर आफ्नो घर देवानगञ्ज फर्किएन् । 

साँझ ससुरा रामदेव र सासु छवनी देवीले ज्वाई मिथुनलाई घरेलु रक्सी खुवाई मताए । मातेपछि योजना अनुसार राति ११ बजेतिर छिमेकी अजयकुमार उराँव र अरविन कुमार उराँवलाई छवनीदेवी बोलाएर घरेलु रक्सी खुवाइन् । रक्सी खाईसकेपछि मध्यरातमाा अजयकुमार र अरविनकुमारलाई छवनीदेवी–रामदेवले आफ््नो आगनमा रहेको कल छेउमा लगि यसलाई घर पुर्‍याउने भनि लगेर बाटामा मारिदिनु तिमीहरुलाई पछि जनही दुई हजार पाँच सय दिने भनी लोभ देखाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पैसाको लोभ देखाएपछि अजयकुमार र अरविनकुमारले गोजीमा प्लाष्ट्रिकको डोरी बोकी मृतक मिथुनलाई घर वाट पूर्व बुढीखोलाको पुल माथि पुर्‍याएर पुलको दक्षिण साईडमा बसाई अजयकुमारले खुट्टा समाति अरविनकुमारले घाटीमा डोरीले कसि उत्तानो पारी डोरी तानी मारेको अनुसन्धानबाट खुलेको छ । 

मिथुनको असार ६ गते गढी गाउँपालिका वडा नंं. ६ को बुढीखोला पूर्व किनारमा माटोले पुरिएको अवस्थामा फेला परेको थियो । असार १० गते देवानगञ्ज वडा नं. ७ का मिथुनका बाबु जगदिसले छोरा बेपत्ता भएको प्रहरीमा उजुरी दिएपछि खोजतलास थालेको थियो ।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस